सहकारीको ऋण नतिर्ने ऋणीहरूलाई सार्बजनिक सेवा सुबिधा नदिन नगरपालिकासँग आग्रह

सहकारीको ऋण नतिर्ने ऋणीहरूलाई सार्बजनिक सेवा सुबिधा नदिन नगरपालिकासँग आग्रह

अन्तरङ्ग न्युज

@antaranganews

२०८० साउन १६ गते मङ्गलबार ०९:१३

लामो समयसम्म सहकारीको ऋण नतिरी पटक पटक ताकेता गर्दा पनि सम्पर्क नगर्ने, ऋण तिर्न चासो नराख्ने, गलत नियत भएका ऋणीहरूलाई संस्थाहरूले कालो सुचिमा राख्दा समेत बेवास्ता गरेकोले त्यस्ता ऋणीहरूलाई नगरपालिका र वडाबाट पाउने सम्पूर्ण सेवा सुबिधाबाट बञ्चित गरी उनीहरूबाट ऋण भुक्तानी गराउन सार्बजनिक सूचना प्रकाशित गर्न अनुरोध नगरपालिकाका प्रमुख कृष्णप्रसाद कोइरालालाई गरेको बताउनु भयो ।

त्यस्ता ऋणीहरूलाई नगरपालिका र वडाबाट पाउने सम्पूर्ण सेवा सुबिधाबाट बञ्चित गर्न माग

सुन्दरबजार– सुन्दरबजार नगरपालिकाका मेयर कृष्णप्रसाद कोइरालालाई सुन्दरबजार नगरस्तरीय बचत तथा ऋण सहकारी समन्वय समिति सुन्दरबजारले सहकारीको ऋण नतिर्ने ऋणीहरूलाई सार्बजनिक सेवा सुबिधा नदिन नगरपालिकाले सार्बजनिक सूचना प्रकाशित गर्नका लागि अनुरोध पत्र हस्तान्तरण गरेको छ ।
सुन्दरबजार नगरस्तरीय बचत तथा ऋण सहकारी समन्वय समितिका संयोजक एवम् एभरेष्ट साकोसका अध्यक्ष रामबाबु श्रेष्ठले पत्र हस्तान्तरण गर्नु भएको हो । उहाँले लामो समयसम्म सहकारीको ऋण नतिरी पटक पटक ताकेता गर्दा पनि सम्पर्क नगर्ने, ऋण तिर्न चासो नराख्ने, गलत नियत भएका ऋणीहरूलाई संस्थाहरूले कालो सूचिमा राख्दा समेत बेवास्ता गरेकोले त्यस्ता ऋणीहरूलाई नगरपालिका र वडाबाट पाउने सम्पूर्ण सेवा सुबिधाबाट बञ्चित गरी उनीहरूबाट ऋण भुक्तानी गराउन सार्बजनिक सूचना प्रकाशित गर्न अनुरोध नगरपालिकाका प्रमुख कृष्णप्रसाद कोइरालालाई गरेको बताउनु भयो ।

सो अवसरमा अनुरोध पत्र लिदै मेयर कृष्णप्रसाद कोइरालाले सहकारी संस्थाहरू राष्ट्रको आर्थिक मेरुदण्ड भएको हुँदा नगर कार्यपालिकाको शिघ्र बैठक बसी अनुरोध पत्रको सम्बोधन गर्ने बताउनु भयो । उहाँले सहकारीहरूसँग आफू सदैव समन्वय र सहकार्य गरी अघि बढ्ने उल्लेख गर्नु भयो ।
सो अवसरमा उपमेयर भवानी के.सी., प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल, नगरपालिका शिक्षा प्रमुख ठाजुरजी तिवारी, राष्ट्रिय सहकारी संघ लमजुङका अध्यक्ष विजय गुरुङ, जिल्ला बचत संघ लमजुङका अध्यक्ष दुर्गा धमला, कफी सहकारी संघ लमजुङका अध्यक्ष विश्वराज अधिकारी, सिर्जनात्मक साकोसका अध्यक्ष रामजी कंडेल, चेतनशील महिला जागरण साकोसका अध्यक्ष राधादेवी श्रेष्ठ, तार्कु साकोसका अध्यक्ष आनन्दराज श्रेष्ठ, सुन्दरबजार बहुउद्देश्यीय सहकारीका अध्यक्ष उत्तम गुरुङ, प्राइम साकोसका अध्यक्ष सुरजकुमार श्रेष्ठ, हाम्रो साकोसका अध्यक्ष विकाश श्रेष्ठ, वन उपभोक्ता साकोसको अध्यक्ष आनन्द ढुंगाना, साना किसान कृषि सहकारीका अध्यक्ष बुद्धिनाथ अधिकारी लगायतको सहभागिता रहेको सो समन्वय समितिका सचिव विष्णुकुमार श्रेष्ठले बताउनु भयो ।

प्रकाशित मिति २०८० श्रावण १६, मंगलवार २१:१३ गते
हजुरको प्रतिक्रिया