पोल्टाको जोगाउन नसक्ने तर भूइँको टिप्न खोज्ने शान्ति माविका स्वनाम धन्य बौद्धिक दावी गर्ने बज्रस्वाँठहरूप्रति

पोल्टाको जोगाउन नसक्ने तर भूइँको टिप्न खोज्ने शान्ति माविका स्वनाम धन्य बौद्धिक दावी गर्ने बज्रस्वाँठहरूप्रति

अन्तरङ्ग न्युज

@antaranganews

२०८० साउन १७ गते बुधबार ०८:१८

आम जिज्ञासाका बीचमा ‘चोरको खुट्टा काट् भन्दा हत्तपत्त थुतेझैं’ किन आत्तिनु पर्यो त्यो विद्यालयका हिमायतिहरू ? यदि त्यो विद्यालय शुद्धसँग चलाइएको भने किन समाचारको किन गर्नु पर्यो भर्त्सना भन्दै तर्साउने धृष्टता ?

त्यो कथित भेलाले अन्तरङ्गले उठाएका प्रश्नहरूको जवाफ दिन सकेको खै त ?

बेसीशहर– हाम्रो देश विक्रीति विसंगति अनि भ्रष्टाचारको दलदलमा किन जाकिएको छ भन्ने पछिल्लो उदाहरण बनेको छ– लमजुङको शान्ति मावि । सो माविसँग अवद्ध रहेका विशेष व्यक्तिहरूको संयुक्त भेलाबाट अन्तरङ्ग लगायतका न्यूजप्रति घोर भर्त्सना गरिएको भन्ने साउन १७ गतेको निर्णयप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भई सो विद्यालयमा हिजोका दिनसम्म नगरिएको रकम हिनामिनाको समेत अब आशंका गर्नु पर्ने स्थिति उत्पन्न भएकोतर्फ हामी सम्बन्धित समस्त शिक्षासेवी, समाजिक सरोकारवालाहरूको ध्यानाकर्षण गर्दछौं ।
सर्वप्रथम त समाचारमा के उल्लेख छ र त्यसको भावना र मर्म के छ ? भन्ने बुझ्न आवश्यक हुन्छ । अन्यथा त्यो आँखा बन्द भएको व्यक्तिले हात्ती छामे जस्तै हुन्छ र त्यो कथित भेलाबाट अन्तरङ्गका नाउँमा गरिएको भर्त्सना त्यो भन्दा धेरै तल्लोस्तरको छ जसलाई व्यक्त गर्न अन्तरङ्गले शब्दनै पाएन । यसबाट ती भेलामा सहभागी व्यक्तिहरूको बौद्धिकस्तर र नियत त्यो विद्यालय प्रति उनीहरूको दृष्टिकोण प्रष्ट भएको प्रतीत हुन्छ ।
जसरी एक हातका औंला बारबर छैनन् त्यसरी नै मिडिया वा मिडियाकर्मी पनि सबै एकै हुँदैनन्, छैनन् । त्यसरी हेर्ने र व्यवहार गर्नु हुँदैन भन्ने हामीले पकट पटक भन्दै, दोहार्याउँदै आएको फेरि स्मरण गर्न चाहन्छौं, त्यसैले नै अन्तरङ्ग र यसका संस्थापक नवराज पहाडी स्वतन्त्र पत्रकार संघ नेपाल(जसको सदस्यता समेत कुनै पनि राजनीतिक दलको सदस्य नभएको व्यक्ति मात्र हुन पाउँछ)– को पूर्वराष्ट्रिय महासचिव समेत भएर त्यो अभियानमा आजका दिनमा समेत सरिक भएको स्मरण गराउँछौं । हामी सकेसम्म पत्रकारिताको मूल मर्म अनुसार दूधलाई दूध र पानीलाई पानी भन्ने पक्षमा कलम चलाउँदै आएकाछौं र चलाइरहने छौं । हाम्रो त्यस्तो भावना र मर्मलाई आत्मसात गर्न नसकी गोलमटोल गर्नुले त्यो कथित बौद्धिक जमातको बौद्धिकता र नियतप्रति प्रश्न उठाउन हामी बाध्य भएका छौं ।
त्यो कथित भेलाले अन्तरङ्गले उठाएका प्रश्नहरूको जवाफ दिन सकेको छ ? अनि नाइटोमा लागेको घाउँको उपचार खुट्टाको बुढी औंलामा गर्न खोजेर हुन्छ ? त्यो कथित भेलाले अन्तरङ्गलाई गरेको भर्त्सनाको निर्णय भन्दा पनि नीच भएको माथिनै उल्लेख भइसकेको छ । जनक मिश्रकै हकमा पनि उहाँका प्रायः सबै कुरा हाम्रो समाचारमा आएकै छ । तर समाचारको भर्त्सना गर्नेले उहाँले कुन मितिमा त्यो ऋण लिनु भएको थियो ? कति प्रतिशत व्याजमा र एक मुष्ट रकम कति भयो र कति तिर्नु भयो ? हाम्रा आम पाठक त्यसप्रति सुसूचित हुनु पर्दैन ?
अर्का २०६३/६४ मै ऋण लिएका भनिएका व्यक्तिको स्थिति के हो ? विद्यालयसँग स्वार्थ गाँसिएको व्यक्तिलाई व्याज मिनाहा गर्नेका नाउँमा विद्यालयको कामको ठेक्का दिन मिल्छ ? मिल्ने भएमा त्यस्तो कुन नियम हो ? त्यो बारेमा प्रष्ट खुलाउनु पर्दैन ? त्यो कार्य गलत हो भने त्यस्तो कार्य गर्ने गराउने के कस्तो दण्डको भागी हुने हो ? त्यसबारेमा के निर्णय भयो ? खुलाउनु पर्दैन ? अनि यतिका प्रश्न उठेपछि त्यो विद्यालयको आजसम्मको कुल आम्दानी, खर्च र बचत, कुल लगानी के कति हो ? त्यो खुलाउनु पर्दैन ?
उल्लेखित आम जिज्ञासाका बीचमा ‘चोरको खुट्टा काट् भन्दा हत्तपत्त थुतेझैं’ किन आत्तिनु पर्यो त्यो विद्यालयका हिमायतिहरू ? यदि त्यो विद्यालय शुद्धसँग चलाइएको भने समाचारको किन गर्नु पर्यो भर्त्सना भन्दै तर्साउने धृष्टता ? अन्तरङ्गको मान्छे त एक्लो छ भनेर तर्साउन खोजिएको त हैन ?
सो विद्यायलको आज सम्पन्न भेलाले गरेको भन्दै विद्यालयका नाउँमा जारी गरिएको कथित वक्तव्य हाम्रा पाठकको जिज्ञासा मेट्न र अन्तरङ्ग वा यस्तो निर्णयकर्ताहरू वास्तवमा त्यो विद्यालयको हितैषि को हो ? छुट्याउने जिम्मा समेत पाठकवर्गमा सुम्पन्छौं । साथै, सञ्चार माध्यमको काम, कर्तव्य समाजलाई सुसूचित गर्नुका साथै कुकर्मीहरूलाई खबरदारी गर्नु हो । कसैले कुकर्म गरेको रहेछ भने त्यो पनि प्रष्टसँग समाजमा राखिदिने कर्म गर्नु हो । जसप्रति हामी प्रतिवद्ध रहेको पुनः स्मरण गराउँदै यस्ता भर्त्सनापूर्ण कार्य हाम्रा लागि प्रगति पथमा चढ्ने भर्याङ बन्दै आएको र बन्दै जानेसमेत जानकारी गर्दै प्रस्तुत छ,

उक्त कथित भेलाको निर्णयपछि शान्ति माविका नाउँमा जारी वक्तव्य जस्ताको तस्तै :
‘आज मिति २०८० श्रावण १७ गते यस विद्यालय शान्ति माद्यामिक विद्यालय, सुन्दरवजार नगरपालिका– १ कुन्छाका वडा कार्यसमितिका वडाध्यक्ष एवम् सदस्यहरू, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू, पूर्वमेयर एवम् पूर्व वि.व्य.स. अध्यक्ष जनकाराज मिश्र, पूर्व वडाध्यक्ष सुर्यवहादुर दुरा, विभिन्न राजनैतिका दलका प्रमुखहरू, वडासचिव, पूर्व वि.व्य.स. अध्यक्ष एवम् सदस्यहरू, पूर्व प्रअ एवम् शिक्षा, युवा तथा खेलकुद शाखा सुन्दरवजार नगरपालिकाका स्रोतव्यक्ति ललितवहादुर तिवारी, स्थानीय वुद्धिजिवी समाजसेवी लगायत अन्य विशेष व्यक्तिहरूको संयुक्त भेलाबाट यहि मिति २०८० श्रावण १४ गते सामाजिक सञ्जालमा यस विद्यालयको आ.व. २०७८÷७९को सामाजिक परीक्षणको क्रममा विद्यालयबाट तत्कालिन प्र.अ. ललितवहादुर तिवारीमार्फत तत्कालीन वि.व्य.स. अध्यक्ष जनकराज मिश्रको नाउँमा एक ५० हजार रुपैयाँ देखिन गएकोमा सामाजिक परीक्षण समितिले दिएको सुझावलाई कान्र्वयन गर्ने क्रममा रहँदै गर्दा सोको वारेमा विद्यालय प्रशासनसंग आधिकारीक रुपमा समग्रमा सोधखोज र जानकारीनै नगराई विभिन्न आरोप प्रत्यारोप भई समग्र विद्यालय तथा सरोकारवालाहरूमा खलल पुग्न गएकोमा उक्त समचार सम्प्रेसित गर्ने सगरमाथा न्यूज, अन्तरङ्ग र तगारो न्यूजप्रति घोर भत्सर्ना गर्दै र उक्त मिडियालाई जानकारी गराउने व्यक्तिहरूमा खेद व्यक्त गर्दै अवका दिनमा यस्ता विषयवस्तुप्रति सचेत हुँदै विद्यालयको आधिकारीक व्यक्तिलाई सम्पर्क गरी जानकारी लिने दिने गराउने र सम्पूर्ण सचेत महानुभावहरूले विद्यालयमा समय समयमा आई विद्यालयका गतिविधिहरूको बारेमा बुझ्ने र आवश्यक सल्लाह सुझाव दिने र चित्त नवुझेका विषयमा यस्तै किसिमका भेला गराई निर्णयमा पुग्ने प्रतिवद्धता जनाइन्छ । साथै माथि उल्लेखित रकमको साँवा व्याज हिसाव गरी पूर्व वि.व्य.स. अध्यक्ष जनकाराज मिश्रले मिति २०८० श्रावण १५ गते विद्यालय प्रसाशनमा आई वुझाउनु भएको जानकारी पनि गराइन्छ ।’

प्रकाशित मिति २०८० श्रावण १७, बुधबार २०:१८ गते
हजुरको प्रतिक्रिया