लालको वैशाखे घाम साउनमा सार्वजनिक (भिडियो)

लालको वैशाखे घाम साउनमा सार्वजनिक (भिडियो)

अन्तरङ्ग न्युज

@antaranganews

२०८० साउन १९ गते शुक्रबार ०८:०६

पोखरा । गीतकार लाल कार्की अन्जानको रचनामा बाह्रै महिनालाई समेटेर बनाइएको म्युजिक भिडियो "बैशाखे घाम" सार्वजनिक भएको छ। वरिष्ठ गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको संगीत अनि गायिका सुनिता कार्कीको आवाज रहेको उक्त गीतको एरेन्ज...

पोखरा । गीतकार लाल कार्की अन्जानको रचनामा बाह्रै महिनालाई समेटेर बनाइएको म्युजिक भिडियो “बैशाखे घाम” सार्वजनिक भएको छ। वरिष्ठ गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको संगीत अनि गायिका सुनिता कार्कीको आवाज रहेको उक्त गीतको एरेन्ज बिक्कल खड्काले गरेका छन्।

करन चैसिरको छायाङ्कन, मनोज कार्कीको सम्पादन तथा शिवजी क्षेत्रीको निर्देशनमा तयार भएको उक्त म्युजिक भिडियोमा सुरेश कोहली र समारिका ढकालको अभिनय रहेको छ।

ग्रामीण परिवेशका भोगाईहरु, विभिन्न चाडपर्वसँगै बाह्र वटै महिनाहरुलाई समेट्दै  बालापन र यौवनकालका क्षणहरुलाई स्मरण गरेर गजल तयार पारेको कार्कीले बताए। संगीतकार श्रेष्ठ लामो समयदेखि प्रवास हङकङमा रहेर पनि नेपाली गीत संगीतको उन्नयनको लागि आफूले कर्म गरिरहेको र यो गजलका शब्दहरु अत्यन्तै मन परेकोले आफूले निकै मेहनतका साथ संगीत गरेको उल्लेख गरे। यो म्युजिक भिडियो Nagendra Shrestha Youtube च्यानलमा हेर्न सकिन्छ।

प्रकाशित मिति २०८० श्रावण १९, शुक्रबार ०८:०६ गते
हजुरको प्रतिक्रिया