पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानलाई तीन वर्षको जेल सजाय तोकिएपछि पक्राउ

पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानलाई तीन वर्षको जेल सजाय तोकिएपछि पक्राउ

एजेन्सी

@antaranganews

२०८० साउन २० गते शनिवार ०४:३५

तोशखाना सरकारी विभाग हो । यहाँ प्रधानमन्त्री, राष्ट्रपति वा अन्य वरिष्ठ अधिकारीहरूले विदेश भ्रमणका क्रममा प्राप्त गरेका बहुमूल्य उपहारहरू राख्ने गरिन्छ । स्वदेश फर्किएपछि तोशाखानामा जम्मा गरिन्छ । इमरान खानले सत्तामा रहँदा आफूले पाएका उपहारहरूबारे अधिकारीहरूलाई सही जानकारी नदिएको आरोप लगाइएको थियो ।

उनलाई एक लाख रुपैयाँ जरिवाना तोकिएको छ । अब उनलाई यो सजाय सुनाएपछि खानले पाँच वर्षका लागि चुनावमा भाग लिन पाउने छैनन्

इस्लामावाद– पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा तेहरिक(ए) इन्साफका अध्यक्ष इमरान खान पक्राउ परेका छन् । ट्रयाल कोर्टले गैरकानुनीरूपमा सरकारी उपहार बेचेको अभियोगमा खानलाई तीन वर्षको जेल सजाय सुनाएपछि उनलाई साउन २० गते पक्राउ गरिएको हो ।
जेल सजायसँगै पूर्वप्रधानमन्त्री खानले अब पाँच वर्षसम्म चुनाव लड्न पाउने छैनन् । तोशखाना मुद्दामा अदालतको फैसला गरेको हो । इस्लामावादको जिल्ला तथा सत्र अदालतले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय र एक लाख रुपैयाँ जरिवाना तोकेको हो ।
पाकिस्तान निर्वाचन आयोगका वकिल अमजद परवेजले अदालतले सजाय सुनाएपछि खान पाँच वर्षका लागि चुनावमा भाग लिन अयोग्य ठहरिने बताएका छन् । तोशखाना सरकारी विभाग हो । यहाँ प्रधानमन्त्री, राष्ट्रपति वा अन्य वरिष्ठ अधिकारीहरूले विदेश भ्रमणका क्रममा प्राप्त गरेका बहुमूल्य उपहारहरू राख्ने गरिन्छ । स्वदेश फर्किएपछि तोशाखानामा जम्मा गरिन्छ । इमरान खानले सत्तामा रहँदा आफूले पाएका उपहारहरूबारे अधिकारीहरूलाई सही जानकारी नदिएको आरोप लगाइएको थियो ।
सो फैसला सार्वजनिक भए लगत्तै लाहोरस्थित निवासबाटै खानलाई पक्राउ गरिएको एजेन्सीहरूले उल्लेख गरेका छन् । तेहरिक(ए) इन्साफले उक्त फैसलाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्ने जनाएको छ ।
पार्टी प्रवक्ताले प्रेस विज्ञप्ति जारी गर्दै फैसलामा विभेद् भएको बताउँदै सो फैसलालाले न्यायकै हत्या भएको उल्लेख गरेका छन् । उनले भनेका छन् ‘इतिहासकै सबैभन्दा खराब मुद्दामा एक पक्षपाती न्यायाधीशले न्यायको हत्या गर्ने प्रयास गरेका छन् र मुद्दाको तथ्यलाई निश्चित एजेण्डाअन्तर्गत सार्वजनिक गरिएको छ ।’

प्रकाशित मिति २०८० श्रावण २०, शनिबार १६:३५ गते
हजुरको प्रतिक्रिया