कलंकीमा प्रविधिमैत्री मासिक कविगोष्ठी

कलंकीमा प्रविधिमैत्री मासिक कविगोष्ठी

अन्तरङ्ग न्युज

@antaranganews

२०८० साउन २१ गते आईतबार ०५:५२

अधिकांश कविहरूले देश भक्ति भावले भरिएका, जनचेतना मूलक तथा समाजिका बिक्रिति बिरुद्ध प्रहार गर्दै सुशासनका पक्षमा रचिएका रचना वाचन गरेका थिए ।

अनुपम सिर्जना प्रतिष्ठान नेपालको १२६ औँ शृंखलाको कविगोष्ठी

कलंकी(काठमाडौं)– अनुपम सिर्जना प्रतिष्ठान नेपाल कलंकीको १२६ औँ प्रविधिमैत्री कविगोष्ठी सम्पन्न भएको छ । वरिष्ठ कवि डा. बमबहादुर थापा जितालीको प्रमुख आतिथ्यतामा भव्यरूपमा साउन २० गते सम्पन्न भएको को ।
सो अवसरमा उपत्याकाको पश्चिम भेकमा रहेको साहित्यिक संस्थाको कविगोष्ठीमा छन्द, स्वच्छन्द कविता, गीत, गजल, रागविराग, लोकछन्द कविता रोचक ढङ्गबाट कविहरूले वाचन गरेका थिए । अधिकांश कविहरूले देश भक्ति भावले भरिएका, जनचेतना मूलक तथा समाजिका बिक्रिति बिरुद्ध प्रहार गर्दै सुशासनका पक्षमा रचिएका रचना वाचन गरेका थिए ।
सो अवसरमा रचना वाचन गर्ने कविहरू क्रमस भुवनहरि सिग्देल, डा. बमबहादुर थापा जिताली, कलानिधि दाहाल, विन्दु दाहाल मूकदर्शक, दुर्गाप्रसाद सिग्देल, गणेश आत्रेय, पुरुषोत्तम सिग्देल, गङ्गा लिगल, चूडा निर्भीक, दुष्यन्त भट्टराई, नरनाथ लुइँटेल, टङ्कराज ढकाल तितेपाती, खोलाघरे साहिँलो, जगदीश्वर पोखरेल, जनार्दन अधिकारी धड्कन, लक्ष्मीप्रसाद मिश्र, सुधा बास्कोटा ढकाल, सूर्यकुमार पण्डित, आत्मराम न्यौपाने, बिनुबाबा घिमिरे, दुर्गा रिमाल अधिकारी, टेकबहादुर लौडारी र उर्मिला पन्त हुनु हुन्थ्यो ।
सो अवसरमा प्रमुख आमन्त्रित कवि व्यक्तित्व जितालीले अनुपम सिर्जना प्रतिष्ठानले भाषा साहित्यको सेवा गर्दै आएको र सर्जकहरूलाई आफ्ना रचना वाचन गर्ने अवसर प्रदान गरेको उल्लेख गर्नुभयो । उहाँले यो कार्यक्रममार्फत छन्दको संरक्षणमा समेत योगदान गरेको स्मरण गर्नु भयो । कविगोष्ठीमा आफ्नो रचना वाचन गरेर भाग्न हुँदैन । अनावश्यक कुरा गरेर समय नष्ट गर्न हुँदैन । समयको महत्त्व बुझ्न सक्नु पर्दछ उहाँको धारणा थियो ।
आयोजक प्रतिष्ठानका अध्यक्ष कविवर भुवनहरि सिग्देलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उहाँले दार्चुलासम्म पुगेर अवलोकन गर्दा नेपाल सरकारको उपस्थिति नदेखिएको । छिमेकी देशका गुण्डाहरूले आएर नेपालीहरूलाई लुट्दा पनि प्रतिकार गर्ने सरकारी संयन्त्र नभेटिएको । त्यो दृश्यले मलाई दिक्क लाग्यो । त्यहाँ बस्न मनै लागेन भन्दै डडेलधुराको अमरगढीमा रहेको अमरसिंको सालिक अगाडि बसेर रचना गरेको इन्दिरा छन्दको कविता वाचन गर्नु भएको थियो । उहाँले कविता ध्वनिमा हुनु पर्दछ भन्नु भयो । कविगोष्ठी सफल बनाइ दिनु भएकोमा सबै सर्जकलाई धन्यवाद दिनु हुँदै गोष्ठी समापन गर्नु भएको थियो । उक्त कार्यक्रमको प्रतिष्ठानका महासचिव सुधा बास्कोटा ढकालले कुशलतापूर्वक सञ्चालन गर्नु भएको थियो ।

प्रकाशित मिति २०८० श्रावण २१, आईतवार ०५:५२ गते
हजुरको प्रतिक्रिया