साकाहारी समाजको केन्द्रीय प्रतिनिधि छनौट

साकाहारी समाजको केन्द्रीय प्रतिनिधि छनौट

अन्तरङ्ग न्युज

@antaranganews

२०८० साउन २१ गते आईतबार ०६:१५

केन्द्रीय अधिवेशनका लागि पाँच जना पदाधिकारीबाट र दुई जना साधारण सदस्यबाट छनौट गरिएको बताइएको छ ।

भेजिटेरियन सोसाइटीको केन्द्रीय अधिवेशन यही साउन २६ गते पोखरामा आयोजना

बेसीशहर– भेजिटेरियन सोसाइटीको केन्द्रीय अधिवेशनका लागि लमजुङ जिल्लाबाट प्रतिनिधि छनौट गरिएको छ । सोसाइटीको साउन २० गते सम्पन्न कार्य समितिको बैठकले प्रतिनिधिको छनौट गरेको हो ।
छनौट हुने केन्द्रीय प्रतिनिधिहरूमा सोसाइटीको जिल्ला शाखाका अध्यक्ष नवराज पहाडी, उपाध्यक्ष द्वय मीनबहादुर तामाङ र शारदा खनिया, सचिव नवराज बराल र कार्यकारी सदस्य भैरवकान्त अधिकारी चयन हुनुभएको छ । दुई जना प्रतिनिधि साधारण सदस्यबाट छनौट गरिने भएको छ ।
भेजिटेरियन सोसाइटीको केन्द्रीय अधिवेशन यही साउन २६ गते पोखरामा आयोजना गरिएको सोसाइटीका जिल्ला सचिव नवराज बरालले बताउनु भयो । उहाँका अनुसार सो बैठक शाखाका अध्यक्ष नवराज पहाडीको अध्यक्षतामा बसेको थियो ।

लमजुङमा भेजिटेरियन सोसाइटीको शाखा २०७८ देखि सञ्चालनमा आएको हो ।

प्रकाशित मिति २०८० श्रावण २१, आईतवार ०६:१५ गते
हजुरको प्रतिक्रिया