भक्ति नमूना मा.विका निजी शिक्षक आन्दोलनमा
विद्यालयको होस्टेलबाट टाई भिरेर बोर्डिङ पठाइन्छ विद्यार्थी
उक्त समस्या समाधानको लागि ज्ञापन पत्र समेत बुझाएका छन् । उक्त विद्यालयमा रहेका प्र.अ समेत ३९ शिक्षक मध्ये ३६ जनाले ज्ञापन पत्रमा...
भक्ति नमूना मा.विका निजी शिक्षक आन्दोलनमा
विद्यालयको होस्टेलबाट टाई भिरेर बोर्डिङ पठाइन्छ विद्यार्थी
उक्त समस्या समाधानको लागि ज्ञापन पत्र समेत बुझाएका छन् । उक्त विद्यालयमा रहेका प्र.अ समेत ३९ शिक्षक मध्ये ३६ जनाले ज्ञापन पत्रमा हस्ताक्षर गरेका छन् ।
भोटेओडार (लमजुङ)– यहाँ स्थित भक्ति नमूना मा.विका निजी शिक्षक आन्दोलनमा उत्रिएका छन् । विद्यालय प्रशासनले विवेद गरेको भन्दै आन्देलनमा उत्रिएका हुन ।
भक्ति नमुना माविमा निजी स्रोतका शिक्षकको सङ्ख्या १३ रहेको छ । ति मध्य मावि तहमा छ जना तथा निमाविमा चार जना छन् । सो माविमा उच्च मावि कक्षा सञ्चलन गर्दा स्थापना काल(२०५३) देखि शिक्षण गरिरहेका चार जना छन् । यस्ता शिक्षकहरूको योगदान समेत विद्यालय प्रशासन बिर्सिएको उनीहरूको गुनासो छ । त्यसबहेक छात्रा बासमा प्रवि तहका शिक्षकलाई सपरिवार राखिएको उनकी छोरी टाई भिरेर बोर्डिङ जाने गरेको, निजी स्तरका शिक्षकहरूलाई कसैलाई पुरा समय (पाँच पिरियड) र कसैलाई दुई पिरियड मात्र दिने गरेको, स्थायी शिक्षकहरूनै विद्यालय समयमा निजी विधालयमा गएर पढाउने गरेको लगायतका गुनासा गरेका छन् । सो सम्बन्धमा प्रअ लाई ज्ञापन पत्र समेत बुझईएको शिक्षक हिरा कार्कीले बताउनु भयो । उहाँका अनुसार उक्त विद्यालयमा रहेका प्र.अ समेत ३९ शिक्षक मध्ये ३६ जनाले ज्ञापन पत्रमा हस्ताक्षर गरेका छन् ।
यस सम्वन्धमा वि.व्य.सका अध्यक्ष मानकृष्ण आचार्य संग सम्पर्क गर्दा यसको मुख्यकारण विद्यालयलाई आर्थिक व्ययभार बाट मुक्त गर्न यस्तो कदम चालिएको हो । उहाँका अनुसार यो विद्यालयमा कक्षा ११ १२का विद्यार्थी धेरै घटेका छन् । वरिपरीका धेरै विद्यालयमा प्लस टुका कक्षा खुलेका कारण चार पाँच सय विद्यार्थी हुने गरेकोमा १५० हारहारीमा झरेको छ । त्यसैले निजी क्षेत्रमा रहनु भएका शिक्षकहरूलाई आउँदो असोज मसान्त सम्ममा विकल्प खोज्नका लागि भनिएको उहाँले भन्नु भयो । विद्यालयमा १८–२० बर्ष सेवा गरेका शिक्षकहरू पनि हुनुहुदो रहेछ उहाँहरूलाई केही सुविधा दिएर विदाई गर्ने विद्यालयको योजना छ कि ? भन्ने जिज्ञासामा, यसबारे कुनै तयारी र सोच नभएको अध्यक्ष आचार्यले बताउनु भयो । छात्राबासमा प्रा विका शिक्षक रखिएको रहेछ प्राविका विद्यार्थी पनि छात्रा बासमा बस्छन र ? भन्ने अर्को जिज्ञासामा, छात्रा बासमा प्र.विका विद्यार्थी वस्दैनन् ति शिक्षकलाई सल्लाह गरेर व्य.सको निर्णय गरेर राखेको होइन, यसकालागि आचार संहिता बनाउन भनेको छु अध्यक्ष आचार्यले बताउनु भयो । यस बारेमा प्र.अ यज्ञराज घिमिरे सँग सम्पर्क गर्दा विद्यार्थी र शिक्षकको आँखा दुखेकोले विद्यालय दुई दिन बन्द छ, म आफैं पनि पिडित छु भन्नु भयो थप कुरा बोल्न चाहानु भएन ।
सरूवाको सन्त्रास :
विद्यालयमा अस्थाका आधारमा शिक्षकहरूप्रति फरक व्यवहार गर्ने गरेको शिक्षकहरूको धारणा र गुनासो छ । सरूवा गर्दा निति र विधि सम्वध हुनुपर्ने हो त्यस्तो सङ्केत देखिदैन् शिक्षा ऐनले समेत न्युनत्तम दरबन्दी कायम गर्न भने पनि विषय खारेज गर्न भनेको छैन । यस विद्यालयमा कुनै विषयका शिक्षक डबल राख्ने र कुनै विषयको शिक्षकनै नराख्ने जस्तो कार्य सरूवाको सिफारीस कार्यबाट देखिन आएको पुराना शिक्षक रमाकान्त सापकोटा बताउनु हुन्छ । उहाँका अनुसार प्रष्ट निति बनाएर या त पुराना (धेरै वर्ष सेवा गरेका) लाई सरूवा गरीनु पर्ने हो । या त कनिष्ट बाट गरीनु पर्ने हो त्यस्तो देखिदैन जो विद्यालयको हितमा पनि छैन।हुदैन । उहाँले भन्नु भयो, ‘यस्तै रवैया कायम भएमा हामी न्यालयको ढोका ढकढक्याउन समेत वाध्य हुनेछौं ।’
त्यस्तै लेखापाल समेत एकजना दरबन्दी भए पनि दुई जना राखिएको तर दुवै व्यवस्थापन कमर्स विषय पढेका नभएको बुझिएको छ ।
आजको युग सूचनाको युग हो । सूचना बिना मानिसको जीवन व्यर्थ छ । ई– प्रविधिको विकासले आज विश्वलाई एउटा गाउँ जस्तो बनाइसकेको छ । हामीले सचेतनासहित समाचारको पहुँच सर्वसाधारणमा पुर्याउनु पर्छ भन्ने उद्देश्यले पत्रकारिताको महत्त्वलाई आत्मसात गरेको चार दशक बितिसकेको छ । त्यस्तै, आफ्नै जन्म जिल्लामा नै बसेर पत्रकारिता गर्नुपर्छ भन्दै यस पवित्र कार्यको व्यावहारिक प्रयोग गर्न अर्थात् अन्तरङ्गको प्रकाशन थालेको पनि तीन दशक हुँदै छ । थप..