पोखरा- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को गण्डकी प्रदेशस्तरीय दुई दिने प्रशिक्षण यहाँ सुरु भएको छ । सो दलका केन्द्रीय उपाध्यक्ष डि. पी. अर्यालले घण्टी बजाएर प्रशिक्षणको २६ गते सुभारम्भ गर्नु भएको थियो ।
उहाँले इमान्दर, अनुशासित र पारदर्शी ढंगले काम गरेर जनताको मन जित्नु पर्ने बेला आएको बताउनु भयो । यो बेला पार्टी निर्माणको हो, आजको २१ औं शताब्दीका केही पनि लुकाउन सकिदैन, त्यसैले बिना लोभलालच, एकताभावका साथ बिना महत्वाकांक्षा काम गर्न उनले कार्यकर्तालाई आह्वान गर्नुभयो । उहाँले जेसिज, लायन्स आदि संस्थाका उदाहरण दिदै ती संस्थामा लाग्ने सबैले एक पटक पेसिडेन्ट हुने अवसर प्राप्त गरेझैं रास्वपाको विधानले पनि एक जनालाई दुई कार्यकालभन्दा पद दोहोरिन नदिने नीति लिएको हुँदा सबैको पालो आउँछ, पुग्छ नहतारिन आग्रह गर्दछु भन्नु भयो । उहाँले रास्वपाका कार्यक्रमहरू पारदर्शीपूर्ण तरिकाले विना हाइफाई सम्पन्न गरिनु पर्छ भन्नेमा उहाँले जोड दिनुभयो ।

रास्वपाका गण्डकी प्रदेशका संयोजक राजन गौतमको अध्यक्षतामा भएको सो प्रशिक्षण कार्यक्रममा उहाँले स्वागत मन्तव्यका साथमा प्रशिक्षणको उद्देश्यमा प्रकाश पार्नुभएको थियो । उहाँले पद गौण हो र कर्म ठूलो हो त्यो भावनाका कास काम गरौं भन्ने आह्वान गर्नुभयो । रास्वपालाई अमेरिकन पार्टी भन्ने गरेको तर्फ सकेत गर्दै उनले त्यसो हो भने लेलीन, माओलाई नेतामान्नेलाई हामीले के संज्ञा दिने ? भारतमा जन्मिएको नेपाली काँग्रेसलाई के भन्ने ? भन्ने प्रश्न गर्दै यो सबै अज्ञानताको कारणले भनिएको हो, विचलित हु्न जरुरी छैन तर त्यस्ता भ्रम भने चिर्न आवश्यक छ त्यसैका लागि यो प्रशिक्षणको आयोजना गरिएको हो भन्नुभयो । उहाँले यस्तो प्रशिक्षण भोलिका दिनमा जिल्ला र पालिकास्तरमा पनि सञ्चालन गरिने छ । तर तपाईहरु आफै प्रशिक्षण दिन सक्ने गरी यो दुई दिनमा सिक्न आवश्यक छ त्यो गर्नु होला उहाँले जोड दिदै भन्नुभयो । रास्वपा देश परिवर्तनको अभियान एवम् संवाहक भएको हृदयंगम गरी गर्व गर्न लायकको कार्य गर्नु सबै कार्यकर्ताको दायित्व भएको सुझाउनु भएको थियो ।

सो अवसरमा केन्द्रीय प्रशिक्षण विभागका प्रमुख अनिल केशरी शाहले नेतृत्व विकासका बारेमा प्रशिक्षण दिनु भएको थियो । त्यस्तै, सोही दलका केन्द्रीय सहमहामन्त्री एवम् संगठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीले संगठन विभागको संरचना र परचालन विषयमा, केन्द्रीय संगठन विभागा सचिव शंकर श्रेष्ठले पार्टीको विधान तथा तहगत समितिको निर्माण र काम कर्तव्य र अधिकारका बारेमा प्रकाश पार्नुभएको थियो ।
यसैगरी, केन्द्रीय प्रशिक्षण विभागका सचिव कमल सुवेदीले पार्टीको मुख्य चरित्र एवम् विशेषताका बारेमा प्रशिक्षण दिनु भएको थियो । त्यस्तै, केन्द्रीय सदस्य एवम् विभागीय प्रमुख विपिनकुमार आचार्यले सूचना प्रविधि, अभियान र प्रचार प्रसारका बारेमा प्रकाश पार्दै प्रशिक्षण दिएको सो प्रशिक्षणका सहभागी सोही दलका लमजुङ संयोजक धर्मराज केसीले बताउनु भयो । उहाँका अनुसार जनप्रतिनिधि र नागरिकसँगको सम्बन्धका विषयमा सांसद डा. तोसिमा कार्कीले प्रशिक्षण दिनु भएको थियो ।
आज ८ बजेबाट सुरु हुने प्रशिक्षणमा सांसदहरू डा. स्वर्णिम वाग्ले, गणेश पराजुली, मनिष झा, सन्तोष परियारले प्रशिक्षण दिने कार्यक्रम छ । त्यस्तै, अनुशासन विभागका प्रमुख डा. भरत देवकोटाले पार्टीको अनुशासन र आचरणका बारेमा प्रकाश पार्ने काम गर्नु हुने कार्यक्रम रहेको केसीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रशिक्षणका सहभागीहरूका प्रश्नका बारेमा महामन्त्री एवम् पार्टी प्रवक्ता डा. मुकुल ढकालले जवाफ दिने कार्यक्रम रहेको छ । उहाँले भन्नुभयो, ‘अपराह्न चार बजे पार्टी रवि लामिछानेको समापन मन्तव्यका साथ प्रशिक्षण कार्यक्रम समाप्त हुने छ ।’
प्रशिक्षणमा सो दलको प्रदेश र सो अन्तरगतका ११ जिल्ला समिति, क्षेत्रीय निर्वाचन समिति तथा ८५ वटै पालिका कमिटिका अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्षहरूका साथै वडास्तरीय समितिका पदाधिकारी अध्यक्ष समेत चार सय जना सहभागी रहेका छन् ।
प्रकाशित मिति २०८० श्रावण २७, शनिबार ०७:५७ गते