काठमाडौं– नेपाल विद्यार्थी संघ(नेविसंघ)का दुई केन्द्रीय सदस्यले पद त्याग गर्नु भएको छ । जम्मा ७१० सदस्यीय समिति बनाउँदा समेत समावेशी बनाउन नसकेको र महिला प्रतिनिधित्व उचित रुपमा नगराएको जिकिर गर्दै एलिजा ढकाल र मुकेश घिमिरेले पाएको केन्द्रीय सदस्य पद संयुक्त राजीनामा पेश गर्दै साउन ३० गते त्याग गर्नु भएको हो ।
बुढा नेताहरूमा पद मोह बढिरहेको र पार्टी भित्र विधि, विधान मिच्ने घट्ना प्रसस्त भइरहदा यो राजीनामा प्रकरणले के कति फरक पार्ने हो ? त्यो त भोलिका दिनले पुष्टि गर्ने नै छ । कुनै दिन एक सयभन्दा कमको संख्यामा रहने गरेको नेविसंघको केन्द्रीय समितिमा जस्तो आकर्षण आजका दिनमा ७१० सदस्यीय समिति बनाउँदा पनि देखिन सकेको छैन ।
नेविसंघले साख गुमाउँदै गएको र नेतृत्वले नेविसंघलाई व्यक्तिगत अनुकम्पाको संस्था बनाउन खोजेको दावी सहित लगाउँदै उहाँहरूले पद त्याग गर्नु भएका हो । केन्द्रीय समितिमा समावेशिता र महिला सहभागिताको विषयले संगठनलाई नै प्रतिरक्षात्मक बनाइदिएको उहाँहरूको जिकिर छ ।
नेतृत्वमा स्थापित नयाँ पुस्तामाथि विश्वास गर्दै नयाँ पुस्ताकै आँखाबाट नेविसंघ बनाउन आवश्यक सहयोग गर्ने उहाँहरूको भनाइ छ । तर अहिलेको केन्द्रीय समितिमा नरहेको उहाँहरूको अडान छ । उहाँहरूद्वारा हस्ताक्षर गरी जारी जानकारी पत्र जस्ताको तस्तै :
प्रकाशित मिति २०८० श्रावण ३१, बुधबार ०८:१६ गते