
बेसीशहर– जिल्लामा केही सहकारी संस्थाहरूले सेयरधनीहरूले गरेको बचत रकम फिर्ता नगरेर रुवाएका घट्ना दोहोरिदै आइरहेका छन् । कतिपय सहकारी संस्थाहरूले साधारण सभासमेत गर्न नसकेको, नगरेको, नक्कली लेखापरीक्षण प्रतिवेदन बनाएर संस्था घाटामा जाँदा समेत सेयरधनीलाई नाफा भएको भन्दै बोनस खुवाएको जस्ता घटना समेत सर्वजनिक भएको बेलामा अर्को एक सहकारीको समेत अनियमितताका बारेमा नाम जोडिदा आशंका बढ्नु स्वभाविकै हो । तर त्यो घट्ना उजागर हुँदै गर्दा समाजमा प्रतिष्ठित हुँ भन्ने मानिसहरूले समेत कर्तव्य तथा नैतिकतालाई तिलाञ्जली दिएको तथ्य समेत बाहिरिएको छ ।
जिल्लाको सुन्दरबजार नगरपालिका– ९ को भोटेओडार स्थित सिर्जनात्मक वचत तथा ऋण सहकारी संस्था(साकोस)का सञ्चालकहरूले आफ्ना प्रतिनिधि सञ्चारकर्मीलाई ज्यान वन्धक बनाएर मानसिक यातना दिएको भन्दै न्यायिक उपचारको माग गर्ने वाग्मती टेलिभिजनका कार्यकारी निर्देशक चेतनराज पाण्डे र सिर्जनात्मक साकोसका अध्यक्ष रामजी कँडेलसहितका प्रतिनिधिहरू बीच जिल्ला प्रशासन कार्यालयमा प्रजिअ रामकृष्ण अधिकारीको रोहबरमा छलफल भई दुवैपक्षबाट भएका कमजोरी प्रति क्षमा याचना सहित मिलापत्र भएको पत्र हामीलाई प्राप्त भएको छ ।
सो छलफल र सहमतिबाट ‘बन्धक’(त्यो पनि चार÷चार घण्टा बनाएको) भन्ने शब्दको पनि नयाँ परिभाषा खोज्नु पर्ने स्थिति उत्पन्न भएको बताइन्छ । किनकि, चावी नै नलगाइएको र जनप्रतिनिधिहरूको रोहबरमा छलफल गर्दै होटलमा बसेका मानिस कसरी ‘बन्धक’ हुन सक्छन् ? भन्ने प्रश्न समेत उब्जिएको साकोसका प्रतिनिधिहरूको दावी छ ।
सो छलफल पछि प्रजिअको कार्यकक्षमा गरिएको तीन बुँदे सहमति पत्रको प्रतिलिपि जस्ताको तस्तै :
उक्त छलफलमा सहभागी हुनेहरूको उपस्थिति विवरणको छायाप्रति :
चार घण्टा बन्धक भन्ने दावी झुठो सावित भएसँगै सो बारेमा सहमति पत्रका केही उल्लेख भएन । तर सो सहमति गर्दा समेत रोहबरमा बसेपछि पनि एकपक्षीय ढंगबाट समाचार संप्रेशण गर्ने व्यक्ति जिल्लाको उपभोक्ता हित संरक्षण मञ्चको समेत अध्यक्ष भन्ने सुनिन्छ । तर उनले उपभोक्ताको के कति हित गरेका रहेछन् ? भन्ने उनको समाचारले समेत अब प्रमाणका रुपमा रहेको र उनको मानसिकता उदाङ्गो भएको सिर्जनात्मक साकोसका पदाधिकारीहरूको भनाइ छ ।
उनीहरूले एक स्वरमा भने, ‘हाम्रो सहकारीमा के समस्या छ ? कुनै सेयर सदस्यले आफ्नो बचत फिर्ता पाएका छैनन् कि ? उनीहरूले माग गरेको सानोतिनो ऋण रोकिएको छ कि ? नियमित साधारण सभा भएको छैन कि ? कुन सेयर सदस्यको के कसरी सिर्जनात्मकले आघात पुर्याउने काम गरेको छ ?’ कागले कान लग्यो भन्दैमा कान छाम्न छाडेर कागको पछि दौडिने ? भन्दै प्रतिप्रश्न गरेका छन् । उनीहरूका अनुसार उक्त सहकारीबाट ऋण लिएर साँवा बराबरको व्याज रकम पुग्दासमेत तिर्न चासो नराख्ने मै ठालु खासमा दुई जना व्यक्तिहरूको करामतबाट यस्तो हुन गएको हो, मानिसले नैतिकता गुमाए पनि यस्तोसम्म हुने रहेछ । त्यही लाइनमा जिल्लाको प्रतिष्ठित दावी गर्ने पत्रकार समेतको मनस्थिति देखियो । उनीहरू मन्छन् ‘पत्रकार महासंघको केन्द्रलाई समेत गलत व्याख्या गरी केन्द्रले समेत हामीसँग सम्पर्क नगरी हाम्रा विरुद्धमा एकपक्षीय ढंगबाट विज्ञप्ति निकाल्न र त्यो गर्न लगाउनु कर्तव्य र नैतिकताको पाराकाष्टा हो ।’
प्रकाशित मिति २०८० श्रावण ३२, बिहीबार १२:२६ गते