भव्य समारोह बिच काठमाडौंमा लमजुङको ठाडोभाका प्रतिष्ठान सम्मानित : फोटो फिचर

भव्य समारोह बिच काठमाडौंमा लमजुङको ठाडोभाका प्रतिष्ठान सम्मानित : फोटो फिचर

अन्तरङ्ग न्युज

@antaranganews

२०८० भदौ २ गते शनिवार ०९:४८

सो अधिवेशनबाट राजेन्द्र के.सिको अध्यक्षतामा निर्विरोध रूपमा नयाँ कार्यसमिति चयन गरिएको छ ।

अनेसासद्वारा ठाडोभाका प्रतिष्ठानलाई सम्मान गरिएको हो

काठमाडौं– भव्य समारोह बिच काठमाडौंमा लमजुङको ठाडोभाका प्रतिष्ठान सम्मानित भएको छ । अन्तराष्ट्रिय साहित्य समाज (अनेसास)को तेस्रो अधिवेशनको अवसरमा सोही संस्थाद्वारा ठाडोभाका लोककला प्रतिष्ठान नेपाल, लमजुङलाई भदौ २ गते सम्मान गरिएको हो । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि महासमालोचक प्रा.डा. वासुदेव त्रिपाठी तथा त्रिविका नेपाली विभागका प्रमुख डा. खगेन्द्र लुइँटेल, आयोजक संस्थाका अध्यक्ष सन्ध्या पहाडीले संयुक्त रूपमा खदा, रूद्राक्षको माला, प्रस्सती पत्रद्वारा सम्मान गर्नु भएको हो । सो अवसरमा ठाडोभाकाको अतिरिक्त संस्कृत विश्वविद्यालय, दाङ, जनकपुर उपमहानगरपालिका, धनुषा, गोरखकाली नगरपालिका गोरखालाई सम्मान गरिएको हो । यसैगरी राष्ट्रकवि माधव घिमिरे गीत पुरस्कारबाट वरिष्ठ गीतकार यादव खरेल, गीत, चलचित्र, साहित्यका कालजइ सष्ट्रा प्रेमध्वज प्रधानलाई मरणोपरान्त नगद सहित सम्मान गरिएको थियो । यसैगरी कोभिडकालमा गरिएको प्रतियोगितात्मक लेखनका विजेताहरूलाई पुरस्कृत गरिएको थियो ।
अनेसासका अध्यक्ष सन्ध्या पहाडीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष राजेन्द्र के.सिले स्वागत तथा महासचिव ऋिषभदेव घिमिरेले सञ्चालन गर्नु भएको थियो ।
अनेसासका आजिवन सदस्य मेनका लामाले शास्त्रिय नृत्यद्वारा स्वागत गर्नुभएको थियो
सो अधिवेशनबाट राजेन्द्र के.सिको अध्यक्षतामा निर्विरोध रूपमा नयाँ कार्यसमिति चयन गरिएको छ । उक्त कार्यक्रमको फोटो फिचर :

प्रकाशित मिति २०८० भाद्र २, शनिबार २१:४८ गते
हजुरको प्रतिक्रिया