सिर्जनात्मक साकोसको मुनाफा अढाई करोड बढी

सिर्जनात्मक साकोसको मुनाफा अढाई करोड बढी

अन्तरङ्ग न्युज

@antaranganews

२०८० भदौ ३ गते आईतबार ०५:१६

सो अवसरमा सिर्जनात्मक साकोसका वर्तमान र पूर्वपदाधिकारीहरूले साकोस आफूहरू सबैको साझा संस्था भएको र यसलाई अझ थप मजवुत बनाइ सहज, सरल रुपमा सेवाप्रवाह गरी नमूना सहकारी बनाउन सबैको दायित्व हुने भएकाले कुनै पनि भ्रामक समाचाहरूको पछाडि नलाग्न सहकारीलाई थप मर्यादित र पारदर्शी रुपमा सञ्चालन गरिने अनुरोध सहित प्रतिवद्धता समेत व्यक्त गर्नु भएको छ ।

भक्ति नमूना मावि र सिर्जनात्मक साकोस भोटेओडारका गहना र गौरव हुन् यिनलाई मर्न र मास्न दिइने छैन

भोटेओडार(लमजुङ)– लमजुङको सुन्दरबजार नगरपालिका– ९ स्थित सिर्जनात्मक बचत तथा ऋण सहकारी सस्था लि.(साकोस)ले सिर्जनात्मक साकोसले गत आवमा मुनाफा अढाई करोड बढी मुनाफा आर्जन गरेको छ । संस्थाको समसामयिक बिषयमा शेयर सदस्यहरूसँग अन्तरक्रियामा साकोसको मुनाफा अढाई करोड बढी भएको जानकारी भदौ २ गते दिइएको हो ।
कार्यक्रममा सहकारीको आगामी कार्यदिशा तथा कार्यक्रममा करिब डेढसय शेयर सदस्यहरूको सहभागिता थियो । उनीहरूले पछिल्लो समयमा सहकारीको बारेमा उठेका विविध विषयहरूको बारेमा स्पष्ट पार्न सहकारीका सञ्चालकहरूलाई आग्रह गरेका थिए ।
कार्यक्रममा उक्त साकोसका संस्थापक अध्यक्ष हरिप्रसाद अधिकारीले यौटा मट्याङ्ग्राले दुई शिकार गर्न खोजिएको छ, भक्ति नमूना र सिर्जनात्मकलाई सिध्याउन खोजेका छन् । यी दुवै भोटेओडारका गहना र गौरव हुन्, यी संस्थामा समाचारमा भनिएको जस्तो समस्या छैन, यिनलाई मर्न दिनु हुँदैन र दिइने छैन भन्नुभयो । शिक्षासेवी एवम् वरिष्ठ साहित्यकार गोबिन्दबहादुर कुँबरले जुनकुनै पनि संस्थाको सञ्चालन होसियारी पूर्वक गर्नु पर्छ ? भन्ने सुझाव दिँदै ऋणको अवस्था के कस्तो छ ? भन्ने जिज्ञासा राख्नु भएको थियो । क्याम्पस प्रमुख डम्बर कार्कीले कुन सदस्यले बचल फिर्ता पाइन, ऋण पाइन भन्ने गुनासो गरेको छ ? र भ्रमपूण समाचारको खेती गर्नु पर्यो ? भन्नुभयो । त्यसैले सामाजिक व्यक्तित्व ध्रुबबहादुर कुँबरले पत्रकारले समाचार लेख्दा आचारसंहितको ख्याल नगरेको पाइएको टिप्पणी गर्नुभयो । यसैगरी समाजका प्रतिष्ठित व्यक्तित्वहरूले सुरेश कार्की, सुर्यकान्त अधिकारी, नारायणबहादुर कुँबर, रबिन अधिकारी, सरस्वती सापकोटा, रमाकान्त अधिकारी, डोलकुमारी सापकोटा, रामकृष्ण अधिकारी, प्रेम जि.सि., पूर्णकान्त सापकोटा लगायतले आफ्ना भनाइ राख्नु भएको थियो । सो अवसरमा ऋण नतिर्नेहरूको नाम सार्वननिक गर्नु पर्ने, भ्रमपूर्ण समाचारको खेती गर्नेलाई कारावाहीको दायरामा ल्याउनु पर्ने, यही समाजमा बसेर समाजको कुभलो चिताउनेहरूलाई सामाजिक रुपमा बहिस्कार गर्नु पर्ने लगायतका आवाज उठेको थियो । सो अवसरमा भाडमैलो मच्चाउनका लागि पत्रकारला प्रयोग गर्ने व्यक्तिको मोवाइल नं ९८६४८९५८५४ भएको र उनी स्थानीय शिक्षक भएको खुलेको भेलामा विशेष चर्चाको विषय बनेको थियो । ‘भक्ति नमूना मावि र सिर्जनात्मक साकोस भोटेओडारका गहना र गौरव हुन् यिनलाई मर्न र मास्न दिइने छैन’ वक्ताहरूको साझा प्रतिवद्धता थियो ।
सहकारीको बारेमा निष्पक्ष तवरबाट आम जनमानसमा सत्य तथ्य के हो ? भनेर जानकारी गराउन समेत सहकारीका शेयर सदस्य बिजय लामाले ध्यानाकर्षण गराउनु भएको थियो ।
सो अवसरमा भक्तिनमूना माविको अक्षयकोष तथा साकोसका बारेमा केही दिनदेखि आएका एकपक्षीय र सृंखलाबद्ध समाचारका विषयमा विशेष चासो र चिन्ता व्यक्त गरिएको थियो । विद्यालयको अक्षयकोषका विषयमा भक्तिनमूना मावि र सिर्जनात्मक साकोसका संस्थापकहरू प्रायः एकै रहेको र दुवै संस्थाहरूलाई जिवन्त रुपमा सञ्चालन गर्नु भोटेओडारबासीको जिम्मेवारी, कर्तव्य, दायित्व एवम् गौरवको विषय समेत भएको भन्दै दुवै संस्थाका बीचमा अन्योन्यास्रित सम्बन्ध रहेको र सो रकमका दाताहरूले सो रकम कुनै सरकारी निकाय वा कुनै कर्मचारीको दानका रुपमा राखेको नभई सम्पूर्णदाताहरू आफैले राखेको बताउँदैै हामीले जन्माएको संस्था सिर्जनात्मक मै रहन पर्ने र आवश्यक परेमा जहाँ जहिले पनि उपस्थित भएर आफ्ना भनाई राख्ने अक्षयकोष दाताहरूले बताउनु भएको थियो ।
सो अबसरमा सहकारीका अध्यक्ष रामजी कडेंलले शेयर सदस्यहरूले उठाएका बिषयमा जवाफ दिनुभएको थियो । अध्यक्ष कँडेलले आफूले सदस्यहरूले उठाउनु भएका विषयहरूलाई सुझावको रुपमा लिएको र आगामी दिनमा थप सशक्त भएर सहकारीको हितमा काम गर्दै अगाडि बढ्ने प्रतिबद्धता गर्नुभएको थियो । उहाँले यस साकोसका बारेमा पूर्वाग्रही ढंगबाट एकपक्षीय रुपमा आएका समाचार तथा काठमाडौंबाट समेत आएका भनिएका पत्रकारहरूको हकमा समेत प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीको कार्यकक्षमा सौहार्दपूर्ण वातावरणमा मिलापत्र गराएको विषयलाई समेत अतिरञ्जित गरी पटक पटक एकपक्षीय समाचार दिइरहनुको रहस्य समेत बुझ्न आग्रह गर्नु भएको थियो । उहाँले भन्नुभयो, ‘आफू पनि नगर्ने र अर्काले गरेको पनि सहन नसक्ने ‘बाँदर प्रवृत्ती’ भएका दुई– तीनजना मानिसले यस संस्थाबाट लिएको ऋण नतिर्ने मनसायका साथ यस्तो दुस्साहपूर्ण कार्यमा लागेको जानकारी प्राप्त भएको छ । त्यस्ता बदनियत भएका मानिसको पछि नलाग्न सबैमा अनुरोध गर्दछौं ।’ उहाँले भन्नुभयो, ‘समाचारमा सन्तुलन हुनुपर्छ भनिन्छ, तर हाम्रो साकोसका बारेमा आएका पछिलला ती समाचारमा न त प्रजिअको भनाई छ, त न हामी सञ्चालक समितिमा रहेका जिम्मेवार व्यक्तिको प्रतिक्रिया छ । त्यस्ता समाचार कसरी, सन्तुलित र विश्वसनीय हुन्छन् ? ठण्डा दिमागले चिन्तन गरौं र चिन्तन गर्न म सबैमा आग्रह गर्दछु ।’
सो अवसरमा सिर्जनात्मक साकोसका वर्तमान र पूर्वपदाधिकारीहरूले उक्त साकोस आफूहरू सबैको साझा संस्था भएको र यसलाई अझ थप मजवुत बनाइ सहज, सरल रुपमा सेवाप्रवाह गरी नमूना सहकारी बनाउन सबैको दायित्व हुने भएकाले कुनै पनि भ्रामक समाचाहरूको पछाडि नलाग्न सहकारीलाई थप मर्यादित र पारदर्शी श्ररुपमा सञ्चालन गरिने अनुरोध सहित प्रतिवद्धता समेत व्यक्त गर्नु भएको छ ।
सहकारीमा आवद्ध सदस्यहरुको वचत र शेयर रकम पूर्ण रुपमा सुरक्षित रहेको र राख्ने सम्पूर्ण जिम्मेवारी संस्था र सञ्चालक समिति लिन प्रतिवद्ध रहेकाले सम्पूर्ण शेयर सदस्य तथा सरोकारवाला सबैमा ढुक्क भइ कारोवार गर्नहुन समेत साकोसका पदाधिकारीहरूको आग्रह छ ।
दैनिक कारोबारमा कुनै समस्या छैन :
सिर्जनात्मक सहकारीमा हाल तरलता– ५ करोड ७३ लाख ३१ हजार ६ सय ८३ रुपयाँ, बचत– ४६ करोड ३३ लाख १ सय ३ रुपयाँ, सेयरपूँजी १२ करोड १० लाख १६ हजार ४ सय रुपैयाँ । जगेडा कोष ६ करोड ३७ लाख ८८ हजार ५ सय ८४ रुपैयाँ भने लगानी तर्फ ६१ करोड १४ लाख ९७ हजार ९ सय २२ रुपयाँ रहेको छ । त्यस्तै, वासालत तर्फ ७० करोड ९६ लाख ४४ हजार ६ सय ४७ रुपयाँ रहेको साकोसका व्यवस्थापक इन्द्र सापकोटाले जानकारी दिनु भएको छ । उहाँले भन्नुभयो, ‘गत आवमा साकोसको कुल मुनाफा २ करोड ५७ लाख ६३ हजार ७ सय ५९ रुपयाँ रहेको छ ।’ उहाँले थप भन्नुभयो, ‘पछिल्ला वर्षमा आर्थिक मन्दिको चपेटामा सबै परेका छौं, त्यसमा हाम्रो साकोस पनि अछुतो छैन तर पनि यतिको प्रगति गर्न सक्नु सबैका लागि गौवर हो भन्ने लाग्छ ।’
उक्त अन्तरक्रिया कार्यक्रममा सो साकोसका पदाधिकारी, पूर्वसञ्चालकहरू, सल्लाहाकार, विभिन्न उपसमितिका पदाधिकारी, संस्थामा अवाद्ध शेयर सदस्यहरू, सहकारीका कर्मचारी, स्थानीय शिक्षकहरू, स्थानीय बुद्धिजीबी, पत्रकार महासंका जिल्ला सचिव रुद्रहरि ढकाल लगायतको सहभागिता रहेको थियो ।
सोही साकोसको सञ्चालक समितिका अध्यक्ष रामजी कँडेलको अध्यक्षतामा अन्तक्रिया कार्यक्रम भएको हो । प्याब्सन लमजुङका अध्यक्ष समेत रहनु भएका सिर्जनात्मक साकोसको सञ्चालक समितिका सचिव मेनबहादुर घलेले उक्त अन्तरक्रिया कार्यक्रमको सञ्चालन गर्नु भएको थियो । उहाँले भेलाको उद्देश्यमा प्रकाश पार्नु हुँदै प्रतिनिधिमूलक रूपमा सहकारीको वस्तु स्थितिका बारेमा समीक्षा गरी भोलिका दिनको कार्यदिशा तय गर्नु रहेको उहाँले बताउनु भयो । उहाँले यस सहकारीको विषयमा समाचार लेख्न आउने पत्रकार पहिले बुझ्न विद्यालयमा गएको, यो जिल्लाको पत्रकार नभएको हुँदा चिन्नका लागि परिचय पत्रमाग गर्दा देखाउन नसकेको र प्रहरीको रोहबरमा भएको छलफललाई ‘बन्धक’ भन्दै लेख्न सक्ने पत्रकारको मनसाय के हो ? आज हाम्रो साकोसको भन्दा खराब स्थितिमा रहेको भन्ने सुनिएका सहकारीका बारेमा ती पत्रकारहरूबाट कलम किन चलिरहेको छैन ? यसबाट पनि समाचार कति सत्यतथ्य र भ्रमपूर्ण छ भन्ने बुझ्न गाह्रो छैन र थप बुझ्ने प्रयास गरौं घलेले आग्रह गर्नु भएको थियो । उहाँले थप भन्नुभयो, ‘हाम्रो सहकारीमा कुनै समस्या छैन, समस्या, यो संस्था फुले, फलेको देख्न नचाहनेहरूको दृष्टिदोषमा मात्र हो ।’

प्रकाशित मिति २०८० भाद्र ३, आईतवार १७:१६ गते
हजुरको प्रतिक्रिया