रास्वपाको सुन्दरबजार– १ मा समिति गठन : सभापतिमा प्रकाश अधिकारी

रास्वपाको सुन्दरबजार– १ मा समिति गठन : सभापतिमा प्रकाश अधिकारी

अन्तरङ्ग न्युज

@antaranganews

२०८० भदौ ५ गते मङ्गलबार ०७:२६

वडा भेलामा जिल्ला सहसंयोजक अशोक सापकोटाले पार्टीको सिद्धान्त, नीति नियमका साथै मिशन ८४ पुरा गर्नका लागि गर्नु पर्ने कामहरूका बारेमा तथा निर्वाचन क्षेत्र समितिका सदस्य प्रकाश थापाले पार्टीमा संगठनको आवश्यकता, महत्व र भूमिका बारेमा प्रकाश पार्नु भएको थियो ।

बेसीशहरमा सञ्चालन गर्दै आएको सामाजिक अभियान सरसफाईलाई निरन्तरता

लमजुङ– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) संगठन विस्तारमा जुटिरहेको छ । सुन्दरबजार नगरपालिका– १ मा वडा सभापति प्रकाश अधिकारीको अध्यक्षतामा रास्वपाको वडा समिति भदौ २ गते गठन भएको छ ।
सो भेलामा जिल्ला सहसंयोजक अशोक सापकोटाले पार्टीको सिद्धान्त, नीति नियमका साथै मिशन ८४ पुरा गर्नका लागि गर्नु पर्ने कामहरूका बारेमा प्रकाश पार्नु भएको थियो । यसैगरी, निर्वाचन क्षेत्र समितिका सदस्य प्रकाश थापाले पार्टीमा संगठनको आवश्यकता, महत्व र भूमिका बारेमा उदाहरण सहित प्रस्तुत गर्दै संगठन विस्तारको विकल्प नरहेको उल्लेख गर्नु भएको थियो ।
रास्वपाका सुन्दरबजार नगरका सभापति श्याम के.सी.को अध्यक्षतामा भएको उक्त कार्यक्रमको सोही नगरका सचिव राजेन्द्र अधिकÞारीले सञ्चालन गर्नु भएको थियो ।
नवगठित समितिको सभापति प्रकाश अधिकारी, उपसभापति जगत सेढाई, सचिव रामबबाबु तिवारी, सदस्यहरूमा इन्द्र कोइराला, कमल गौली, कामना दुरा, जगदिश मिश्र, राममणि मिश्र, विमला गौली र कृष्ण दुलाल चयन हुनु भएको सो दलका जिल्ला सहसंयोजक अशोक सापकोटाले बताउनुभएको छ ।

बेसीशहर नगरपालिका– ७ र ८ को समितिले हरेक शनिबारका दिन सञ्चालन गर्दै आएको सामाजिक अभियान अर्थात बेसीशहर क्षेत्रको सरसफाई कार्य जारी :
यसैबीच, रास्वपा बेसीशहर नगरपालिका– ७ र ८ को समितिले हरेक शनिबारका दिन सञ्चालन गर्दै आएको सामाजिक अभियान अर्थात बेसीशहर क्षेत्रको सरसफाई कार्यलाई भदौ २ गतेका दिनमा पनि निरन्तरता दिएको छ ।
सो कार्य वडानं– ७ का अध्यक्ष राजकुमार घिमिरे तथा वडानं– ८ का अध्यक्ष धुर्व ढकालको नेतृत्वमा सञ्चालन गरिएको सो दलले जनाएको छ ।
सो अवसरमा बेसीशहर नगरपालिका– ७ को मनाङ्गे चौताराबाट वडानं– ६ चनौटेतर्फ पैदल जाने स्लोप बाटोमा लेउ लागेर हिड्दा चिप्लिएर यात्रुहरू लड्न थालेको जानकारी पाएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले तारब्रस लगाएर सो स्थानमा लेउ खुर्केर सफाई गरेको रास्वपाका वडानं– ८ का अध्यक्ष धुर्व ढकालले बताउनु भयो ।
सो सरसफाई कार्यमा सो दलका नगर सभापति कृष्ण राउतसहितका विभिन्न व्यक्तिहरूको सहभागिता रहेको ढकालले जानकारी दिनु भयो ।

प्रकाशित मिति २०८० भाद्र ५, मंगलवार ०७:२६ गते
हजुरको प्रतिक्रिया