काठमाडौं– कुनै दिन नेपाली सत्तासिनहरूको बुद्धि भुट्दै अलिअलि भएका उद्योग समेत बिहीन बनाएर आफूमा पूर्ण आश्रित बनाउने रणनीति अपनाउँदै त्यस्तो खेलमा अभ्यस्त भएको भारतले पछिल्ला दिनमा भने नेपालीहरूलाई गाउँघरमा फर्केर कृषि पेशा अपनाउन बाध्य बनाउन थालेको छ । केही दिन अघि नेपालमा चामल निर्यात नगर्ने नीति लिएको भारतले यतिबेला फेरि उसिना चामलमा २० प्रतिशत कर थोपर्ने काम गर्दै नेपालीलाई कृषिमा फर्कन बाध्यात्मक स्थिति सिर्जित गर्दै उत्प्रेरित गर्ने कार्य भदौ ९ गते गरेको हो ।
भारतको संघीय सरकारले उसिना चामलको निर्यातमा २० प्रतिशत कर लगाको अधिकारीहरूले बताएका छन् । आन्तरिक बजारमा पर्याप्त आपूर्ति सुनिश्चित गर्दै मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले भारतको कअर्थ मन्त्रालयले हिजोसाँझ उक्त आदेश जारी गरेको हो । जसको प्रष्ट संकेत हो कि ‘नेपाली हो तिमीलाई चाहिने चामलको जोहो आफै गर ।’
निर्देशनानुसार निर्यात शुल्क तत्काल कार्यान्वयन गरी यही अक्टोबर ३१ सम्मका लागि प्रभावकारी रहनेछ । योसँगै भारतले अब सबै प्रकारका गैरबासमती चामलमा प्रतिबन्ध लगाएको छ । त्यो भारतको कुल चामल निर्यातको लगभग २५ प्रतिशत हो ।
यसको निर्यातमा २० प्रतिशत भन्सार दर लागु गर्दा विश्वव्यापी मूल्यमा थप वृद्धि हुने सम्भावना छ ।
गएको महिना अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले भारतले चामल निर्यातमा लगाएको प्रतिबन्धले विश्वव्यापी मुद्रास्फीतिमा प्रभाव पार्ने र अरू मुलुकमा खाद्यपदार्थको मूल्यमा उतारचढाव बढाउने जनाएको थियो । एक निश्चित श्रेणीको चामलको निर्यातमा लगाइएको प्रतिबन्ध हटाउन आग्रह गरेको थियो । रासस÷सिन्ह्वाको सहयोगमा ।
प्रकाशित मिति २०८० भाद्र ९, शनिबार २०:५२ गते