अनुपम सिर्जना प्रतिष्ठान नेपाल कलंकीको मासिक रचनावाचनको १२७ औँ नियमित शृंखला सम्पन्न

अनुपम सिर्जना प्रतिष्ठान नेपाल कलंकीको मासिक रचनावाचनको १२७ औँ नियमित शृंखला सम्पन्न

अन्तरङ्ग न्युज

@antaranganews

२०८० भदौ १९ गते मङ्गलबार ०८:२७

रचना वाचन गर्ने कविहरू भुवनहरि सिग्देल, डा. बमबहादुर थापा जिताली, पुरुषोत्तम सिग्देल, हरि खनाल, गङ्गा लिगल, खोलाघरे साहिँलो, दुष्यन्त भट्टराई, जगदीश्वर पोखरेल, सूर्यकुमार पण्डित, टेकबहादुर लौडारी, उत्तम भेटुवाल र गोमविक्रम थापा लगायत हुनुहुन्थ्यो ।

कार्यक्रममा युवाकवि मोतीराम भट्टका सिर्जना समेत वाचन गरिएको थियो ।

काठमाडौं– अनुपम सिर्जना प्रतिष्ठान नेपाल कलंकीको १२७ औँ नियमित प्रविधिमैत्री शृङ्खला राष्ट्रिय विभूति युवा कवि मोतीराम भट्टको १५८ औँ जयन्ती विशेष कविगोष्ठीका साथ सम्पन्न भएको छ । सो गोष्ठी प्रतिष्ठानका अध्यक्ष भुवनहरि सिग्देलको अध्यक्षता तथा प्रमुख आमन्त्रित वरिष्ठ कवि डा. बमबहादुर थापा जितालीको उपस्थितिमा भदौ १६ गते गरिएको हो ।
सो अवसरमा रचना वाचन गर्ने कविहरू भुवनहरि सिग्देल, डा. बमबहादुर थापा जिताली, पुरुषोत्तम सिग्देल, हरि खनाल, गङ्गा लिगल, खोलाघरे साहिँलो, दुष्यन्त भट्टराई, जगदीश्वर पोखरेल, सूर्यकुमार पण्डित, टेकबहादुर लौडारी, उत्तम भेटुवाल र गोमविक्रम थापा लगायत हुनुहुन्थ्यो ।
प्रमुख आमन्त्रित जितालीले अनुपम सिर्जना प्रतिष्ठानले विविध कार्यका साथ भाषा साहित्यको सेवा गर्दै आएको उल्लेख गर्नु हुँदै सर्जकहरूलाई आफ्ना रचना वाचन गर्ने अवसर प्रदान गर्दै छन्दको संरक्षण गरेको छ भन्नुभयो । उहाँले कविगोष्ठीमा आफ्नो रचना वाचन गरेर भाग्न हुँदैन साथै अनावश्यक कुरा गरेर समय नष्ट गर्न हुँदैन । समयको महत्त्व बुझ्न सक्नु पर्छ भन्नेमा जोड दिनु भयो । उहाँले युवाकवि मोतीरामले साहित्यमा गर्नु भएको योगदानबारेमा प्रकाश पार्नु भएको थियो ।
कविगोष्ठीमा छन्द, स्वच्छन्द कविता, गीत, गजल, रागविराग, लोकछन्द कविता रोचक ढङ्गबाट कविहरूले वाचन गरेका थिए । देश भक्ति भावले भरिएका, जनचेतना मूलक तथा समाजिका बिक्रिति बिरुद्ध प्रहार गरिएका रचना वाचन गरेका थिए । साथमा युवाकवि मोतीराम भट्टका सिर्जना पनि वाचन गरेका थिए ।
समीक्षक वरिष्ठकवि पुरुषोत्तम सिग्देलले सिर्जनामा भएका गुण र दोष केलाएर समीक्षा गर्नु भएको थियो । अध्यक्ष भुवनहरि सिग्देलले कवितामा बिम्ब प्रतीकका साथै ध्वनि हुनुपर्छ भन्नु भयो । कविगोष्ठी सफल बनाइ दिनु भएकोमा सबै सर्जकलाई धन्यवाद दिनु हुँदै गोष्ठी समापन गर्नु भएको थियो ।
उपाध्यक्ष जगदीश्वर पोखरेललेले गोष्ठीको कुशलतापूर्वक संयोजन गर्नु भएको थियो ।
स्मरणीय छ, उपत्याकाको पश्चिम भेकमा रहेको उक्त साहित्यिक संस्थाले आफ्नो स्थापनाकाल देखिनै मासिक रचना वाचन नियमित रुपमा गर्दै आएको छ ।

प्रकाशित मिति २०८० भाद्र १९, मंगलवार २०:२७ गते
हजुरको प्रतिक्रिया