एमाले लुम्बिनीको मतगणना जारी : अध्यक्षमा हरिको अग्रता कायमै, राधाकृष्ण २० मतले पछाडि

एमाले लुम्बिनीको मतगणना जारी : अध्यक्षमा हरिको अग्रता कायमै, राधाकृष्ण २० मतले पछाडि

अन्तरङ्ग न्युज

@antaranganews

२०८० भदौ १९ गते मङ्गलबार १०:२७

पदाधिकारी र सदस्य गरी २०५ जनाको प्रदेश कमिटीका लागि ३६४ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

९६ प्रतिशत अर्थात ९६५ प्रतिनिधिबाट मतदान

काठमाडौं– नेकपा(एमाले) लुम्बिनी प्रदेशको अध्यक्षमा हरिप्रसाद रिजालले अग्रता बढाउनु भएको छ । उहाँ २० मतले अगाडि हुनुहुन्छ । प्रदेश कमिटीको नयाँ नेतृत्वका लागि भएको निर्वाचन अन्तर्गत मतगणना भदौ १९ गते साँझ सुरु भएको हो ।
तीन सय मत गणना हुँदा रिजालले १५९ मत पाउनुभएको छ भने उहाँलाई पछ्याउँदै रहनु भएका राधकृष्ण कँडेलले १३९ मत प्राप्त गर्नु भएको छ ।
निर्वाचन समितिका प्रमुख हरिप्रसाद भण्डारीका अनुसार ९६५ मत खसेको छ ।
सो निर्वाचनमा ३९ जना प्रतिनिधि उपस्थित भएनन् । एक हजार चार प्रतिनिधिमध्ये ९६५ जनाले मतदान गरेको निर्वाचन समितिका प्रमुख हरिप्रसाद भण्डारीले बताउनु भयो । जो कुल प्रतिनिधिको ९६ प्रतिशत हो ।
पदाधिकारी र सदस्य गरी २०५ जनाको प्रदेश कमिटीका लागि ३६४ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । आज बिहान पौने ९ देखि सुरु भएको मतदान दिउसो ३ बजे सकिएको थियो । कुल एक हजार चार मतदाता मध्ये ९६५ जनाको मत खसेको हो ।

प्रकाशित मिति २०८० भाद्र १९, मंगलवार २२:२७ गते
हजुरको प्रतिक्रिया