८५ वर्षीय लोकनारायण श्रेष्ठले यो जात्रा द्वापर युगदेखि चल्दै आएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘यो हाम्रो संस्कृति हो यसलाई मर्न दिनु हुँदैन ।’
‘टाकटुके नाचमा अन्यत्र चार चरणमात्र हुन्छ हाम्रोमा १८ आइटम छ यो लमजुङको विशेषता हो ।’
बेसीशहर– लमजुङको जिल्ला सदरमुकाम बेसीशहर बजारमा बसोबास गर्दै आएका नेवार समुदायले आफ्नो परम्परागत लोक संस्कृति नयाँ पुस्तामा हस्तान्तरणका लागि विशेष पहल गरका छन् । लाखे नाचदेखि गाई जात्रा, रोपाई जात्राका साथमा लोख नाच तथा टाकटुके खेलसमेत सामेल गरेर उनीहरूले त्यस्तो कार्य गरेका हुन् । उनीहरूले कृष्णजन्माष्टमीको शुभ अवसरमा रोपाई जात्रा समेतको आयोजना गरेर ती सबै कर्ममा नयाँ पुस्तालाई सरिक गराउँदै संस्कृति हस्तान्तरण गर्ने कार्य भदौ २० गते गरेका हुन् ।
बेसीशहर नेवा खलःको आयोजनामा उक्त सांस्कृतिक कार्यक्रम पछिल्लो एक महिनादेखि यहाँ चलिरहेको छ । बेसीशहर नेवा खलःका सचिव विमल श्रेष्ठले यो कार्यक्रम लुतो फ्याँक्ने दिन साउने संक्रान्तिदेखि सुरु भई हरितालिका तीजका दिनसम्म नाच्ने प्रचलन रहेको जानकारी दिनुभयो । उहाँका अनुसार यसमा लाखे र टाकटुके नाच समेत देखाइएको छ । उहाँले भन्नुभयो, ‘टाकटुके नाचमा अन्यत्र चार चरणमात्र हुन्छ हाम्रोमा १८ आइटम छ यो लमजुङको विशेषता हो ।’
जात्राको विशेषताका बारेमा राखिएको जिज्ञासामा उहाँले भन्नुभयो, ‘यो परम्परागत संस्कृतिको संरक्षण र बजारको व्यापार प्रवद्र्धन गर्नु हो ।’ जाडोको बोलमा नेवारी पोशाक लागाइन्छ ऐलेका लागि पनि छुट्टै ड्रेस बनाइएको छ उहाँले जानकारी दिनुभयो ।
यो बेलामा बाघजात्रा पनि निकालिन्थ्यो । त्यकसमा राजारानी समेत बनाउनु पर्ने भएको र यतिबेला मुलुकमा राजतन्त्र हटेको कारणले त्यो रोकिएको छ । त्यसलाई पनि चलाउने बारेमा छलफल चलिरहेको उहाँले जानकारी दिनु भयो ।
८५ वर्षीय लोकनारायण श्रेष्ठले यो जात्रा द्वापर युगदेखि चल्दै आएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘यो हाम्रो संस्कृति हो यसलाई मर्न दिनु हुँदैन ।’
उक्त मेला आयोजक बेसीशहर नेवा खलःका अध्यक्ष बालचन्द्र श्रेष्ठले बेसीशहरमा छ वटा गुठी रहेको छ तर यो मेलामा सबैको सहभागिता छ भन्नुभयो । जात्रामा सहभागी भएका युवायुवतीले पञ्चैबाजाको तालमा खेत रोपाईको अभिनय गरेका थिए । जहाँ हल गोरुदेखि बाउसे, रोपार आदि सबैको भूमिकाका अभिनय गरिएको थिउो । कतिपय युवाहरु युवतिको भेषमा समेत अभियन गरिरहेको दृश्य निकै रोचक देखिएको थियो ।
यो मेलाको खर्च हामी आफैले बेहोर गरेका छौं, आज मात्रै डेढ लाख जति खर्च हुन्छ होला स्थानीय टोल समाजका अध्यक्ष तीर्थमान श्रेष्ठले बताउनु भयो ।
रोपाईजात्राका अवसरमा विभिन्न भेषभुषामा सजिएका युवा युवतिहरूले रोपाईका लागि आवश्यक सबै प्रकारका अभिनय गर्दछन् । जात्रामा पञ्चैबाजाको तालमा रोपाईका सबै विधिको अभिनय गर्ने गरिन्छ ।
रोपाईजात्रा नेवार बाहुल्य रहेको जिल्लाका सुन्दरबजार लगायतका विभिन्न स्थानमा समेत देखाइएको जानकारीमा आएको छ । प्रस्तुत छ, रोपाई जात्राको फोटो फिचर समेत :
आजको युग सूचनाको युग हो । सूचना बिना मानिसको जीवन व्यर्थ छ । ई– प्रविधिको विकासले आज विश्वलाई एउटा गाउँ जस्तो बनाइसकेको छ । हामीले सचेतनासहित समाचारको पहुँच सर्वसाधारणमा पुर्याउनु पर्छ भन्ने उद्देश्यले पत्रकारिताको महत्त्वलाई आत्मसात गरेको चार दशक बितिसकेको छ । त्यस्तै, आफ्नै जन्म जिल्लामा नै बसेर पत्रकारिता गर्नुपर्छ भन्दै यस पवित्र कार्यको व्यावहारिक प्रयोग गर्न अर्थात् अन्तरङ्गको प्रकाशन थालेको पनि तीन दशक हुँदै छ । थप..