रास्वपाका जिल्ला संयोजक केसीद्वारा बेसीशहरका मेयर अर्यालले ढाट काम गर्ने गरेको, आदर्श, नियत र कार्यशैलीमा आशंका उब्जिएको दावी

रास्वपाका जिल्ला संयोजक केसीद्वारा बेसीशहरका मेयर अर्यालले ढाट काम गर्ने गरेको, आदर्श, नियत र कार्यशैलीमा आशंका उब्जिएको दावी

नवराज पहाडी

@antaranganews

२०८० भदौ २४ गते आईतबार ०३:५२

बेनपामा आव– ०७८/७९ को कुलबजेट ८० करोड ८७ लाख १२ हजार ७७१ रुपैयाँ रहेको र त्यस आवमा ११ करोड, ७९ लाख, ८३ हजार ७८८ रुपैयाँ बचाइएको, पाँच करोड १३ लाख ८३ हजार उल्लेख भएबाट मेयर अर्यालको आदर्श र नियत उदाङ्गो भएको केसीले बताउनु भयो ।

रास्वपाको सिद्धान्त, नीति, विधि, रीति, स्थिति र नियत समेत ठीक भएको पार्टी हो

बेसीशहर– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले संगठन विस्तारको क्रममा बेसीशहर नगरपालिका– १ मा पनि वडा समिति गठन गरेको छ । सो दलका प्रदेश सदस्य एवम् जिल्ला संयोजक धर्म केसीले उदिपुरको सामुदायिक भवनमा आयोजित सो वडा भेलाको घण्टी बजाएर उदघाटन भदौ २३ गते गर्नु भएको हो ।
संयोजक के.सी.ले पार्टीको नीति, सिद्धान्तका साथै हालका गतिविधि लगायत मिशन ८४ का बारेमा प्रष्ट्याउनु भएको थियो । उहाँले रास्वपाको सिद्धान्त, नीति, विधि, रीति, स्थिति र नियत समेत ठीक भएको पार्टी हो, त्यो हामीले व्यवहारबाट पुष्टि गर्दै आएका छौं भन्नुभयो । उहाँले रास्वपाको सिद्धान्त नेपालवाद हो, त्यो भनेको वर्तमान संविधानले व्यवस्था गरेका मौलिक हकहरूको व्यवहारिक रुपमा उपयोग गर्न पाउने स्थितिको सुनिश्चित गर्नु हो, आजका दिनमा पनि पहुँच नभएका कमजोर मानिसका लागि यो देशमा न्याय दुर्लभ छ हामी त्यो सुनिश्चित गर्न चाहन्छौं भन्नुभयो । सुशासन हाम्रो नीति हो, हामी सुशासनको रीति, स्थिति बसाउन चाहन्छौं त्यसका लागि हाम्रो नियत सफा छ र काम गर्दा कुनै कमीकमजोरी भए तत्काल त्यसलाई सच्याएर अघि बढ्ने बिधि रहेको छ भन्ने उल्लेख गर्नु भयो ।
बार्गेनिङ गर्नेलाई ठाउँ छैन : चाहेको पदका लागि स्पेश आफैले तयार गर्ने हो :
रास्वपाको नीतिगत निर्णय, विधान तथा कार्यशैलीका बारेमा प्रकाश पार्नु हुँदै उहाँले ‘म यस्तो ठूलो मान्छे, फलानो पार्टीेको यो पदमा छु, त्यसैले त्यो पद दिए मात्र आउँछु, यति जान ल्याउछु भन्नेलाई आफ्नो पार्टीमा स्थान नभएको’ उल्लेख गर्नु भयो । त्यस्ता क्षमतावान् व्यक्ति कोही हुनुहुन्छ र आउने चाहना छ भने उहाँहरूका लागि ठाउँ हुँदै नभएको पनि हैन तर त्यस्तो चाहना राख्नु हुनेले बिनासर्त पार्टीमा आएर काम गरेर आफ्ना लागि स्पेश तयार गर्नु पर्छ र त्यो गर्नका लागि आग्रह छ भन्नुभयो । उहाँले भन्नुभयो, ‘हामीले मिसन ०८४ को कुरा गरिरहेका छौं, त्यो बेलामा म भन्दा राम्रो व्यक्ति आउन सक्नु हुन्छ त्यसैले ऐले नै मेरो उम्मेदवारीको निश्चित छैन, त्यतिमात्र हैन अबको अधिवेशनमा पनि म ऐले भएकै पदका लागि पनि योग्य नहुन या माथि जान पनि सक्छु ।’
बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालले आदर्श र नियत उदाङ्गो भएको दावी :
बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालले जनताले भने जस्तो विकास गर्न बजेटको अभाव रहेको बताउने गरेको, उहाँले नगरको वार्षिक बजेट भने करिब २३ करोड रुपैयाँ हुन्छ भन्ने गरेको तर्फ संकेत गर्र्दै त्यसको फेहरिस्त समेत दिने गर्नु भएको छ, । उहाँ भन्नुहुन्छ, ‘सबै क्षेत्रको विकास गर्न चाहना हुँदाहुँदै पनि बजेट अभावका कारण जनताले भने अनुसार काम गर्न नसकेको बताउँदै सक्दो गरिरहेका छौं, भएकै बजेटमा सबै काम गर्नुपर्छ अरबौंको बजेट भएको भए कायापलट गरिदिन्थ्यौं’ भन्ने गरेको सुनिन्छ तर सत्य त्यस्तो होइन रहेछ केसीले भन्नुभयो ।

केसीले महालेखा परीक्षकको कार्यालयले बेसीशहर नगरपालिकाका नाउँमा जारी गरेको पत्र देखाउँदै अघिल्लो आर्थिक वर्ष ०७८/७९ मा ८० करोड, ८७ लाख १२ हजार बढीको रकम आएको तर त्यसमा झण्डै १२ करोड रुपैयाँ उहाँहरूले खर्च गर्न नसकेको देखिन्छ यो के हो ? भन्ने प्रश्न उठाउनु भयो ।
मेयर अर्यालको आदर्श र नियतमा आशंका : बेरुजु मात्रै पाँच करोड बढी :
उहाँ(मेयर र मतियार)हरूले बचेको भनिएको त्यो रकम बैंकमा राखेर गैरकानुनी व्याज असुल्ने गरिएको त छैन ? केही बैंकले बाहिर चल्ती खाता भन्ने गरे पनि भित्र भित्र बचतमा त्यो रकम राखिदिएर व्याज दिने गरेको छन् कतै यो रकममा समेत त्यसो गरिएको त छैन ? भन्ने आशंका केसीले व्यक्त भयो । उहाँले नगरपालिकाको पाँच करोडभन्दा बढी रकम त बेरुजु रहेको समेत खुलासा गर्नु भयो । त्यो आवमा मात्रै एक करोड बढी त बेरुजु नै निस्केको छ यो हामीले लगाएको आरोप हैन भन्दै महालेखाको प्रतिवेदन देखाउँदै यसबाट प्रष्ट भएको छ कि मेयर अर्यालले छाट्ने गरेको आदर्श र उहाँको नियत के हो ? केसीले थप प्रश्न गर्नु भयो । उहाँले बेनपामा आव– ०७८/७९ को कुलबजेट ८० करोड ८७ लाख १२ हजार ७७१ रुपैयाँ रहेको र त्यस आवमा ११ करोड, ७९ लाख, ८३ हजार ७८८ रुपैयाँ बचाइएको जानकारी दिनु भयो ।(सो विवरणको तीन पेजको प्रति यहाँ संलग्न छ ।)
यसैगरी सो आवमा बेरजु रकम एक करोड ३३ लाख ८७ हजार रहेको उल्लेख गर्दै त्यसमध्ये ३६ लाख १० हजार रुपैया असुल गर्नु पर्ने बेरुजु औल्लाइए छ भने कुल बेरुजु पाँच करोड १३ लाख ८३ हजार उल्लेख भएबाट मेयर अर्यालको आदर्श र नियत उदाङ्गो भएको केसीले बताउनु भयो ।
उक्त कार्यक्रममा रास्वपा जिल्ला सहसंयोजक अशोक सापकोटाले कार्यक्रमको सञ्चालन गर्दै भेलाको उद्देश्यमा प्रकाश पार्नु भएको थियो ।
नेताको नियत जाच्न हिसाब र निसाफ हेर्नुपर्छ :
यसैगरी, सो रास्वपाका सक्रिय कार्यकर्ता एवम् वरिष्ठ पत्रकार नवराज पहाडीले नेपाली समाज र यो देशमा आजका दिनको खाँचो भनेकै सुशासनको हो, सुशासन नहुँदा संवैधानिक अधिकारको उपयोग गर्न समेत कठिनाई उत्पन्न भएको छ, त्यसैले सुशासनका लागि अर्जुन दृष्टि हुन आवश्यक छ भन्नुभयो । कुन नेता के कति ठीक वा बेठीक भन्ने परीक्षा गर्न उसको दैनिक हिसाब र उसले गर्ने निसाफ निर्भर गर्दछ भन्दै उहाँले भन्नुभयो, तपाईहरूले देख्नु र बेहोर गर्नु भएकै छ अन्य कुनै पनि दलहरूले काम गर्ने वा बोल्ने भनेको आफ्ना मतियारका लागि मात्र हो तर रास्वपाले सहारा बिहीन निर्धा, निमुखाको बारेमासमेत बोल्छ भन्नुभयो । उहाँले त्यसको उदाहरणका लागि बेसीशहरको कर्पुरेश्वर मन्दिरसँगै रहेका तामाङ परिवारको न्यायका लागि आजका दिनसम्म कसैले आवाज उठाएको थियो ? भन्ने प्रश्न गर्दै तर रास्वपाले उनीहरूका बारेमा र त्यस्ता निमुखा मानिसको पक्षमा बोल्ने र न्याय दिलाउने कामको थालनी गरेको अवश्य पनि गर्छ भन्ने ठोकुवा गर्नुभयो ।
पहाडीले रास्वापले चाहेको सुशासनको उदाहरण दिदै महात्मा गान्धीले आफ्नो कुटीमा दुईवटा दियो प्रयोग गर्ने गरेका रहेछन् । एक सरकारी काम गर्दा सरकारी पैसाले किनेको तेल राखेको दियो बाल्ने र व्यक्तिगत काम गर्दा व्यक्तिगत कमाईबाट किनेको तेल राखेको दियोको प्रयोग गर्ने गरेका थिए भन्ने उहाँको जीवनीमा पढ्न पाइन्छ । त्यस्तै हामीले पनि गान्धीको जसरी काम गर्ने परिपाटी बसाल्न चाहन्छौं भन्नुभयो । उहाँले केन्द्र तथा जिल्लामा अन्य दलका कतिपय नेता÷कार्यकर्ताहरू बिना उद्यम सुटेड– बुटेड हुन अनि साँझमा भट्टीमा मोजमस्ती गर्न कसरी सकेका छन् ? अब त्यो हिसाब खोज्नु पर्छ उहाँले जोड दिदै भन्नुभयो ।
सो भेला रास्वपाका नगर सभापति कृष्णबहादुर राउतको अध्यक्षतामा भएको कार्यक्रममा उहाँले धन्यवाद ज्ञापन गर्नु भएको थियो । रास्वपा निर्वाचन क्षेत्र समिति सदस्य प्रकाश थापाले स्वागत मन्तव्य राख्दै संगठनमा जुट्नु पर्नेमा जोड दिनु भएको थियो । निर्वाचन क्षेत्र समिति सदस्यमा सिफारिस प्रमीशा विकले महिलाहरूको संख्या कम भएको प्रति आफ्नो ध्यान केन्द्रीत भएको उल्लेख गर्दै महिलाहरू पनि दबिएर घरमा मात्र सीमित हुन नहुने बताउनु भएको थियो ।
कार्यक्रममा रास्वपा बेनपा– ८ का सभापती ध्रुब ढकालले आफ्ना अनुभव सुनाउँदै जिम्मेवारीमा बसेपछि केही न केही गर्नु पर्छ र गरौं भन्नुभयो । त्यस्तै, बेनपा– ६ वडाका निवर्तमान सदस्य एवम् रास्वपाका नगर सदस्य होमबहादुर राउतले आफू एमालेको नगर सचिवालय सदस्यमा रहेकै बेलामा त्यो पार्टीको कार्यशैली ठीक नलागेर स्वतन्त्र पार्टीमा आएको बताउनु भयो । उहाँले संगठन विस्तारको उदाहरण दिदै हामीले साविका गाविसका वडाहरूलाई टोल मानेर ती टोलमा समेत ७ देखि ११ जनाको समिति गठन गर्ने जिम्मा हरेक वडा समितिको रहेको बताउँदै त्यसका लागि सहयोगको आवश्यकता भएमा हामी तयार छौं भन्नुभयो ।
भेलाले बुद्धिलाल श्रेष्ठलाई वडा सभापति सहित ११ सदस्यीय समितिका साथै दुई जना नगरका विभाग सदस्य चयन गरेको छ । उपसभापति साधना अधिकारी, सचीव शंकर मिश्र, सदस्यहरूमा बुद्धिमान गुरुङ, श्यामबहादुर दवाडी, देवबहादुर कार्की, जिवन गुरुङ, राजु सेढाई, रामु बुढाथोकी, कमला परियार, रामु खड्कालाई चयन हुनु भएको रास्वपाका बेसीशहर नगरपालिकाका उपसभापति हरिकृष्ण बुढाथोकीले बताउनु भयो । उहाँका अनुसार सो भेलाबाट नगर विभागका लागि सन्तोषकुमार डि.सि. र बिष्णु गुरुङलाई चयन गरिएको छ ।

प्रकाशित मिति २०८० भाद्र २४, आईतवार १५:५२ गते
हजुरको प्रतिक्रिया