राष्ट्रिय स्वतन्त्र पार्टीको शनिबार लमजुङको चितिमा वडा भेला, धमिलिकुवामा आमसभाको तयारी

राष्ट्रिय स्वतन्त्र पार्टीको शनिबार लमजुङको चितिमा वडा भेला, धमिलिकुवामा आमसभाको तयारी

अन्तरङ्ग न्युज

@antaranganews

२०८० भदौ २६ गते मङ्गलबार ०८:२८

चितिको वडा भेलामा राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलका प्रमुख सचेतक माननीय सांसद सन्तोष परियारको समुपस्थिति रहने
धमिलिकुवामा आयोजना हुने आमसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका पार्टी सभापति रवि लामिछाने, सो दलका सांसदद्वय स्वर्णिम वाग्ले र तोसिमा कार्कीले उक्त सभालाई सम्बोधन गर्न आउने

बेसीशहर– राष्ट्रिय स्वतन्त्र पार्टीले संगठन विस्तारको अभियान सञ्चालन गरिरहेको छ । सोही क्रममा बेसीशहर नगरपालिका– ११ को चिति, तिलाहारमा वडास्तरीय भेला र राइनास नगरपालिकाको धमिलिकुवामा आमसभाको तयारी गरिएको छ ।
बेसीशहर नगरपालिका– ११ मा हुने वडास्तरीय भेला यही भदौ ३० गते शनिबार हुुने भएको छ । सो भेलामा राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलका प्रमुख सचेतक माननीय सांसद सन्तोष परियारको समुपस्थिति रहने भएको रास्वपा बेसीशहर नगर समितिले जनाएको छ । सो वडा भेलामा परियारका साथमा जिल्ला संयोजक धर्म केसी, सहसंयोजक अशोक पासकोटा सहित रास्वपाका जिल्लास्तरका नेताहरूको समेत सहभागिता रहने छ ।
उक्त अवसरमा वडा भेलाका साथमा वडा समिति गठन गर्ने कार्यक्रम रहेको रास्वपाको बेसीशहर नगर समितिले जनाएको छ । सो समितिका अनुसार उक्त कार्यक्रममा विशेषतः चितिबासी रास्वपा समर्थक तथा सो दलमा सद्भाव राख्नुहुने सम्पूर्ण बा आमा दाजु भाइ तथा दिदी बहिनीहरूलाई उपस्थितिको लागि अनुरोध गरिएको छ ।
पार्टी सभापति रवि, सांसदद्वय स्वर्णिम वाग्ले र तोसिमा कार्की सहभागी हुने ;
यसैगरी, राइनास नगरपालिका– ७ को धमिलिकुवामा आयोजना हुने आमसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका पार्टी सभापति रवि लामिछाने, सो दलका सांसदद्वय स्वर्णिम वाग्ले र तोसिमा कार्कीले उक्त सभालाई सम्बोधन गर्न सहभागी हुँदै हुनुहुन्छ ।

उहाँहरू गोर्खाका दुई कार्यक्रम भ्याएर ३ः३० बजे धमिलिकुवा आइपुग्ने कार्यक्रम रहेको सो दलको जिल्ला समितिले बताएको छ ।

प्रकाशित मिति २०८० भाद्र २६, मंगलवार २०:२८ गते
हजुरको प्रतिक्रिया