आफ्नो विगत बिर्सदै एमाले अध्यक्ष ओलीद्वारा चेतावनी : ‘प्यानल बनाए उम्मेद्वारी खारेज गर्छु’

आफ्नो विगत बिर्सदै एमाले अध्यक्ष ओलीद्वारा चेतावनी : ‘प्यानल बनाए उम्मेद्वारी खारेज गर्छु’

अन्तरङ्ग न्युज

@antaranganews

२०८० असोज ८ गते सोमबार ०७:३०

ओलीले एमालेमा लामो समयदेखि गुट बनाउँदै आएको इतिहास साक्षी छ । २०७१ सालमा भएको नवौँ महाधिवेशनमा प्यानलगत प्रतिस्पर्धाबाटै अध्यक्षमा निर्वाचित हुनु भएको हो । २०७८ मंसिरमा चितवनमा भएको दशौँ महाधिवेशनमा ओलीले आफूलाई अध्यक्ष घोषित गर्न खोजे पनि भीम रावलले उहाँका विरुद्ध उम्मेदवारी दिएपछि भने उहाँको दाँतमा ढुंगा लागेको थियो ।

एमालेका विरोधीले बुझे हुन्छ, सबै एकगठ भए हुन्छ । बाँकी कोही भए गठबन्धनमा आए हुन्छ, एमालेले एकल बहुमत ल्याउँछ ।

काठमाडौँ– एमालेमा प्रदेशस्तरीय अधिवेशन उत्सर्गमा छ । अध्यक्ष केपी शर्मा ओलीले प्यानल बनाएर चुनावी प्रतिस्पर्धा नगर्न बागमती प्रदेशको अधिवेशन उदघाटन गर्दै असोज ८ गते चेतावनी दिनु भएको हो ।
उहाँले गुटगत आधारमा प्रतिस्पर्धा नगर्न निर्देशन दिनु भएको हो । आज सुरु भएको बागमती प्रदेशको अधिवेशनले भोलि नयाँ नेतृत्व चयनका लागि बन्दसत्रको तयारी गरेको छ । प्रदेश नेतृत्वका चुनावी प्रतिस्पर्धामा जाने तयारी गरिरहेका ओलीले गुटगत आधारमा प्रतिस्पर्धा नगर्न निर्देशन दिनु भएको हो ।
बागमती प्रदेशको अध्यक्षका लागि कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलबीच प्रतिस्पर्धा हुने बलियो सम्भावना बन्दै गएको अवस्थामा ओलीले प्यानलगत प्रतिस्पर्धालाई निषेध गर्ने निर्देशन जारी गर्नु भएको हो । दाहाललाई पोलिटब्युरो सदस्य गोकुल बास्कोटा र ढुंगेललाई महेश बस्नेत पक्षले सहयोग गर्ने तयारी गरेको छ । उहाँले भन्नुभयो, ‘प्रतिष्पर्धा गरौं, तर प्यानल बनाइएको थाहा भयो भने प्यानल नै खारेज हुन्छ । अध्यक्ष मण्डलले त्यो अधिकारसहित काम गर्नुहोस् । दुई फ्याकमा बाँड्ने अभ्यास नगरौं, स्वस्थ प्रतिष्पर्धा गर्नुहोस्, हारजित स्वीकार्नुहोस् ।’
प्यानलगत रुपमा प्रतिस्पर्धा नगर्न निर्देशन दिएका ओली आफैँ भने गुटगट राजनीति र प्यानलगत प्रतिस्पर्धाबाटै नेतृत्वमा स्थापित भएको भने बिर्सनु भयो । ओलीले एमालेमा लामो समयदेखि गुट बनाउँदै आएको इतिहास साक्षी छ । २०७१ सालमा भएको नवौँ महाधिवेशनमा प्यानलगत प्रतिस्पर्धाबाटै अध्यक्षमा निर्वाचित हुनु भएको हो । २०७८ मंसिरमा चितवनमा भएको दशौँ महाधिवेशनमा ओलीले आफूलाई अध्यक्ष घोषित गर्न खोजे पनि भीम रावलले उहाँका विरुद्ध उम्मेदवारी दिएपछि भने उहाँको दाँतमा ढुंगा लागेको थियो ।
उहाँले एमालेमा नेतृत्वका लागि एक से एक नेता भएकाले चोकमा बसेर को उम्मेदवार भन्नु नपर्ने दाबी गर्नु भयो । उहाँले जोड दिदै भन्नुभयो, ‘७५ वर्ष पुगेको पार्टीमा एक से एक नेता छन्, अनेक नेता छन् नि ! उम्मेदवार को को हो, हुनेले हात उठाउनुहोस् भन्नु पर्दैन । कमिटीले मूल्यांकन गरेको हुन्छ । चोकमा उम्मेदवार को हुने भन्नु परेको छैन ।’ ओलीले यसअघि जोड दिदै भन्नुभयो, ‘कमरेडहरूलाई थाहा छ, एउटा पार्टी नीति एउटा उद्देश्य, समृद्ध नेपाल सुखी नेपालीका लागि हामी अघि बढेका छौं, साथीहरू उत्साहका साथ आउनुभएको छ । त्यही जिम्मेवारीबोधका साथ उचाईबाट जिम्मेवारी लिनुहोस् ।’ उहाँको भनाइ थियो ।
अर्को एक प्रसङ्गमा, एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने दाबी गर्नु भयो । उहाँले मिसन– ८४ एमालेले एकल बहुमत ल्याउनकै लागि चलाइरहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘जो जो विरोधी हुन् उनीहरूले बुझे हुन्छ, सबै एकगठ भए हुन्छ । बाँकी कोही भए गठबन्धनमा आए हुन्छ । एमालेले एकल बहुमत ल्याउँछ ।’
स्मरणीय छ, ओलीले सकेसम्म चुनाव बिनै आफ्नो रुचिको व्यक्तिलाई प्रदेश अध्यक्ष बनाउन खोजे पनि लुम्बिनी प्रदेशमा सम्भव भएन । बागमतीमा पनि चुनाव गराउन अनिच्छुक देखिएका ओलीले चुनाव हुने वातारण बन्दै गएपछि प्यानल निषेध गर्न निर्देशन दिएका हुन् ।

प्रकाशित मिति २०८० आश्विन ८, सोमबार १९:३० गते
हजुरको प्रतिक्रिया