
काठमाडौं– नेकपा (एमाले) वाग्मती प्रदेशको नयाँ नेतृत्वका लागि भएको मतदानमा एक हजार १३१ मत खसेको छ । असोज १२ गते राति सम्पन्न मतदानमा कुल ११६९ मध्ये ११३१ मत खसेको हो । कुल एक हजार १७२ मध्ये ४१ मतदाता अनुपस्थित रहेको खुल्न आएको छ ।
एमालेले निर्वाचनमा विद्युतीय भोटिङ मेसिनको प्रयोग गरेको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा मतदान भएको मतदान दिउँसोदेखि सुरु भएको थियो ।
सो निर्वाचनमा पाँच पदाधिकारीसहितका २४५ निर्वाचित हुने मुख्य निर्वाचन अधिकृत डिल्ली मैनालीले बताउनु भयो । उहाँका अनुसार बागमतीको अध्यक्षमा केन्द्रीय सदस्यहरू कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलका बीच प्रतिस्पर्धा छ । उपाध्यक्षमा ईश्वरचन्द्र पोखरेल, दावादोर्जे लामा, नारायण खतिवडा र सुभाषचन्द्र ठकुरी गरी चार जना प्रतिस्पर्धामा हुनुहुन्छ ।
बेलुका ६ बजेसम्म ७०८ मत खसेको थियो । आज दिउँसो साढे १ बजेबाट मतदान भएको बेलुका ६ बजेसम्म ७०८ मत खसेको हो ।
ललितपुरको च्यासलस्थित एमालेको केन्द्रीय कार्यालयमा भइरहेको निर्वाचनमा विद्युतीय भोटिङ मेसिनको प्रयोग गरेको छ ।
मतदान रुझ्दै लाइनमा :
यसैबीच, नेकपा (एमाले)को वाग्मती प्रदेश अधिवेशनमा मतदान जारी छ । मतदानकै क्रममा पानी परेको भए पनि लाइनमा बसेका प्रतिनिधिहरूले लाइन छोड्न भन्दा रुझन् बेस ठानेको प्रतीत भएको छ ।
केहीले छाता ओढे ता पनि कतिपयले भिजेरै भतदानका लागि लाइनमा बसिरहेका थिए ।
प्रकाशित मिति २०८० आश्विन १२, शुक्रबार २०:५० गते