
काठमाडौं– अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित हुनु भएको छ । उहाँले कप्रतिस्पर्धी कृष्ण दाहाललाई २५७ मतले पराजित गर्दै ढुंगेल अध्यक्षमा निर्वाचित हुनु भएका हो ।
निर्वाचित ढुंगेलले ६९६ मत र दाहालले ४३९ मत पाउनु भएको हो ।
उपाध्यक्षमा दावा दोर्जे लामा ६१५ मत पाएर निर्वाचित हुन भएको छ ।
सचिवमा नवराज सिलवाल एक मतान्तरले विजयी :
नेकपा (एमाले) वाग्मती प्रदेशको सचिवमा नवराज सिलवाल विजयी हुनु भएको छ । उहाँ एक मतान्तरमा विजयी हुनु भएको हो ।
सिलवालले ५६८ मत पाएर विजयी हुँदा उहाँका प्रतिस्पर्धी हस्त पण्डितले ५६७ मत पाउनु भएको घोषणा गरिएको छ ।
उपसचिवमा खुलातर्फ प्रेमबहादुर महर्जन र महिलातर्फ भक्तकुमारी लामाले जित्नु भएको छ । महर्जनले ३६७ मत र लामाले ५९९ मत पाउनु भएको हो ।
उपाध्यक्ष दोर्जे ढुंगेल समूहका तथा सिलवाल कृष्ण दाहाल समूहका हुनुहुन्छ ।
उपसचिव (महिला) मा दाहाल समूहकी भक्तकुमारी लामा ५९९ मतसहित विजयी हुनु भएको छ ।
उपसचिव (पुरूष) मा ३६७ मतसहित विजयी हुनु भएका प्रेम महर्जन ढुंगेल समूहका हुनुहुन्छ ।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा मतदान भएको थियो । एमालेले निर्वाचनमा विद्तुतीय भोटिङ मेसिनको प्रयोग गरेको छ ।
एमाले बागमती प्रदेशको अधिवेशनमा एक हजार १३५ मत खसेको थियो । कुल मतदाता एक हजार १६८ जनामध्ये ३३ जना अनुपस्थित भएका थिए । तर मतदान सम्पन्न हुनासाथ दिइएको सूचना अनुसार ४१ जना अनुपस्थित भनिएको थियो ।
प्रकाशित मिति २०८० आश्विन १३, शनिबार ०६:३५ गते