५१ वर्षीया इरानी अधिकारकर्मी आजका दिनमा पनि जेलमै रहेकी नर्गिसलाई नोबेल शान्ति पुरस्कार

५१ वर्षीया इरानी अधिकारकर्मी आजका दिनमा पनि जेलमै रहेकी नर्गिसलाई नोबेल शान्ति पुरस्कार

एजेन्सी

@antaranganews

२०८० असोज १९ गते शुक्रबार ०४:३६

इरानी सरकारले मोहम्मादीलाई १३ पटक गिरफ्तार गरेको थियो भने ५ पटक दोषी ठहर गरेको थियो । त्यहाँको सरकारले उनलाई ३१ वर्ष जेल सजाय र १५४ कोर्राको सजाय सुनाइएको छ ।

उक्त पुरस्कारको राशि एक करोड १० लाख स्विडिस क्रोनर (करिब १० लाख अमेरिकी डलर) रहेको छ ।

काठमाडौं– यस वर्षको नोबेल शान्ति पुरस्कार इरानकी अधिकारकर्मी नर्गिस मोहमदीलाई प्रदान गर्ने घोषणा गरिएको छ । महिला उत्पीडनविरूद्ध काम गरेको र महिला स्वतन्त्रता रक्षाबारे योगदान गरेको भन्दै नोबल पुरस्कार समितिले उनलाई विश्वकै सर्वोच्च सम्मानबाट सुशोभित गर्ने निर्णय असोज १९ गते गरेको हो ।
उनी आजका दिनमा पनि तेहरानको एक जेलमा रहेकी छन् । मोहम्मादीलाई इरानमा महिलामाथि हुने दमनविरूद्ध उनले गरेको लडाइँ र मानव अधिकार प्रवद्र्धन र सबैको स्वतन्त्रताका लागि गरेको योगदानका लागि नोबेल शान्ति पुरस्कार दिने निर्णय गरेको जनाएको छ ।
शान्तिका निम्ति लड्ने साहसिक व्यक्ति वा संस्थालाई नोबेल शान्ति पुरस्कार प्रदान गरिँदै आएको छ । नर्वेली नोबेल कमिटीका अध्यक्ष बेरिट रेइस–एन्डर्सनले उक्त पुरस्कारको घोषणा गरेका हुन् ।
उक्त पुरस्कारको राशि एक करोड १० लाख स्विडिस क्रोनर (करिब १० लाख अमेरिकी डलर) रहेको छ । डिसेम्बरमा नोबेल पुरस्कार प्रदान गर्दा उनलाई १८ क्यारेटको स्वर्ण पदक र डिप्लोमा समेत प्रदान गरिने छ ।
इरानी सरकारले मोहम्मादीलाई १३ पटक गिरफ्तार गरेको थियो भने ५ पटक दोषी ठहर गरेको थियो । त्यहाँको सरकारले उनलाई ३१ वर्ष जेल सजाय र १५४ कोर्राको सजाय सुनाइएको छ ।

प्रकाशित मिति २०८० आश्विन १९, शुक्रबार १६:३६ गते
हजुरको प्रतिक्रिया