सुदूरपश्चिमबाट सुरु भयो मनसुन बाहिरिने क्रम बाँकी भागमा ?

सुदूरपश्चिमबाट सुरु भयो मनसुन बाहिरिने क्रम बाँकी भागमा ?

अन्तरङ्ग न्युज

@antaranganews

२०८० असोज २० गते शनिवार ०७:५६

कुनै वर्ष देशभरबाट एकसाथ मनसुन बाहिरिने गरेतापनि यो वर्ष सुदूरपश्चिम र कर्णालीका पश्चिमी भूभागबाहेक अन्य स्थानबाट बाहिरिन बाँकी रहेको मौसमविद् सञ्जिव अधिकारीको भनाइ छ । उहाँले भन्नुभयो, ‘देशैभरीबाट कहिलेसम्म बाहिरिन्छ भन्नेबारे महाशाखाले अध्ययन अनुगमन क्रम जारी छ ।’

पूर्वी भूभागबाट भित्रने मनसुन पश्चिमी भूभागबाट बाहिरिने गर्दछ

काठमाडौं– सुदूरपश्चिम र कर्णाली प्रदेशबाट मनसुन बाहिरिने क्रम सुरु भएको छ । सुदूरपश्चिमका सबै भूभाग र कर्णाली प्रदेशका पश्चिमी भूभागबाट असोज १९ गते मनसुन बाहिरिएको हो ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान् महाशाखाले त्यस्तो जानकारी दिएको हो । अन्य भूभागमा मनसुनको प्रभाव कायम छ । बाँकी भूभागबाट पनि मनसुन बाहिरिन अब धेरै दिन नलाग्ने मौसमविद् सञ्जिव अधिकारीले बताउनु भयो । उहाँका अनुसार पूर्वी भूभागबाट भित्रने मनसुन पश्चिमी भूभागबाट बाहिरिने गर्दछ ।
यो वर्ष नेपालमा एक दिन ढिला गरी जुन १४ (जेठ ३१ गते)मनसुन भित्रिएको थियो । सामान्यतः अक्टोबर २ सम्म अर्थात असोज १५ गतेसम्म मनसुन बाहिरिन्छ । तर यो वर्ष पाँच दिन बितिसक्दा पनि देशका आंशिक क्षेत्रबाट मात्र मनसुन बाहिरिएको छ ।
कुनै वर्ष देशभरबाट एकसाथ मनसुन बाहिरिने गरेतापनि यो वर्ष सुदूरपश्चिम र कर्णालीका पश्चिमी भूभागबाहेक अन्य स्थानबाट बाहिरिन बाँकी रहेको मौसमविद् अधिकारीको भनाइ छ । उहाँले भन्नुभयो, ‘देशैभरीबाट कहिलेसम्म बाहिरिन्छ भन्नेबारे महाशाखाले अध्ययन अनुगमन क्रम जारी छ ।’
हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि सामान्यतया मौसम सफा रहने मौसमविद् अधिकारीले उल्लेख गर्नु भयो ।

प्रकाशित मिति २०८० आश्विन २०, शनिबार ०७:५६ गते
हजुरको प्रतिक्रिया