सिर्जनात्मक साकोस वार्षिक साधारण सभा सुरु : क्षेत्रगत इकाइको प्रथम भेला अर्चलबोटमा

सिर्जनात्मक साकोस वार्षिक साधारण सभा सुरु : क्षेत्रगत इकाइको प्रथम भेला अर्चलबोटमा

अन्तरङ्ग न्युज

@antaranganews

२०८० कार्तिक १२ गते आईतबार ०८:१६

संस्थामा कुल सेयर सदस्य चार हजार ३२० रहेकोमा दुई हजार चार सय १९ महिला र एक हजार नौ सय एक जना पुरुष शेयर सदस्य संख्या छ । यसैगरी, बाल बचत संख्या एक हजार ९५ रहेको पनि उहाँले व्यवस्थापक सापकोटाले जानकारी दिनुभयो ।

दुई करोड, ६९ लाख ११ हजार २६७ मुनाफा आर्जन गर्न सफल

अर्चलबोट(लमजुङ)– लमजुङको सुन्दरबजार नगरपालिका–ं ९ मा रहेको सिर्जनात्मक साकोसको वार्षिक साधारण सभाको प्रारम्भिक चरण सुरु गरेको छ । सो साकोसको २७ औँ वार्षिकोत्सव तथा २४ औँ साधारण सभाको क्षेत्रगत भेला कार्तिक ११ गते यहाँ सुरु भएको हो ।
यहाँ स्थित अँलैचे केदार प्राविको हातामा आयोजना गरिएको पहिलो इकाई भेला सिर्जनात्मक साकोसका अध्यक्ष रामजी कडेलको अध्यक्षतामा भएको कार्यक्रममा दोर्दी गाँउपालिका– २ का वडाध्यक्ष गणेश खत्रीको प्रमुख आतिथ्यता रहको हो ।
प्रमुख अतिथि गणेश खत्रीले सिर्जनात्मक सहकारीले सेयर सदस्यहरूको आय आर्जनका साथै दोर्दी गाँउपालिकाका क्षेत्र भित्र हरेक आर्थिक एवम् सामाजिक गतिविधिमा राम्रो भूमिका निर्वाह गरेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो ।
सो इकाइ भेलामा सहकारीकोे सञ्चालक समितिको तर्फबाट गत आर्थिक वर्ष ०७९/८० को वार्षिक आर्थिक प्रतिवेदन माथि छलफल गरी भेलाद्वारा पारित गरिएको हो । यसैगरी, प्रस्तावित वार्षिक नीति तथा कार्यक्रम आव ०८०/८१ का कार्यक्रमहरू, कार्ययोजना तथा बजेट माथि छलफल गरिएको थियो ।
कार्यक्रममा सहकारीका अध्यक्ष रामजी कँडेलले सहकारी प्रति सामाजिक सञ्जालमा विभिन्न टिका टिप्पणी आएता पनि सबै भ्रमपूर्ण भएको हुँदा ढुक्क भएर करोबार गर्न आग्रह गर्नुभएको थियो ।
संस्थाका सचिव मेनबहादुर घलेले सञ्चालन गर्नुभएको कार्यक्रममा संस्थाका उपाध्यक्ष चन्द्रमा घिमिरेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने धन्यवाद ज्ञापन उपाध्यक्ष बिष्णु श्रेष्ठले गर्नुभएको थियो । भेलामा श्रीमन्ज्याङ र अर्चलबोट क्षेत्रका सहकारीका सेयर सदस्यहरूको सहभागिता थियो ।
सो अवसरमा आर्थिक प्रतिवेदन संस्थाको व्यवस्थापक इन्द्र बिलास सापकोटाले प्रस्तुत गर्नुभएको थियो । उहाँले साकोसको वासलात ७७ करोड ८६ लाख ५९ हजार ६५४ रुपैया रहेको जानकारी दिनु हुँदै संस्थाले गत आवमा दुई करोड, ६९ लाख ११ हजार २६७ मुनाफा आर्जन गर्न सफल भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘संस्थामा कुल सेयर सदस्य चार हजार ३२० रहेकोमा दुई हजार चार सय १९ महिला र एक हजार नौ सय एक जना पुरुष शेयर सदस्य संख्या छ ।’ यसैगरी, बाल बचत संख्या एक हजार ९५ रहेको पनि उहाँले व्यवस्थापक सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार यही कार्तिक १८ गते हुने सिर्जनात्मक साकोसको २७ औं बार्षिकोत्सव एवम् २४ औं बार्षिक साधारण सभा सम्पन्न गर्ने सिलसिलामा सो भेलाको आयोजना भएको हो ।
यसैगरी, उक्त साकोसको थप क्षेत्रगत भेलाहरू १४ गते बिहान अकला मन्दिर क्षेत्रमा दिउँसो सुन्दरबजार क्षेत्रमा, १५ गते पैह्रे क्षेत्रको पैह्रे चौतारामा, १६ गते कार्यालय क्षेत्रको धारापानीमा हुने सूचना जारी गरिएको समेत व्यवस्थापक सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार १८ गते सबै क्षेत्रको प्रतिनिधित्वका आधारमा भक्ति नमूना माविको सभाहलमा बार्षिकोत्सव तथा साधारण सभा सम्पन्न गर्ने तयारी गरिएको छ ।
भेलामा अतिथिहरूमा दोर्दी गाँउपालिकाका कार्यपालिका सदस्य अम्बिका मरहठा, अँलैचे साकोसका वरिष्ठ उपाध्यक्ष श्याम अधिकारी, सँस्थाका पूर्ववरिष्ठ उपाध्यक्ष एवम् अँलैचे केदार प्राविका पूर्वप्रअ गोकुलप्रसाद रेग्मी, लक्ष्मीनारायण माविका पूर्व प्रअ तथा साकोसका लेखा सुपरिवेक्षक समिति सदस्य रामप्रसाद पौडेल रहनुभएको थियो ।

प्रकाशित मिति २०८० कार्तिक १२, आईतवार ०८:१६ गते
हजुरको प्रतिक्रिया