बेसीशहर– लमजुङका एक पाखण्डी पण्डितको पोल खुलेको छ । वरिष्ठ समाजसेवी एवम् ठाडोभाका लोककला प्रतिष्ठान नेपालका सल्लाहकार नरेन्द्रराज ढुंगानको अन्तिम संस्कार गर्दा उहाँको शवलाई दक्षिणतर्फ शिर बनाएर चितामा सुताउने उनको पाखण्डीपनको अन्तरङ्गले कार्तिक १६ गते उदाङ्गो पारेको हो ।
त्यस्तो कार्य गर्ने लमजुङको भोटेओडारका कथित पं. दुर्गाप्रसाद अधिकारी हुन् । उनको त्यस कार्यका विरुद्धमा अन्तरङ्ग न्यूज डटकम एवम् ठाडोभाका लोककला प्रतिष्ठान नेपालका अध्यक्ष नवराज पहाडीले उतिबेला पनि आपत्ती व्यक्त गर्नु भएको थियो । त्यस बारेमा अन्तरङ्ग न्यूजडट कममा यसअघि र अन्तरङ्गको आज प्रकाशित अंकमा पनि सो सम्बन्धि समाचार प्रकाशित भएको छ ।
त्यस विषय आर्थत कथित पं. दुर्गाप्रसाद अधिकारीले गरेको उक्त हरकतका बारेमा हिन्दू जागरण नेपालका अध्यक्ष जसले देशभर हिन्दू जागरण अभियान सञ्चालन गरिआउनु भएको छ र विद्वत परिषदको समेत संयोजक हुनुहुन्छसँग अध्यक्ष पहाडीले अवगत गराउनु भई यथार्थ तथा गर्नु पर्ने के हो ? भन्ने जानकारी माग्नु भएको थियो ।
यस विषयमा कथित पं. अधिकारीबाट जस(कैलाश दाहाल)ले लेखेको किताबका आधारमा आफूले त्यो काम गरेको हुँ भन्ने दाबी भएको थियो– ती व्यक्ति अर्थात सो किताबका लेखक ‘कैलाश दाहाल’ले आफूले आफ्ना कितावहरू कुनैमा पनि र कतै पनि अन्तिम संस्कार गर्दा शवको शिर दक्षिण तर्फ फर्काउनु पर्छ भनेर नलेखेको, बरु पढ्ने व्यक्तिले नै अर्थ उल्टो बुझेर त्यस्तो कार्य गरेको हुन सक्ने बताउँदै उम्किएको भन्ने हिन्दू जागरण अभियानका (अध्यक्ष) अभियन्ता एवम् विद्वत् परिषदका संयोजक पं. रामकृष्ण उपाध्यायले यो प्रतिनिधिलाई फोनबाट जानकारी गराउनु भएको छ । यसरी यौटा भ्रमको खेतीको पर्दा खोल्ने काम भएको छ ।
गलत कामको प्रतिवाद नगर्ने विद्यमान समाजको प्रवृत्तीका कारणले गर्दा यस्ता गलत कामले समाजमा प्रश्रय पाइरहेको विदितै छ । अतः अब आयन्दा यस्ता गलत कामहरूको तत्कालै ठाउँको ठाउँ प्रतिवाद गरौं, गलत कामहरूको सहन गरेर बस्ने बानी त्यागौं, गलत कामको मुकदर्शन नबनौं । सहयोग आवश्यक परेमा अन्तरङ्ग परिवारलाई सम्झन सक्नु हुने समेत जानकारी गर्दछौं ।
पं. उपाध्यय र लेखक भनिएका कैलाश दाहालबीच यो विषयमा भएको कुराकानीको अडियो हामीसँग सरक्षित छ ।
यस्ता व्यक्तिले गराउने कर्मकाण्डका कामहरू अन्य पनि कति उल्टा गरेका नहोलान् भन्न सकिदैन । अतः यस्ता पाखण्डी पण्डितलाई कर्मकाण्ड गर्न किन लगाउने ?
प्रकाशित मिति २०८० कार्तिक १६, बिहीबार १०:१७ गते