सिर्जनात्मक साकोसद्वारा २७ औं बार्षिकोत्सब एवम् २४ औं बार्षिक साधारण सभाको तयारी अन्तिम

सिर्जनात्मक साकोसद्वारा २७ औं बार्षिकोत्सब एवम् २४ औं बार्षिक साधारण सभाको तयारी अन्तिम

अन्तरङ्ग न्युज

@antaranganews

२०८० कार्तिक १६ गते बिहिबार ०८:५९

सहकारीको गण्डकी प्रदेशस्तरीय रजिस्ट्रार कार्यलयका शाखा अधिकृत चोलाकान्त वाग्लेको प्रमुख आतिथ्यतामा १८ गतेको बार्षिक सधारण सभा हुने जानकारीमा आएको छ ।

सिर्जनात्मक साकोसले बार्षिक साधारण सभाको तयारीका क्रममा पाँच स्थानमा क्षेत्रगत भेलाको आयोजना गरी सम्पन्न भएको छन् ।

भोटेओडार(लमजुङ)– सिर्जनात्मक साकोसद्वारा २७ औं बार्षिकोत्सव एवम् २४ औं बार्षिक साधारण सभाको तयारी अन्तिम चरणमा पुगेको छ । कार्तिक १८ गते २७ औं बार्षिकोत्सव एवम् २४ औं बार्षिक साधारण सभा गर्ने तयारी छ । सोही तयारीकै क्रममा त्यसअघि गर्नु पर्ने क्षेत्रगत भेलाहरू सबै सम्पन्न भएका छन् । भोटेओडार क्षेत्र अन्तरगत धारापानी शिव मन्दिर परिसरमा क्षेत्रगत साधारण सभा कार्तिक १६ गते भएसँगै क्षेत्रगत भेला सकिएको होे ।
सुन्दरबजार नगरपालिका– ९, भोटेओडार क्षेत्रका सदस्यहरूको सहभागिता उक्त भेला भएको हो । संस्थाका अध्यक्ष रामजी कडेलको अध्यक्षता तथा संस्थाको संस्थापक हरिप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । संस्थाको उपाध्यक्ष चन्द्रमा घिमिरेले स्वागत मन्तब्य व्यक्त गर्नुभएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव मेनबहादुर घलेले गर्नुभएको थियो ।
सो अवसरमा पूर्व वरिष्ठ उपाध्यक्ष रामकृष्ण अधिकारी, पूर्व उपाध्यक्ष पूर्णकान्त सपकोटा, संस्थापक तथा पूर्वअध्यक्ष किर्तिनाथ सापकोटा, संस्थापक रमाकान्त अधिकारी, निर्वाचन उपसमिति संयोजक ध्रुवबहादुर कुँवर, भक्ति आदर्श क्याम्पसका अध्यक्ष डम्बरबहादुर कार्की, तार्दिखोला खानेपानीको अध्यक्ष प्रितम अधिकारी, शेयर सदस्य हरिबहादुर थापा लगायतले सुझाब सहित शुभकामना मन्तव्य रख्नु भएको थियो ।
यसैगरी, संस्थाको व्यवस्थापक इन्द्रविलास सापकोटाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्न हुँदै शेउर सदस्यले राखेका जिल्लाबारेमा प्रष्ट्याउनु भएको थियो ।
उक्त कार्यक्रममा १५ जना बाल सदस्य सम्मान गरिएको थियो ।
कार्तिक ११ गते दोर्दी गाउँपालिका– २ को अर्चलबोटबाट सुरुभएको क्षेत्रगत भेला पाँच ठाउँमा गरी सम्पन्न भएको हो ।
यो बीचमा १४ गते विहान अकला मन्दिर परिसरमा र दिउँसो सुन्दरबजार क्षेत्रमा गरिएको थियो । त्यस्तै, हिजो १५ गते पैह्रे क्षेत्रमा क्षेत्रगत भेला गरिएको थियो ।
सहकारीको गण्डकी प्रदेशस्तरीय रजिस्ट्रार कार्यलयका शाखा अधिकृत चोलाकान्त वाग्लेको प्रमुख आतिथ्यतामा १८ गतेको बार्षिक सधारण सभा हुने जानकारीमा आएको छ ।

प्रकाशित मिति २०८० कार्तिक १६, बिहीबार २०:५९ गते
हजुरको प्रतिक्रिया