लमजुङमा तीन दिने कार्तिक महात्म्य धार्मिक प्रवचन सुरु, आज दोस्रो दिन

लमजुङमा तीन दिने कार्तिक महात्म्य धार्मिक प्रवचन सुरु, आज दोस्रो दिन

अन्तरङ्ग न्युज

@antaranganews

२०८० कार्तिक १७ गते शुक्रबार ०७:२२

जिल्लामा विश्व हिन्दू महासंघको सांगठनिक हिसाबले सबैभन्दा राम्रो काम गर्ने सुन्दरबजार नगर समिति जसको अध्यक्ष रामु पण्डितका साथै गौरक्षाका लागि भूमिका खेल्ने, गुरुकुल आश्रम सञ्चालन गर्ने पाणिनि संस्कृत मावि दुराडाँडा, सर्वोदय सेवाश्रमलाई पनि सम्मानको कार्यक्रम रहेको छ ।

महात्म्यमा पंण्डितका रुपमा संस्कृतका विद्धान आचार्य गोविन्द कौशिक(गोर्खा)ले कथा वाचन गर्नुभएको छ भने उक्त कार्तिक महात्म्यमा मूलकर्ताका रुपमा सोमराज बराल रहनु भएको छ ।

बेसीशहर– लमजुङको सदरमुकाम बेसीशहरमा तीन दिने कार्तिक महात्म्य धार्मिक प्रवचन सुरु भएको छ । विश्व हिन्दु महासंघ लमजुङको आयोजनामा बेसीशहर नगरपालिका– ८ को फूलबारी मञ्चमा महात्म्यको धार्मिक कार्यक्रम कार्तिक १६ गते सुरु गरिएको हो ।
कार्तिक महात्म्य धार्मिक प्रवचन कार्यक्रम सुरु गर्नु अघि बेसीशहरको मनाङ्गे चौताराबाट त्रिवेणी टोल, भीमसेन स्थान, नारायण स्थान हुँदै फूलबारी मञ्चसम्म कलश यात्रा गरिएको थियो । उक्त कार्यमा मुल पंण्डितका रुपमा संस्कृतका विद्धान आचार्य गोविन्द कौशिक(गोर्खा)ले कथा वाचन गर्नुभएको छ ।
सो अवसरमा ग्रह शान्ति, भगवान् शालिग्रामको पुजा, रुद्री पुजा, हवन लगायतका पुजा गरिएको छ । पुजाका साथमा संगीतमय कार्तिक महात्म्य धार्मिक प्रवचन पनि सुरु गरिएको हो ।
कार्तिक महिनामा हरीबोधनी एकादशी पर्ने र पुरुषोत्तम महिनाको अन्तिम महिना पनि भएकाले विषेश पुजा तथा प्रवचनको कार्यक्रमको आयोजना गरिएको आयोजक विश्व हिन्दु महासंघ लमजुङका अध्यक्ष शालिग्राम अधिकारीले बताउनुभयो । उहाँका अनुसार हिन्दु धर्ममा साउन, भदौ, असोज र कार्तिक महिनालाई पुरुषोत्तम महिना भनिने र यो सयममा विषेश पुजाआजा गर्ने गरिन्छ । उहाँले भन्नुभयो, ‘व्यक्तिका घरमा रुद्री, ग्रह शान्ति लगायतका पुजा गर्दा खर्चिलो हुने भन्दै कार्तिक महात्मा लगाइएको सो ठाउँमा आएर आफ्नो आवश्कता अनुसार सबैले पुजा गर्न सक्ने प्रवन्ध छ ।’
आज दोस्रो दिन विहानदेखि गरिने नियमित पुजाको कार्य सुरु भएको आयोजक समितिका सचिव कमल अधिकारीले बताउनु भएको छ । उहाँका अनुसार विहान रुद्री, शालिग्राम पुजा, ग्रहशान्तिका कार्य हुनेछन् । ११ बजेसम्म पारायण र ४ बजेसम्म कथा वाचनको कार्य हुने उहाँले जानकारी दिनुभयो ।
उक्त कार्तिक महात्म्यमा बुटक ह्यागृभ रिमालले गणेशको भूमिकामा हुनुहुन्छ भने गायनमा गुरु रविन चापागाई तथा बाध्यबादनको भूमिकामा हरि पौडेल र शिशिर घिमिरे हुनुभएको अधिकारीले जानकारी दिनुभयो । उक्त कार्तिक महात्म्यमा मूलकर्ताका रुपमा सोमराज बराल रहनु भएको छ ।
उहाँका अनुसार जिल्लामा विश्व हिन्दू महासंघको सांगठनिक हिसाबले सबैभन्दा राम्रो काम गर्ने सुन्दरबजार नगर समिति जसको अध्यक्ष रामु पण्डितका साथै गौरक्षाका लागि भूमिका खेल्ने, गुरुकुल आश्रम सञ्चालन गर्ने पाणिनि संस्कृत मावि दुराडाँडा, सर्वोदय सेवाश्रमलाई पनि सम्मानको कार्यक्रम रहेको छ ।
उहाँले भन्नुभयो, ‘यज्ञ मण्डपमा आएर जो कसैले पनि पुजाआजाको कार्य गर्न सक्नु हुन्छ । कुनै पनि प्रकारको भेदभाव छैन ।’

प्रकाशित मिति २०८० कार्तिक १७, शुक्रबार ०७:२२ गते
हजुरको प्रतिक्रिया