कर्मदा सिर्जना मञ्च नेपालको ३२ औँ प्रविधिमैत्री लक्ष्मी जयन्ती विशेष कविगोष्ठी सम्पन्न

कर्मदा सिर्जना मञ्च नेपालको ३२ औँ प्रविधिमैत्री लक्ष्मी जयन्ती विशेष कविगोष्ठी सम्पन्न

अन्तरङ्ग न्युज

@antaranganews

२०८० कार्तिक २३ गते बिहिबार ०८:४२

प्रमुख आमन्त्रित पुरुषोत्तम सिग्देलले साहित्य सुन्दर फूल हो । कवितामा भाव हुनु पर्दछ । कविता समाजको दर्पण हो । आज वाचन गरिएका रचनाले देशमा वर्तमानमा भइरहेका घट्नाक्रमका विषय बस्तुलाई बिम्ब बनाएको उल्लेख गर्नुभयो ।

११५ औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्तीका अवसर महाकविलाई नै बिम्ब बनाएर रचना गरिएका कविता गद्य र पद्यका साथै लोकछन्दका कविताहरू, खोरिया आदि रोचक ढङ्गबाट स्रष्टाहरूले प्रस्तुत गरेका थिए ।

काठमाडौं– कर्मदा सिर्जना मञ्च नेपालको ३२ औँ प्रविधिमैत्री लक्ष्मी जयन्ती विशेष कविगोष्ठी सम्पन्न भएको छ । सो कार्यक्रम कार्तिक २३ गते सम्पन्न भएको हो ।
उक्त कविगोष्ठी वरिष्ठकवि पुरुषोत्तम सिग्देलको प्रमुख आतिथ्यता तथा आयोजक संस्थाका अध्यक्ष जगदीश्वर पोखरेलको अध्यक्षता भव्य रूपमा सम्पन्न भएको हो । ११५ औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्तीका अवसर महाकविलाई नै बिम्ब बनाएर रचना गरिएका कविता गद्य र पद्यका साथै लोकछन्दका कविताहरू, खोरिया आदि रोचक ढङ्गबाट स्रष्टाहरूले प्रस्तुत गरेका थिए । रचनाहरूमार्फत स्रष्टाहरूले राष्ट्रभक्ति भावले ओतप्रोत भएका, जनचेतना मूलक तथा समाजिक विकृति विरुद्ध प्रहार गरेका थिए ।
प्रमुख आमन्त्रित पुरुषोत्तम सिग्देलले साहित्य सुन्दर फूल हो । कवितामा भाव हुनु पर्दछ । कविता समाजको दर्पण हो । आज वाचन गरिएका रचनाले देशमा वर्तमानमा भइरहेका घट्नाक्रमका विषय बस्तुलाई बिम्ब बनाएका छन् भन्दै महाकवि देवकोटाको दासकन्दमा सहभागी भएर नेपाली साहित्यलाई विश्व सामु उजागर गर्नु भएको प्रसङ्ग जोड्नु भएको थियो । आज वाचित रचनाले मन्त्र मुग्ध बनाए भन्दै उहाँले कर्मदाले देश विदेशका सर्जकलाई लमजुङको पाउँदीबजारसम्म पुर्याउने काम गर्यो । कर्मदा, कर्मदा जस्तै अविरल बगिरहोस् भन्दै शुभकामना व्यक्त गर्नु भयो । प्रमुख अतिथि सिग्देलले वाचन गरिएका सिर्जनाको सुललित ढङ्गबाट एक एक गरी केलाएर समीक्षा गर्नु भएको थियो । निर्भीक भएर वाचन गरिएका कविताको गुण दोष केलाउनु भएको थियो ।
डा. बमबहादुर थापा जितालीले लमजुङले साहित्यमा गरेको योगदानको परिचर्चा गर्नुभएको थियो । भाग्यशाली अधिकारीले कर्मदाले साहित्यमा पुरÞ्याएको योगदानको चर्चा गर्नु भएको थियो ।
गोष्ठीको संयोजन गर्नु भएका अध्यक्ष जगदीश्वर पोखरेलले स्रष्टाको गरिमायम उपस्थितिले लक्ष्मी जयन्ती विशेष कविगोष्ठी सफल बनाउनु हुने सम्पूर्ण स्रष्टालाई हार्दिक आभार व्यक्त गर्दै र धन्यवाद दिनु भएको थियो । उपाध्यक्ष लक्ष्मीप्रसाद मिश्रले कर्मदाको आर्थिक तथा साहित्यिक गतिविधि प्रस्तुत गर्नु भएको थियो ।
उक्त कार्यक्रममा स्रष्टाहरूको सघन र व्यापक उपस्थिति भएको थियो ।
उक्त अवसरमा रचना वाचन गर्ने कविहरूमा पुरुषोत्तम सिग्देल, गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’, मुकुन्द शर्मा चालिसे, गङ्गा लिगल, डा. बमबहादुर थापा जिताली, भाग्यशाली अधिकारी, जनार्दन अधिकारी ‘धड्कन’, दुर्गाप्रसाद सिग्देल, जित कार्की, गोम विक्रम, जगदीश्वर पोखरेल, उत्तम भेटुवाल, लक्ष्मीप्रसाद मिश्र, सुधा बाँसकोट ढकाल, टेकबहादुर लौडारी, बिनुबाबा घिमिरे, वीरबहादुर लोहनी, सुरेशचन्द्र घिमिरे, घनश्याम पौडेल, नरेश नेपाल आदिले हुनुुहुन्थ्यो ।
लमजुङ जिल्लाको प्रवेशद्वार पाउँदीबजारमा रहेको साहित्यिक संस्थाले साहित्य, भाषा तथा कलाको श्रीवृद्धिमा गहन योगदान पुरÞ्याउँदै आइरहेको छ ।

प्रकाशित मिति २०८० कार्तिक २३, बिहीबार २०:४२ गते
हजुरको प्रतिक्रिया