ऐतिहासिक थलो दुराडाँंडामा कविता प्रतियोगिताका साथमा देउसी नृत्य प्रदर्शन

ऐतिहासिक थलो दुराडाँंडामा कविता प्रतियोगिताका साथमा देउसी नृत्य प्रदर्शन

अन्तरङ्ग न्युज

@antaranganews

२०८० कार्तिक २५ गते शनिवार ०५:५९

कार्यक्रममा प्रमुख अतिथि सहितका वक्ताहरूले प्रतिष्ठानले आगामी कार्यक्रम अझै राम्रो गर्न सुझाव दिनु हुँदै त्यसो भएमा थप सहयोग गर्न सहिने धारणा व्यक्त गर्नु भएको थियो ।

देवकोटा जयन्ती तथा शुभदिपावलीका अवसरमा देउसी भैलो तथा कविता बाचन प्रतियोगिता सम्पन्न भएको हो ।

दुराडाँंडा(लमजुङ)– जिल्लाकै ऐतिहासिक थलो दुराडाँंडामा कविता प्रतियोगिताका साथमा देउसी नृत्य प्रदर्शन गरिएको छ । सोही वडाका वडाध्यक्ष अमृत न्यौपानेको प्रमख आतिथ्यता, ११५ औं देवकोटा जयन्ती तथा शसभ दिपावलीका अवसरमा उक्त कार्यक्रम कार्तिक २४ गते गरिएको हो ।
दुराडाँंडा कला साहित्य प्रतिष्ठानको आयोजना तथा सर्वोदय माविको संयोजनमा उक्त विद्यालयकै प्राङ्गणमा देवकोटा जयन्ती तथा शुभदिपावलीका अवसरमा देउसी भैलो तथा कविता बाचन प्रतियोगिता सम्पन्न भएको हो ।
कवितामा सर्वोदय माविका सुशील परियार पहिलो, पाणिनी संस्कृत माविका आशीष भट्ट दोस्रो, सर्वोदय माविका अनिषा परियार तेस्रो तथा पाणिनी संस्कृत माविका प्रेमराज भट्टले सान्त्वना पुरस्कार पाउन सफल भए । देउसी भैलोमा नृत्य गर्ने सर्वोदय माविका सपना मजाकोटीको समुह, प्रेदिका रानाको समुह अनिता रानाको समुह, अनिता दुराको समुह, रेसिका दुराको समुह र सरोज परियारको समुहलाई पनि प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो ।
विजेताहरूलाई कार्यक्रमका प्रमुख अतिथि एवम् अतिथिहरूले पुरस्कार वितरण गर्नु भएको थियो । पुरस्कार वितरण पछि प्रमुख अतिथि न्यौपानेले कार्यक्रमको सराहना गर्दै यस प्रतिष्ठानले आगामी कार्यक्रम अझै राम्रो गर्न सुझाव दिनु हुँदै त्यसो भएमा थप सहयोग गर्न सहिने धारणा व्यक्त गर्नु भएको थियो । उक्त अवसरमा अन्य अतिथिहरूले पनि राम्रा कार्यक्रमहरू ल्याउन अनुरोध गरेका थिए ।
वाचन गर्नु हुनेहरूमा वडासचिव शिव श्रेष्ट आजीवन सदस्य सूर्यकुमारी ढुंगाना लगायत हुनुहुन्थ्यो । सो अवसरमा शिवराज गीत र भजन गाएर मनोरञ्जन प्रदान गर्नु भएको थियो ।
अतिथिमा सनातन धर्म सेवा संघ गुरुकुल आश्रमका अध्यक्ष पुष्पराज अधिकारी, उक्त वडासचिव शिव श्रेष्ठ, विश्व हिन्दु महासंघ चन्द्रेश्वरका अध्यक्ष ठाकुर तिमल्सेना कवि सूर्यकुमारी ढुंगाना, सर्वोदय मा विका सहायक प्रअ लालबहादुर गुरुङ, प्रतिष्ठानकी उपाध्यक्ष प्रभा पौडेल कलाकार तथा स्वास्थकर्मी शिवराज कोइराला लगायत हुनुहुन्थ्यो । सो अवसरमा समितिका अन्य पदाधिकारी शिक्षक, अभिभावक, विद्यार्थी लगायत कला साहित्य प्रेमीहरूको उपस्थिति तथा सहभागिता थियो ।
प्रतिष्ठानका अध्यक्ष दिपेन्द्र घिमिरे तरङ्गको अध्यक्षतामा भएको कार्यक्रममा उहाँले प्रतिष्ठानमा १८ जना आजीवन सदस्य हुनु भएको जानकारी दिनु भयो ।

प्रकाशित मिति २०८० कार्तिक २५, शनिबार ०५:५९ गते
हजुरको प्रतिक्रिया