लमजुङ– जिल्ला सदरमुकाम बेसीशहरको सेरामा मुख्य कार्यालय रही केही सातादेखि बन्द रहेको कालिका बचत तथा ऋण सहकारी संस्था लि.(साकोस)का सञ्चालकहरूको अर्को फट्याई उजागर भएको छ । जसलाई उक्त सहकारीका पीडितहरूले सो साकोसका सञ्चालकहरूको फट्याईको पराकाष्टाको रुपमा मंसिर ५ गते परिभाषित गरेका छन् ।
उक्त साकोसका नाउँबाट जारी गरिएको बिना मितिको तथाकथित ‘अत्यन्त जरुरी सूचना’ (संलग्न)ले त्यस्तो स्थिति अर्थात सञ्चालकहरूको फट्याईको पारकाष्टा उजागर गरेको हो । यस तथ्यबाट पनि सो सहकारी बीचको एकीकरण नै बदनियतपूर्ण तथा शेयर सदस्यहरू तथा बचतकर्ताहरूलाई सञ्चालकहरूले ठग्नु रहेको थप पुष्टि हुन आएको छ ।
बेसीशहरमा लामो समयदेखि बसेर कतिपयको पैतृक थलोसमेत यही रहेकाहरूले विभिन्न पेशा व्यवसाय गरी बेसीशहरमा लोेभ लाग्दो व्यवसाय सञ्चालन गरी विल्डिङ निर्माण गर्दै कारमा समेत गुड्थे । त्यतिमात्र हैन, समाजिक संघसंस्थाका विभिन्न आकर्षक पदमा रहेर सामाजिक रुपमा मानप्रतिष्ठा आर्जन गरेका कारण उनी(ती सञ्चालक)हरूको व्यक्तित्वलाई विश्वास गरी ‘हामी बैंकहरूलेभन्दा बढी व्याज दिन्छौ’ भन्दै उनीहरूले देखाउने गरेको लोभमा परी लगानी गर्न पुगेका शेयर सदस्य तथा बचतकर्ताहरूले उनीहरूप्रति गरेको विश्वासघातका कारण यस्तो स्थिति उत्पन्न भएको पीडितहरूको भनाइ छ । सो घट्नाक्रमका बारेमा हामीले पटक पटक समाचार प्रकाशन गरिआएकै छौं ।
पाठक वर्गलाई थाहै छ, सो साकोसका वर्तमान अध्यक्षमा शिवराज शिलवाल(लमजुङ उद्योग वाणिज्य संघको कोषाध्यक्ष), उपाध्यक्ष श्रीकृष्ण लामिछाने(लमजुङ उद्योग वाणिज्य संघको निर्वातमान महासचिव हुनुका साथै पत्रकार महासंघको पूर्वजिल्ला उपाध्यक्ष, तत्कालीन सम्पदा साकोसको अध्यक्ष), सचिव कृष्ण केसी(बेसीशहर नगरपालिकाको प्रेस सल्लाहकार, पत्रकार महासंघको पूर्वजिल्ला अध्यक्ष, हालको लमजुङ दर्पण दैनिकको सञ्चालक), मिलेमतोमा यो सूचना सार्वजनिक भएपछि कृष्ण केसीको निर्दोष छु भन्ने दावी पनि हावादारी भएको कतिपय पीडितले बताएका छन् । कोषाध्यक्ष मिलन शर्मा दनाई(नेपाल प्रेस युनियनको गण्डकी अञ्चल संयोजक, लमजुङ आवाजको प्रकाशक एवम् मिलन फोटो स्टुडियोका सञ्चालक, कर्पुरेश्वर साकोसको एकीकरण ताकाका अध्यक्ष) लगायतका व्यक्तिहरू कालिका साकोसको पदाधिकारीहरू रहेका छन् ।
उल्लेखित सूचनालाई आधार मान्ने हो भने पनि ती साविकका साकोसका सञ्चालकहरूलाई त्यो बेलामा बोनस खुवाउने आधारका लागि नक्कली प्रतिवेदन तयार गरी साधारण सभामा पेश गर्ने अधिकार कहाँबाट कुन कानुनी हैसियतले प्राप्त भएको हो ? कि त्यो प्रतिवेदन पनि शेयर सदस्यले बनाएका हु्न् ? उनीहरूलाई नक्कली प्रतिवेदन तयार गरी बोनस खुवाउन अधिकार के कसरी, कुन कानुन अन्तरगत प्राप्त भएको हो ? त्यस्तो फट्याईपूर्ण काम गर्ने ती सञ्चालकहरूलाई कानुनी कठघरामा उभ्याएर न्याय निरुपण गर्नु पर्दैन ?
सूचनामा उल्लेख भएको ‘साविकका संस्थाहरूबाट गरिएको कतिपय गतिविधिबाट संस्थालाई आर्थिक क्षति पूगेको र विगतका गतिविधिबाट लाभलिएका सदस्यबाट असुल उपर गराई कोषमा जम्मा गर्न सुझाव दिए अनुसार क्षति भरपाई गर्ने …….. ’ यहाँ प्रश्न उठ्छ ‘आर्थिक क्षति’ त अर्थिक कारोबार गर्नेहरूबाट हुने हो । के शेयर सदस्यहरूले साकोसमा आर्थिक गतिविधि गर्न पाउँछन् ? अनि त्यो रकम आर्थिक लाभ लिएकाहरूबाट पूर्ति गर्ने भन्नु नैतिकता बिहीन, सर्म छाडा, नकच्चरोपन हो, त्यस्तो काम कदापि हुन सक्दैन, यो प्राकृतिक न्यायका हिसावले समेत न्यायोचित देखिदैन/हुँदैन । सो रकम आर्थिक चलखेल गर्ने(सञ्चालक)हरूबाट नै असुल्नु पर्छ भन्ने पीडितहरूले जोडदार रुपमा उठाएका छन् । उनीहरू भन्छन्, ‘आर्थिक चलखेल गर्नेहरूबाटै त्यो रकमको पूर्ति गरिनु पर्छ ।’
अर्को त्यस्तो रकम सात दिनभित्र संस्थामा बुझाउनु भन्ने उर्दीको फरमान समेत नाजायज र फट्याईपूर्ण देखिन्छ । किनकि, सही सत्य काम गरिदाको सूचना जारी हुँदा वा गर्दा त्यसमा सूचना जारी भएको मिति योदेखि यो मितिसम्म भन्ने उल्लेख गरिएको हुन्छ/हुनुपर्छ । तर त्यस सूचनामा मिति उल्लेख नहुनुले पनि सञ्चालकहरूले आफू पानी माथिको ओभानो बन्नका लागि मध्य दिनमै औंशीको रात भित्र्याउँदै ठग्नका लागि गरेको अर्को प्रपञ्च हो, जो कानुन सम्बत छैन र हुने पनि छैन ।
त्यस्तै, आजका मितिसम्म शेयर सदस्यहरू र बचतकर्ताहरू दुःख दिएर दिएको मानसिक यातनको समेत क्षतिपूर्ति समेत चाहिन्छ पीडितहरूको माग छ ।
यसैगरी, त्यो सूचना पनि कृष्ण केसी सञ्चलक(जो मेरो दोष छैन, नखाएको विष लाग्छ र ? भन्ने दावी गर्दै आउनु भएको छ तर) पीडक सरह(नैतिक हिसावले) रहेको व्यक्तिको पत्रिका(लमजुङ दर्पणमा छापिएको बुझिन्छ ।)मा छाप्नु, त्यो सूचना छापिएको दिनमा पत्रिका बजारमै नबाडिएको बताइन्छ । यसअघि त्यस्तो सूचना जारी भएको कुनै पनि पीडितले नपाएको बताउछन् । ऐले सायद ! त्यो मिति गुज्रियो भन्ने देखाउनका लागि हुन सक्छ, पीडितलाई फोटोकपि गर्दै दिने गरिएको जानकारीमा आएको छ ।
केही पीडितले त्यस्तो रकम कट्टा गरेर देखाउन समेत चुनौति दिएकाछन् । त्यसरी चुनौति दिनेमा शिशुविद्यश्रम मावि, तीनपिप्ले, राइनास नगरपालिकाका प्रधानाध्यापक नानुमाया पराजुली समेत हुनुहुन्छ । उहाँका अनुसार यो बीचमा पनि केही शेयरवालाको रकम फिर्ता गरिएको छ । उनीहरूलाई सतप्रतिशत शेयर रकम फिर्ता गरिएको छ । ‘हामी आजसिम्म पर्खनेहरूसँग उल्टै रकम कट्टा गर्छौं भन्नु कहाँको न्याय हो ?’ उहाँले प्रति प्रश्न गर्नु भएको छ ।
सञ्चालकहरूका विरुद्धमा पीडितहरूले ठगीको उजुरी दिने म्याद पाँच दिन बाँकी :
यसैबीच, उक्त कालिका साकोसका सञ्चालकहरूका विरुद्धमा पीडितहरूले ठगीको उजुरी दिनका लागि जिल्ला प्रहरी कार्यालयले जारी गरेको सूचना अनुसार यही मंसिर १० गतेसम्मको म्याद अर्थात अब पाँच दिन बाँकी रहेको छ ।
कालिका साकोसका सञ्चालकहरूले गरेको ठगीका आधारहरू :
उक्त सहकारीका सञ्चालकहरूले मुख्य त ४– ५ तरिकाले शेयर सदस्यहरूलाई ठगी गरेको जानकारीमा आएको छ । पहिलो, तीन सहकारी बीचको एककरणमै खराब नियत राखेको देखिन्छ । जस्तो– (क) एकीकरण गर्नु अघिल्लो दिनसम्मको हिसाब किसाब दुरुस्त हुनुपर्नेमा एक आव अघिको लेखा परीक्षण प्रतिवेदनका आधारमा एकीकरण गरी बदमासी गर्ने सहकर्मीहरूलाई उन्मुक्ति दिने प्रयास ।
(ख) पूँजी भनेर दावी गरिएको लगानीको ऋण रकम साढे १० लाखमध्ये ८० प्रतिशत एकीकरण गर्दानै खराब कर्जामा परिणत हुनु । सफा र ठगी गर्ने नियत नभएको भए त्यस्तो अवस्थाका साकोसका बीचमा दिमाग हुनेहरू त्यसका सञ्चालकले आफूलाई जस्तो दावी गर्दछन् मात्र हैन, दिमाग नै नहुनेले पनि एकीकरण गर्दैन ।
(ग) कर्पुरेश्वर साकोसको घडेरी खरिद गर्दा ताका नै २६ लाख रुपैयाँ बढी भयो, त्यतिमा त रोड हेडमै पाइन्छ भन्दा भन्दै पनि त्यस्तो भन्ने तत्कालीन सञ्चालक समितिका कोषाध्यक्ष सरोज दनाईलाई बाइपास गरी महंगोमा घडेरी खरिद गर्नु र एकीकरण गर्दा त्यसको दोब्बर बढी ५४ लाख रुपैया विगो कायम गरी एकीकारण गर्दा सो काम गर्नेहरूको हातमा राम्रो माल परे÷पारिएको स्वतः पुष्टि हुन्छ ।
(घ) आफ्ना र मन परेका मान्छेलाई बिना धितो र बिना व्याज पनि ऋण लगानी गर्ने तर त्यस्तै अप्ठेरोमा परेका व्यक्तिहरूलाई सहकारीको नीति, नियम विपरित १७– १८ प्रतिशतसम्म व्याज असुल्नु ।
(ङ) नक्कली आर्थिक प्रतिवेदन तयार गरी शेयर सदस्यहरूसँग साखिल्ले हुन(के के न गरेका छौं भन्ने देखाउन)का लागि बोनस बाड्नु ।
(च) नक्कली मानिस खडा गरी ऋण प्रवाह गरेको देखाई सो रकम आफैले मोजमस्ती(ठगी) गर्नु ।
(छ) स्याल, कुखुरा, मौरी छुट्टीएझैं गलत मनसाय भएका व्यक्तिहरूका बिचमा गठबन्धन गरी साकोसको एकीकरण गर्नु ।
(ज) साकोसको पैसाले सञ्चालकहरूले आफ्नै र आफ्न्तको नाउँमा दमौली, चितवन आदिमा घरघडेरी जोड्नु ।
(झ) आफ्नो सम्पत्ती शुद्धिकरणतर्फ ध्यान नदिनु, बचतकर्ताले पैसा फिर्ता मागेपछि सम्पत्ती शुद्धिकारण हाउगुजी देखाउँदै तर्साउँदै झनै ठग्ने प्रयत्न गर्नु । सम्पत्ती शुद्धिकरण गर्नु पर्ने भएमा पैसा जम्मा गर्ने समयमै किन गरिएन ?
(ञ) सहकारीमा एक व्यक्तिले शेयर रकमको पाँच गुणभन्दा बेसी वा २५ लाखभन्दा बढी रकम बचत गर्न नपाउने नियम हुँदाहुँदै त्यसको नदेखा गर्नु । सरकारलाई तिर्नु पर्ने कर समेत छल्न प्रयत्न गर्नु ।
(ट) साकोसमा आफूहरूले गरेको बदमासी छताछुल्ल हुँदा पनि सत्यलाई स्वीकार गर्न आनाकानी गर्नु । उल्टै पानी माथिको ओभानो बन्ने धृष्टता गर्नु । ‘सकेको गर !’ भन्दै शेयर सदस्यहरू तथा बचतकर्ताहरूलाई धम्की दिनु ।
(ठ) सहकारी भनेको सदस्यहरूको सम्पर्कका आधारमा सञ्चालन गरिने संस्था हो । त्यसको कार्यालय अलिक कुनामा सस्तो भाडाघरमा बस्दा पनि फरक पर्दैन तर सेराको चोकमा कार्यालयका राखेर सान देखाउन पर्नु । कर्मचारी पनि मन परेका व्यक्तिलाई अनावश्यक भए पनि भर्ना गर्नु÷राख्नु । आदि रहेको देखिन्छ ।
(ड) जहाँसम्म खराब कर्जाको प्रश्न छ, के त्यो पनि शेयर सदस्यले लगानी गरिदिएका हुन् ? त्यस्तो ऋणको उनीहरू जवाफदेही हुनुपर्ने हो कि सञ्चालकहरू ?
प्रकाशित मिति २०८० मंसिर ५, मंगलवार १९:४९ गते