सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिकका साथ शैक्षिक अवस्था सुधार गर्न अभिभावक भेलामा अन्तरक्रिया

सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिकका साथ शैक्षिक अवस्था सुधार गर्न अभिभावक भेलामा अन्तरक्रिया

अन्तरङ्ग न्युज

@antaranganews

२०८० मङ्सिर ९ गते शनिवार ०८:१२

विद्यालयका प्र.अ. बाबुराम साखीले कार्यक्रममा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विद्यालय प्रशासन शिक्षक स्टाफ जस्तो सुकै कदम पनि चाल्न तयार रहेको जानकारी गर्नुभएको थियोे ।

वडाध्यक्ष केशव न्यौपानेले विद्यालयको शैक्षिक अवस्था सुधारका निम्ति गर्न सकिने र गर्नुपर्ने कार्यमा प्रकाश पार्दै सहयोग गर्ने प्रतिवद्धता व्यक्त

सुर्यपाल(लमजुङ)– राम वालोदय आधारभूत विद्यालयले सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिकका साथ शैक्षिक अवस्था सुधार गर्न अभिभावक भेलामा अन्तरक्रिया गरेको छ । शिक्षक, अभिभावक, विद्यार्थी समुदाय र सरोकारवाला बिच आपसी मेलमिलाप कायम हुने गरी शैक्षिक विकास एवम् स्तरोन्नतिका लागि कदम चाल्ने उद्देश्यका साथ कार्यक्रम गरिएको हो ।
मंसिर ८ गते मध्यनेपाल नगरपालिका– ३ को यहाँ स्थित सो विद्यालयमा आ.व. २०७९÷८० को सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक तथा विद्यार्थीको शैक्षिक अवस्था सुधार बारे छलफल कार्यक्रमका साथै अभिभावक भेला शिक्षक रामकुमार श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको हो ।
कार्यक्रममा वडाध्यक्ष केशव न्यौपानेले विद्यालयको शैक्षिक अवस्था सुधारका निम्ति गर्नसकिने र गर्नुपर्ने कार्यका बारेमा प्रकाश पार्दै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । उहाँले यस्ता कार्यक्रमहरूले विद्यालय, विद्यार्थी, शिक्षक, अभिभावक बिचको सिर्जनात्मकता र आत्मियतामा थप हौसला प्रदान हुने विश्वास व्यक्त गर्नु भयो ।
विद्यालयका प्र.अ. बाबुराम साखीले कार्यक्रममा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विद्यालय प्रशासन शिक्षक स्टाफ जस्तो सुकै कदम पनि चाल्न तयार रहेको जानकारी गर्नुभएको थियोे । त्यस्तै, सामाजिक लेखा परीक्षण समिति सदस्य शिक्षिका अर्चना अधिकारी पौडेलले सामाजिक परीक्षण प्रतिवेदन २०८० प्रस्तुत गर्नुभएको थियो ।
विद्यालयका स.प्र.अ. मनमाया साखीले स्वागत मन्तव्य, विद्यालयका प्रधानाध्यापक बाबुराम साँखीले बिषय प्रवेश र कार्यक्रमको महत्वमा प्रकाश, पूर्वप्र अ परशुराम न्यौपानेबाट कार्यक्रमको ओैचित्यमा प्रकाश पार्ने कार्यसँगै कार्यक्रम अगाडि बढेको थियोे । कार्यक्रममा छलफलका क्रममा शिक्षक र अभिभावकको दायित्व बिषयमा आआफ्नो बिचार प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा जन प्रतिनिधि चित्रबहादुर थापाले विद्यार्थीको शैक्षिक अवस्थाको वर्तमान स्थिति, वि.व्य.स. अध्यक्ष नेत्रबहादुर बस्नेतले विद्यालयले चाल्न सक्ने आगामी कदमका बारेमा उल्लेख गर्नु भएको थियो । सिर्जनात्मक कार्यक्रमहरूले निरन्तता पाउने अपेक्षा विद्यालय परिवार गर्दछ ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेत्रबहादुर बस्नेत, जनप्रतिनिधि चित्रबहादुर थापा, वि.व्य.स. सदस्यहरू बाबुराम बस्नेत, अस्मिता न्यौपाने, सोविता साँखी, सुमित्रा श्रेष्ठ, शिक्षक अभिभावक संघ सदस्यहरू पुजा नेपाली, मनिषा नेपाली, पूर्वकर्मचारी रामबहादुर थापा, सालेप समिति सदस्य लक्ष्मीप्रसाद साँखी, पूर्व शिक्षक अभिभावक संघ अध्यक्ष कुलप्रसाद न्यौपाने लगायत अन्य अभिभावकहरूको सहभागिता थियो ।
शिक्षक अभिभावक संघका अध्यक्ष गंगा थापाले शैक्षिक गुणस्तर सुधारका लागि सबै आफ्नो ठाउँबाट लागि पर्नु पर्नेमा जोड दिदै कार्यक्रमलाई समापन गर्नु भएको थियो । उहाँको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन शिक्षक रामकुमार श्रेष्ठले गर्नु भएको थियोे ।

रामकुमार श्रेष्ठको सहयोगमा ।

प्रकाशित मिति २०८० मंसिर ९, शनिबार ०८:१२ गते
हजुरको प्रतिक्रिया