‘द भ्वाइस अफ नेपाल सिजन ५औं संस्करणमा लमजुङका अमित रसायलीद्वारा यात्रा तय

‘द भ्वाइस अफ नेपाल सिजन ५औं संस्करणमा लमजुङका अमित रसायलीद्वारा यात्रा तय

अन्तरङ्ग न्युज

@antaranganews

२०८० मङ्सिर १० गते आईतबार १०:३८

६४ जना बाट छनोट भएर आएका ३६ जनाले अब नक आउट राउण्डमा प्रतिस्पर्धा गर्ने भएका छन् ।
रसायली लमजुङ सुन्दरबजार नगरपालिका– ७ तल्लो बजार घर भइ हाल चितवनस्थित कृषि तथा वन विज्ञान अध्ययन संस्थानमा बिएस्सी फरेष्ट्री तेश्रो वर्षमा अध्ययनरत छात्र हुन् ।

अमितका प्रतिस्पर्धी एलिया गुरुङलाई कोचहरूकलाई रहेको बिशेष अधिकार स्टिलको प्रयोग गर्दै उदय सोताङले आफ्नो टिमबाट नक आउण्ड चरणमा स्थान दिएको बताउनु भएको छ ।

भोटेओडार(लमजुङ)– सुप्रसिद्ध अन्तर्राष्ट्रिय गायन रियालिटी शो नेपालको पाँचौं संस्करण ‘द भ्वाइस अफ नेपाल’मा लमजुङका २२ बर्षीय अमित रसायली नकआउट राउण्डको यात्रा तय गरेका छन् । जिल्लाको सुन्दरबजार नगरपालिका– ‘द भ्वाइस अफ नेपाल’ सिजन ५ को ब्याटल राउण्ड पार गरेसंगै उनको ‘नक आउट राउण्ड’को यात्रा मंसिर ९ गते राति पक्का भएको हो ।
ब्याटल राउण्डमा आफ्नै टिमका एलिया गुरुङसंग भिडेका थिए । सो असरमा उनले महेन्द्र पियाको शब्द र कुमार कान्छाको स्वरमा रहेको ‘जिन्दगीको भर …. ’ बोलको गीत गाएका थिए । उक्त प्रस्तुतिपछि कार्यक्रमका सञ्चालक सुशील नेपालले ३ जना नै कोचहरूलाई कस्लाई अगाडि लैजाने सल्लाह दिनु हुन्छ भन्ने प्रश्नमा कोच राजेश पाएल राईले अमित रसाईली, कोच उदय सोताङले एलिया गुरुङ र कोच मिलन नेवारले अमित रसायलीलाई लैजाने सल्लाह दिनुभएको थियो ।
कोच प्रमोदले प्रस्तुतिपछि प्रतिक्रिया दिदै उहाँहरूलाई च्यालेञ्जको रुपमा दिएको गीतमा दुबै जनाले उत्कृष्ट प्रस्तुति दिनुभयो भन्नुभएको थियो । सुशील नेपालले अब पालो डिसिजनको भने पछि कोच प्रमोदले प्रफर्मेन्स र ट्यालेन्टलाई मध्यनजर गर्दै एलिया गुरुङलाई धन्यवाद दिदै अमित रसायलीलाई अगाडि लैजान्छु भन्ने उदघोगा गर्नु भयो । त्योसँगै रसायलीको नक आउट राउण्डको यात्रा तय भएको हो ।
यसैबीच, अमितका प्रतिस्पर्धी एलिया गुरुङलाई कोचहरूकलाई रहेको बिशेष अधिकार स्टिलको प्रयोग गर्दै उदय सोताङले आफ्नो टिमबाट नक आउण्ड चरणमा स्थान दिएको बताउनु भएको छ ।
उक्त व्याटल राउण्डमा ६४ जनाले प्रतिस्पर्धा गरेका थिए । ६४ जना बाट छनोट भएर आएका ३६ जनाले अब नक आउट राउण्डमा प्रतिस्पर्धा गर्ने भएका छन् ।
रसायली लमजुङ सुन्दरबजार नगरपालिका– ७ तल्लो बजार घर भइ हाल चितवनस्थित कृषि तथा वन विज्ञान अध्ययन संस्थानमा बिएस्सी फरेष्ट्री तेश्रो वर्षमा अध्ययनरत छात्र हुन् ।
‘राम्रो सिंगर छोड्नु हुँदैन’ भनेर आफूले ‘चेयर टर्न’ गरी अमितलाई कोच गर्न चाहेको कोचर प्रमोदले व्लाइण्ड अडिसन पछि प्रतिक्रिया दिनुभएको थियो ।
अमितले आफ्नो सानैदेखि गायनमा रुचि भएको अब ठाँउ पनि पाएको हुँदा पढाइसंगै सांगीतिक यात्रालाई पनि अघि बढाउने प्रतिक्रिया दिदै ‘म्युजिक’ आफ्नो ‘लाइफको पार्ट’ हो भनेका थिए । सानैदेखि गायन क्षेत्रमा आफ्नो रुचि भएको हुँदा लमजुङ जिल्लामा आयोजना हुने मेला, महोत्सब पनि कला प्रस्तुत गर्ने मौका विभिन्न समयमा पाएको उनले व्लाईण्ड अडिसन पछि प्रतिक्रिया दिएका छन् ।
स्मरणीय छ, उनले ‘द भ्वाइस अफ नेपाल’को मञ्चमा ‘गाला पुक्क पारी ….. ’ बोलको गीत गाएर आफूलाई स्थापित गर्न सफल भएका थिए । अमितको गायकी मन पराइ अन्तिम समयमा कोच प्रमोद खरेलले ‘चेयर टर्न’ गरेर आफ्नो टिमबाट व्याटल राउण्डमा समावेश गराएको खुल्न आएको छ ।
अन्तरङ्ग न्यूज डटकम परिवार उनको उज्वल भविष्यको कामना गर्दछ ।

प्रकाशित मिति २०८० मंसिर १०, आईतवार १०:३८ गते
हजुरको प्रतिक्रिया