कांग्रेसद्वारा थुनामा रहेका आफ्नो नेता खाँणलाई लुम्बिनी प्रदेश सम्मेलनमा सम्मान : के हो यसको सन्देश ?

कांग्रेसद्वारा थुनामा रहेका आफ्नो नेता खाँणलाई लुम्बिनी प्रदेश सम्मेलनमा सम्मान : के हो यसको सन्देश ?

अन्तरङ्ग न्युज

@antaranganews

२०८० मङ्सिर १७ गते आईतबार ०७:४६

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री किशोरसिंह राठौर मञ्चमा भएर पनि खाँणलाई सम्मान गरिन नउठेको दृश्य भने अनौठो देखिन्थ्यो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले खाँणलाई सम्मानपत्र प्रदान गरे भने केन्द्रीय सदस्य शेखर कोइरालाले रामकृष्ण खाँणलाई खादा ओढाउनु भएको थियो ।

काठमाडौं– नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई सम्मान गरेको छ । जेल जाँदा समेत निलम्बन नगरेको काँग्रेसले उल्टै उनलाई सम्मान गरेर के कस्तो सन्देश दिन चाहेको हो ? भन्ने प्रश्न उब्जिएको छ ।
कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन बुटबलमा मंसिर १६ गतेबाट सुरु भएको छ, सोही अवसरमा खाँणलाई सम्मान गरिएको हो । कांग्रेस सभापति शेरबहादुर देउवाले खाँणलाई सम्मानपत्र प्रदान गरे भने केन्द्रीय सदस्य शेखर कोइरालाले रामकृष्ण खाँणलाई खादा ओढाउनु भएको थियो ।
कांग्रेसका लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनालले खाँण लुम्बिनी प्रदेशको अभिभावक भएको कार्यक्रम सञ्चालनका क्रममा उल्लेख गर्नु भएको थियो । उहाँले भन्नुभयो, ‘आदरणीय हाम्रा नेता, राजनीतिक रुपमा यस प्रदेशका अभिभावक, आर्थिक रुपमा राजनीतिक रुपमा जहिले पनि अभिभावकत्व निर्वाह गर्ने दाजु आज हाम्रा सामु हुनुहुन्न बालकृष्ण खाँण, उहाँको सम्मानपत्र ग्रहण गरिदिनुहुन उहाँका भाइ एवं यस जिल्लाका पार्टी सभापति रामकृष्ण खाँणलाई हार्दिक अनुरोध गर्दछु ।’
सम्मानपत्र लिन बालकृष्णका भाइ रामकृष्ण मञ्चमा गएका थिए । त्यसो त चार दिन अघि मंसिर १२ गते मात्र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रुपन्देहीको भैरहवामा नेपाली कांग्रेस रुपन्देहीको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता बालकृष्ण खाणले न्याय पाउनेमा आफू आशावादी रहेको बताउनुभएको थियो ।
काँग्रेसकको छाया सभापति मानिने खाँण पदीय हिसाबले कांग्रेस केन्द्रीय सदस्य मात्र छन् । उनलाई प्रहरीले नक्कली भुटानी शरणार्थी काण्डमा गत वैशाख २७ गते पक्राउ गरेको हो । जिल्ला अदालत, काठमाडौंले खाँणसहित १६ जनालाई पुर्पक्षका लागि असार १ गते थुनामा पठाएको हो । पक्राउ गरेसँगै खाँणलाई पार्टीबाट निलम्बन गर्नुपर्ने आवाज समेत उठेको थियो । पुर्पक्षका लागि थुनामा गएपछि साउनमा बसेको केन्द्रीय समिति बैठकमा महामन्त्री गगन थापासहितका केही नेताले खाँणलाई निलम्बनको माग गरेका थिए ।
तर कांग्रेसले निलम्बन गर्न आवश्क ठानेन । पुर्पक्षका लागि थुनामा पठाउने आदेशविरुद्ध खाँणले गरेको पुनरावेदन निवेदनमा मंसिर १५ गते उच्च अदालत, पाटनमा संयुक्त इजलासका न्यायाधीशबीच राय बाझियो । अब तेस्रो न्यायाधीशको इजलासमा खाँणको मुद्दा जाने भएको छ ।
स्मरणीय छ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री किशोरसिंह राठौर मञ्चमा भएर पनि खाँणलाई सम्मान गरिन नउठेको दृश्य भने अनौठो देखिन्थ्यो ।

प्रकाशित मिति २०८० मंसिर १७, आईतवार ०७:४६ गते
हजुरको प्रतिक्रिया