
लमजुङ– ३२ औं अन्तराष्ट्रिय अपाङ्ग दिवसमा भव्य कार्यक्रमका साथ जिल्ला सदरमुकाम बेसीशहरमा मनाइएको छ । सो अवसरमा राइनास नगरपालिकाको महिला, बाललिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख सीता गैह्रेलाई सम्मान मंसिर १९ गते सम्मान गरेको छ ।
३२ औं अन्तराष्ट्यि अपाङ्ग दिवसका अवसरमा जिल्लामा अपाङ्गका क्षेत्रका काम गर्न स्थापित पहिलो संस्था ‘अपाङ्ग संरक्षण समाज’ले उहाँलाई यहाँ आयोजित सो दिवसको विशेष कार्यक्रमका अवसरमा सीताले स्थानीय तहको सामाजिक विकास शाखामार्फत अपाङ्गताका क्षेत्रमा सबैभन्दा उत्कृष्ठ कार्य गरेको हुँदा सम्मान गरिएको अपाङ्ग संरक्षण समाजका अध्यक्ष एवम् कार्यक्रमका अध्यक्ष चन्द्रकान्त पौडेलले बताउनु भयो । उहाँका अनुसार सीताले यतिबेला स्थानीय तहमा मात्र हैन हिजोका दिनमा जिल्ला सदरमुकाममा महिला विकास कार्यालय हुँदा पनि अपाङ्गता भएका व्यक्तिको हक, अधिकार दिलाउन र हितका लागि विशेष योगदान गर्नु भएको थियो । पौडेलले भन्नुभयो, ‘त्यसैले उहाँको कार्यको उच्च मूल्यांकन एवम् कदर गर्दै सम्मान गरिएको हो ।’
सो कार्यक्रम बेसीशहर नगरपालिकाका उपमेयर पदमा गुरुङको प्रमुख आतिथ्यता तथा प्रजिअ रामकृष्ण अधिकारीको विशेष आतिथ्यतामा भएको हो ।
उपमेयर गुरुङले प्रविधि र साधनको सुविधा खोज्ने जमाना छ हिजोआज । हामी बेसीशहरको सेरा, नारायणस्थान वा भीमसेन स्थानबाट मनाङे चौतारामा जानु पर्दा पनि साधान खोज्छौं तर उहाँहरुलाई कति कठिन होला आफ्नो जीवन गुजार गर्न ? सम्झना पनि झसङ्ग हुन्छ भन्नुभयो । उहाँले शरिरका सबै अंगको उत्तिकै महत्व छ भन्दै सबैलाई पहेलो वा निलो कार्ड दिन सकिएको छैन, हामी पनि नियम कानुनमा बाँधिनु पर्छ भन्ने जानकारी दिनुभयो । तर पनि नगरपालिकाले गत वर्षबाट पहेलो कार्ड हुनेहरूलाई राहत स्वरुप पाँच सय रुपैयाँ भने पनि दिने गरिएको स्मरण गर्नु भयो ।
उहाँले आर्थिक सहयोग माग्न आउनु हुनेहरूलाई ५– १० हजार रुपैयाँ दिनुभन्दा स्वास्थ्य बीमा गरिदियो भने एकलाखको उपचार खर्च पाउने हुँदा प्रति परिवार ३५ सय खर्चेर कार्यविधि नै बनाएर सो कार्य गरेको उपमेयर गुरुङले जानकारी दिनुभयो ।
यसैगरी, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले आजको दिनमा यो क्षेत्रका सबैको अधिकारको लडाइँमा ऐक्यवद्धता व्यक्त गर्दछु भन्नुभयो । उहाँले अपाङ्गता समस्या हैन कठिनाई हो भनिएको छ । उहाँले जिल्लाका दुर्गमक्षेत्रमा गएर अपाङ्गता परिचयपत्र वितरले त्यो मर्मलाई अन्तराष्ट्यिस्तरमै प्रतिवद्धताका साथ कठिनाई कम गर्ने दिशामा अघि बढ्नु पर्छ भन्नुभयो ।
राष्ट्रिय रुपमै तीन प्रतिशत जनसंख्या भएजस्तै लमजुङमा पनि त्यो संख्या केन्द्रकै हाराहारी रहेको छ । यसमा सहजिकरणका लागि सरकारको दायित्व के कति कसरी कार्यान्वयन भएको छ समीक्षाको विषय हुन सक्छ, क्षमता अनुसार राज्यले सामाजिक सुरक्षा प्रदान गरेको समरण गर्नु भयो ।
अपाङ्ग संरक्षण समाज जिल्लामै पहिलो संस्था :
उक्त कार्यक्रममा सम्मानित भएपछि सीता गैह्रेले जिल्लास्तरमा अपाङ्ग अधिकारका क्षेत्रमा आवाज उठाउने पहिलो संस्था अपाङ्ग संरक्षण समाज भएको बताउँदै जिल्लामा अपाङ्गता परिचय पत्र वितरण गर्नु पर्ने भ्रन्दै दबाब दिने संस्था पनि यही हो, आफूले त कर्मचारीको नाताले सहयोग मात्र गरेको बताउनु भयो ।ण गर्ने काममा समेत समाजका अध्यक्ष चन्द्रकान्त पौडेलको ठूलो योगदान रहेको स्मरण गर्दै बैसाखी टेकेर कष्टकर बाटो गिलुङ दूधपोखरी आदिमा जाँदा बैसाखी चिप्लेर पौडेल लडेरको आफूहरुले उठाउँदै सहयोग गरेर सहकार्य गरेको उल्लेख गर्नुभयो । उहाँले यो संस्थाले युगौयुगसम्म जीवित रहेर त्यसरीनै योगदान गरिरहोस् भन्ने सुभेच्छा समेत व्यक्त गर्नुभयो ।
सो अवसरमा बेसीशहर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ अर्याल, वडानं– २ का अध्यक्ष मदन राना, विभिन्न दलका प्रमुख तथा प्रतिनिधिहरूले शुभकामना व्यक्त गरेका थिए ।
ग्रामीण अपाङ्ग समाज, लमजुङका अध्यक्ष प्रकाश चिलुवालले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन नेत्रहीन संघका जिल्ला अध्यक्ष राजेन्द्र घिमिरेबाट भएको थियो ।
सो अवसरमा बेसीशहर नगरस्तरीय अपाङ्गता सञ्जाल गठन गरिएको छ । सञ्जालको अध्यक्ष सिताराम बसेल, उपाध्यक्ष कमला परियार, सचिव मुनिन्द्र थापा, कोषाध्यक्ष सविता केसी चयन हुनुभएको छ । साथै सदस्यमा देवीजङ गुरुङ, राम श्रेष्ठ, चन्द्रमाया परिवार, पूर्णबहादुर दुलाल, शंकर परियार, तोकबहादुर बलाकोटी र गोमा थापा हुनुहुन्छ ।
प्रकाशित मिति २०८० मंसिर १७, आईतवार १८:२३ गते