लमजुङमा विद्युत प्राधिकरणले चालु आवमा ४०४ लाइन काट्यो र ३४४ जोड्यो

लमजुङमा विद्युत प्राधिकरणले चालु आवमा ४०४ लाइन काट्यो र ३४४ जोड्यो

अन्तरङ्ग न्युज

@antaranganews

२०८० मङ्सिर १८ गते सोमबार ०८:४२

कुल बक्यौता रहेको लमजुङ विद्युत वितरण केन्द्रले उठाउन पर्ने रकम ५३ लाख ८६ हजार ३६६ रुपैयाँ रहेको सो केन्द्रले जनाएको छ ।

सो क्रममा ३७ लाख बढी राजस्व संकलन

बेसीशहर– लमजुङमा विद्युत वितरण केन्द्रले चालु आवमा ४०४ लाइन काट्यो र ३४४ जोड्ने काम गरेको जनाएको छ । यो चालु आवको मंसिर १७ गतेसम्मको हो । त्यसको जनाकारी लमजुङ विद्युत वितरण केन्द्रले मंसिर १८ गते दिएको हो ।
सो कार्य गरी लमजुङ विद्युत वितरण केन्द्रले चालु आवको यो अवधिमा ३७ लाख १७ हजार ४२४ रुपैयाँ राजस्व संकलन गरेको छ । यो अवधिमा ४०४ लाइन काट्यो र ३४४ जोड्ने काम गरेको सो केन्द्रका नोलाइट प्रमुख लक्ष्मण कमलीले बताउनु भयो । उहाँका अनुसार आज मात्रै पनि एउटा १२ लाख रुपैयाँ भन्दा बढी रकम बक्यौता रहेको एक क्रसर उद्योगको लाइन पनि काटिएको छ । त्रिवेणी रोडाढुंगा नामक उक्त उद्योग जिल्लाको एक ठूलो पार्टीका जल्दोबल्दो मानिने नेता समेत संलग्न रही सञ्चालनमा रहेको स्रोतको भनाई छ ।
यसरी कुल बक्यौता रहेको लमजुङ विद्युत वितरण केन्द्रले उठाउन पर्ने रकम ५३ लाख ८६ हजार ३६६ रुपैयाँ रहेको सो केन्द्रले जनाएको छ ।
ऐले नेपाल विद्युत प्राधिकरणले वक्यौताको दुई महिना नाघ्नासाथ लाइन काट्नका लागि कडा निर्देशन दिएको हुँदा त्यही निर्देशनको पालना आफूहरूले गरेको लमजुङ विद्युत वितरण केन्द्रका प्रमुख मेघनाथ भट्टराईले बताउनु भयो । उहाँका अनुसार हामीले यो वा त्यो भनेर कुनै बहानाबाजी गरेका छैनौं ।
उहाँले भन्नुभयो, ‘लमजुङ विद्युत वितरण केन्द्रले यतिबेला जिल्लाका सबै आठ वटै पालिकामा सेवा सञ्चालन गरेको छ ।’ सेवाग्राहीको कुल संख्या ४० हजार घरधुरी रहेको उहाँले जानारी दिनुभयो ।
पछिल्ला महिनामा सरकारी कार्यालयहरूको उल्लेख्य रकमको बक्यौता भने नरहेको लमजुङ विद्युत वितरण केन्द्रले जनाएको छ ।

प्रकाशित मिति २०८० मंसिर १८, सोमबार २०:४२ गते
हजुरको प्रतिक्रिया