
भोटेओडार(लमजुङ) । सिटिजन्स् बैंक लि. शाखा कार्यालय भोटेओडारद्वारा नेपाल प्रहरीलाई मल्टि ड्ग टेस्ट किट सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले सो सहयोग मंरिर २८ गते गरेको हो ।
यस्तो सहयोग नेपाल प्रहरीले जिल्लामै पहिलो पटक पाएको बताइएको छ । बैंकको सो शाखा कार्यलयको बार्षिक संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ईलाका प्रहरी कार्यालय भोटेओडारका प्रमुखलाई सोही कार्यालयका आयोजित एक अनौपचारिक कार्यक्रम बीच शाखा प्रबन्धक अनुप अधिकारीले ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक साकारराज पन्तलाई २५ थान ती कटि हस्तान्तरण गर्नु भएको हो ।
प्रबन्धक अनुप अधिकारीले समाजमा बढ्दै गइरहेको लागुऔषध दुव्र्यसन तथा त्यसबाट उत्पन्न हुने विभिन्न प्रकारका अपराध रोकथाम तथा नियन्त्रण गर्ने क्रममा लागऔषध प्रयोकर्ता पहिचानको लागि सहज होस्् भन्ने उद्देश्यले प्रहरीको दैनिक उपयोगका लागि आबश्यक २५ थान किट सहयोग गरिएको बताउनु भयो । उहाँका अनुसार मल्टि ड्ग टेस्ट किट शाखाबाट सामाजिक उत्तरदायित्व सियसआर अन्तर्गतको बजेटबाट हस्तान्तरण गरिएको हो ।
ईलाका प्रहरी कार्यालय भोटेओडारका प्रमुख प्रहरी निरीक्षक साकारराज पन्तले किट बुझ्दै बैंक र बैंकको शाखा परिवारलाई धन्यवाद दिनु भयो । उहाँले आगामी दिनहरुमा अपराध नियन्त्रण तथा रोकथामको लागि शाखासंग आपसी सहयोग, समन्वय र सहकार्यको अपेक्षा गरिएको बताउनु भयो । उहाँले यस किटको मार्फतबाट लागुऔषध नियन्त्रणमा ठूलो सहयोग पुग्ने अपेक्षा राखिएको समेत जानकरी दिनु भयो । बिशेष गरी लामो दुरिका साबरी साधनका शंकास्पद चालकलाई सूचनाको आधारमा किटको माध्यमबाट त्यस्तो परीक्षण गरिने प्रहरि निरीक्षक पन्तले उल्लेख गर्नुभयो ।
शंकास्पद व्यक्तिको पिसाबबाट परीक्षण गरिने यी किटबाट ६ किसिमका लागू औषधहरु गाँजा, ब्राउन सुगर, मर्फिन, कोकेन, बार्बेटेरस लगायतका लागुऔषध सेवन गरेको पहिचान गर्न सकिन्छ । भोटेओडार प्रहरीले मात्र नभई लमजुङ जिल्लामै पहिलोपटक यस्ता किटका मार्फतबाट लागुऔषध परीक्षण सुरु गर्ने भएको छ । किट हस्तान्तरणका अवसरमा शाखाको तर्फबाट प्रबन्धक अनुप अधिकारी बाहेक अपरेसन ईन्चार्ज किशोर आचार्य तथा ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक साकारराज पन्त तथा प्रहरी सहायक निरीक्षक केदार रिजाल लगायत सरोकारवालाहरूको सहभागिता थियो ।
प्रकाशित मिति २०८० मंसिर २९, शुक्रबार २१:४९ गते