बेसीशहर– उद्योग व्यवसायीहरूको छाता संगठनका रुपमा स्थापित लमजुङ उद्योग वाणिज्य संघमा नेताको खडेरी परेको बेलामा इकाईहरूको अधिवेशन सुरु भएको छ । यही पुस २८ गतेका लागि तय गरिएको छ । सो सन्दर्भमा पाँच इकाईको अधिवेशन पुस ७ गते सर्वसम्मत नेतृत्व चयन गर्दै सम्पन्न भएका छन् ।
लमजुङ उद्योग वाणिज्य संघले इकाईको अधिवेशनका लागि प्रतिनिधि समेत खटाएको थियो । ती प्रतिनिधिहरूमा द्वितीय उपाध्यक्ष भरत श्रेष्ठ खुदी इकाइमा, तृतीय उपाध्यक्ष कृष्णजङ्ग गुरुङ क्ब्होलासोंथरमा, महासचिव प्रदीप बस्नेत दोर्दी इकाईमा खटिनु भएको थियो । यसैगरी, उदीपुरमा बेसीशहर इकाईका अध्यक्ष विपिन श्रेष्ठ तथा राइनासका लागि भोटेओडार इकाईका अध्यक्ष मानकृष्ण आचार्यलाई खटाइएको लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष गुणराज शिलवालले बताउनु भयो ।
उहाँले दिनुभएको जानकारी अनुसार खुदी इकाइमा अध्यक्ष खुशीराम गुरुङ चयन हुनुभएको छ । त्यस्तै, उपाध्यक्षमा ऋषिराम बस्नेत, सचिवमा डिलबहादुर सुनार तथा कोषअध्यक्षमा कान्तिमाया रिमाल चयन हुनुभएको छ ।
यसैगरी उक्त इकाईको सदस्यहरूमा लिलादेबी काफ्ले, सीता श्रेष्ठ, बाबुराम थापा, विशाल रावल, प्रमोद कतिला, धनबहादुर सुनार ररबि थापा चयन हुनु भएको छ ।
यसैगरी, क्ब्होलासोथर इकाईको अध्यक्षमा दिलेश्वर गुरूङ, उपाध्यक्षमा झवीलाल बि.क, सचिवमा दिपक श्रेष्ठ र कोषाध्यक्षमा चित्र बहादुर गुरुङ चयन हुनु भएको लमजुङ उद्योग वाणिज्य संघका तृतीय उपाध्यक्ष कृष्णजंग गुरुङले बताउनु भएको छ । उहाँका अनुसार सदस्यहरूमा शर्मिला गुरुङ, सदस्यमा राजकिशोर गुरुङ र धर्मजङ गुरुङ चयन हुनुभएको छ ।
उता, दोर्दी इकाइ नब कार्यसमितिको अध्यक्षमा डिल्लिराम भारती, उपाध्यक्षमा सोमराज पाण्डे, सचिमा गमबहादुर गुरुङ र कोषाध्यक्षमा प्रेमबहादुर गुरुङ चयन हुनुभएको छ । त्यस्तै उक्त समितिको सदस्यहरूमा राजन कुँवर, राजकुमार रावल र महिला सदस्यमा उषा धिताल कँुवर चयन हुनु भएको जानकारीमा आएको छ ।
त्यस्तै, लमजुङ उद्योग बाणिज्य संघ, उदिपुर इकाईको सर्वसम्मत रूपमा नवगठित कार्यसमितिका पदाधिकारीहरूमा अध्यक्षमा पदमप्रसाद अधिकारी, उपाध्यक्षमा यावनिधी पन्त, सचिवमा रोशन बुढाथोकी र कोषाध्यक्षमा बुद्धिलाल श्रेष्ठ चयन हुनुभएको छ । त्यसैगरी, समितिको सदस्यहरूमा केशव अधिकारी, विमला श्रेष्ठ, लक्ष्मी अवाल, नुरमुर्ती पन्त र हिराबहादुर श्रेष्ठ चयन हुनुभएको बताइएको छ ।
लमजुङ उद्योग बाणिज्य संघ, राइनास इकाईको अधिवेशनबाट सर्वसम्मत रूपमा गठित कार्यसमितिको अध्यक्षमा आनन्द श्रेष्ठ, उपाध्यक्षमा बिष्णुकुमरी प्रधान, सचिवमा उदयराज पोखरेल र कोषाध्यक्षमा शम्भु कडरिया चयन हुनुभएको छ । त्यस्तै, सदस्यहरूमा महेश कुमाल, कमलराज पाण्ड, शम्भु रोक्का, सुमाया तामाङ गुरुङ, बिमला भन्डारी भुजेल, दिलेश्वर गुरूङ चयन हुनु भएको छ ।
लमजुङ उद्योग वाणिज्य संघको विधानले लगातार कार्यकाल दोहोर्याउन नपाईने प्रवन्ध गरेको छ । त्यसैले पनि संघको नयाँ नेता को होला ? भन्ने कौतुहलता जागृत भएको छ ।
स्मरणीय छ, लमजुङ उद्योग वाणिज्य संघका प्रमथ उपाध्यक्ष मृगेन्द्र घिमिरे तथा गत निर्वाचनमा अध्यक्ष पदमा पराजित भएका श्रीकृष्ण लामिछाने संभावित अध्यक्षका रुपमा हेरिएको थियो । तर दुर्भाग्य ! दुवै जना कालिका बचत तथा ऋण सहकारी संस्थाको ठग िकाण्डमा मास्टर माइण्ड मध्ये अग्रणी भएको बताइन्छ । त्यसैले ती दुवै जनाको लमजुङ उद्योग वाणिज्य संघको नेतृत्व लिने हक यस पटकको अधिवेशनमा छिनिएको स्रोतको दावी छ । यसकारण पनि लमजुङ उद्योग वाणिज्य संघमा नेतृत्वको खडेरी वरेको आम बुझाइ छ ।
प्रकाशित मिति २०८० पुष ७, शनिबार २०:५६ गते