दुराडाँडा(लमजुङ)– लमजुङको ऐतिहासिक थलो दुराडाँडामा कौडिन्य ऋषि आश्रम न्यौपाने समाज सुन्दरबजार नगरपालिका– ४ दुराडाँडा धारापानीको पहिलो साधरण सभा नयाँ समिति गठन गर्दै सम्पन्न भएको छ । कौडिन्य ऋषि आश्रम धारापानी परिसरमा बसेको एक भेलाले सम्बसम्मत श्रीभक्त न्यौपानेको अध्यक्षतामा ९ सदस्यीय समिति पुस ७ गते गठन गरिएको हो ।
नवगठित कार्य समितिमा उपाध्यक्ष तेजप्रसाद न्यौपाने, सचिव निरा न्यौपाने, कोषाध्यक्ष मास्टर हरिकृस्ण न्यौपाने, सदस्यहरुमा पूर्णभद्र न्यौपाने, दिपकराज न्यौपाने, कृष्णबिलास न्यौपाने, गोमादेबी न्यौपाने, बिमलादेबी न्यौपाने रहनु भएको छ ।
समाजका नवगठित समितिका अध्यक्ष श्रीभक्त न्यौपानेले समाज गठन गर्नुको मुख्य उद्देश्य दुराडाँडा धारापानी थातथलो भई हाल बिभिन्न ठाँउ छरिएर बस्दै आउउनु भएका न्यौपाने बन्धुहरुलाई जोड्नु आपसी बन्धुत्व भावनालाई प्रगाढ बनाउनु रहेको बताउनु भयो । न्यौपानेको अस्तित्व, वंश, कुललाई एकृकित बनाउने समाजको थप उद्देश्य रहेको उहाँको भनाइ थियो ।
हाल दुराडाँडा धारापानीमा समाजले कुलायन मन्दिर र १ शार्वजनिक शौचालय निर्माण गरेको छ । समाजका लागि समाजका सदस्य समाजसेबी नन्नप्रसाद न्यौपानेले प्रदान गर्नु भएको एक रोपनी ४ आना र सीतादेवी न्यौपानेले एक रोपनी १२ आना जग्गा निःशुल्क दान गर्नु भएको र हाल आश्रमको नाममा ३ रोपनी जग्गा रहेको अध्यक्ष न्यौपानेले उल्लेख गर्नुभयो ।
उहाँका अनुसार समाजमा आबद्ध न्यौपाने बन्धुहरूको सहयोगमा १९ लाख रुपैयाँको कोष संकलन भएको थियो । उक्त कोषबाट १२ लाख रुपैयामा कुलायन मन्दिर र शौचालय निर्माणमा खर्च गरिएको बताउनु भयो । हाल कोषमा बाकी ७ लाख रहेको उहाँले जानकारी दिनुभयो ।
२०७९ साल माघ ८ गते जिल्ला प्रसाशन कार्यलय लमजुङमा बिधिबत दर्ता हुनको लागि तदर्थ समिति गठन गरिएको र अहले बिधान बमोजिम प्रथम साधरण सभा सम्पन्न गरिएको समाजका सदस्य लक्ष्मीकान्त न्यौपानेले जानकरी दिनुभयो । उहाँका अनुसार हाल समाजमा ५० घर धुरी सहभागि रहेका छन् । बेसीशहर, चितवन, काठमाडौ, पोखरा र बाहिर रहनुभएका जन्म थलो दुराडाँडा धारापानी भएका बन्धुहरु जोडिने क्रम जारी छ । उहाँले भन्नुभयो, ‘न्यौपाने बन्धुहरूको सहयोग आउने क्रम निरन्तर जारी छ । धारापानीमा बन्धुहरुको सहयोग र अन्य संघ संस्था, वडा, नगरपालिकासंग पनि सहयोग मागी सामुदायिक भवन, शिवालय मन्दिर, चौतारो सहितको पार्क निर्माण गर्ने योजना रहेको छ ।’
विभिन्न कारणले गाउँ छाडेर अन्यत्र जानुभएका बन्धुहरुको थातथलो यहि भएपनि ती घरहरू जीर्ण भएर बस्न सक्ने अबस्थामा नभएकाले उहाँहरू लमजुङ दुराडाँडा आउदा बस्न मिल्ने गरि व्यबस्थित सामुदायिक भवन (आश्रम) निर्माण गर्ने समाजको योजना र अभियानको थालनी गरेको समाजका सदस्य हरिकृष्ण न्यौपानेले जानकरी दिनुभयो ।
दुराडाँडा धारापनिमा ब्यबस्थित पार्क निर्माण गरि बन्दूहरूलाई जोड्नको साथसाथै समुदायमा सकरात्मक सन्देश दिन समाज लागि परेको समाजका अग्रज सदस्य पूर्णभद्र न्यौपाने बताउनुहुन्छ । उहाँका अनुसार आश्रम निर्माण परिसरको वरिपरि जग्गा दान गर्ने तथा नगद सहयोग गर्ने बन्धुहरुको क्रम जारी भएकाले लक्ष्य प्राप्ति हुनेमा आफूहरु ढुक्क छौं ।
प्रकाशित मिति २०८० पुष ८, आईतवार २१:१२ गते