सिद्धार्थ साकोस भोटेओडारको १५ औँ वार्षिकसाधरण सभा : कुल सम्पति ११ करोड

सिद्धार्थ साकोस भोटेओडारको १५ औँ वार्षिकसाधरण सभा : कुल सम्पति ११ करोड

अन्तरङ्ग न्युज

@antaranganews

२०८० पुस १० गते मङ्गलबार ०९:०२

साकोसको सञ्चालक समितिलाई ड्राईभर, सेयर सदस्यहरू प्यासेन्जर, सहकारीलाई बस र लेखा सुपरिवेक्षण समितिलाई डाक्टरको संज्ञा दिदै कसरी बस चलाउने र डाक्टरले सहकारीलाई स्वस्थ्य राख्न के के गर्नु पर्छ त्यसमा समयमै ध्यान दिन प्रमुख अतिथि गुरुङको जोड थियो ।

मुनाफा रकम पनि सुनाउन उस्तो चासो दिइन ।

भोटेओडार(लमजुङ)– सुन्दरबजार नगरपालिका– ९ मा भोटेओडार बालुनेमा रहेको सिदार्थ बचत तथा ऋण सहकारी संस्था लि.(साकोस)ले आफ्नो १५ औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सो अवसरमा साकोसको कुल सम्पति ११ कारोड भएको पुस १० गते जानकारी दिइएको हो ।
साकोसका अध्यक्ष तिलकबहादुर गुरुङले बार्षिक प्रगति तथा लक्ष्य नीति प्रस्तुत गर्नु हुँदै त्यस्तो जानकारी दिनु भएको हो । उहाँले सोकासले गत आवमा १० करोड ९९ लाख ७५ हजार ८ सय ४५ रहेको बताउनु भयो । उहाँले सो आर्थिक बर्षमा भाका नाघेको ऋण अर्थात खराब कर्जा २ करोड ३१ लाख ७ हजार ८९८, पछिल्लो एक आबको अवधिमा त्यस्तो ऋण ४८ लाख ६७ हजार २८५ रुपैयाँ हुनुका साथै असल ऋण ५ करोड ७ लाख २ हजार ३०७ रहेको जानकारी दिनु भयो ।
यसैगरी, साकोसका कोषाध्यक्ष हेमन्तदेवी गुरुङले आ.ब. २०७९÷८० को आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै साकोसमा कुल शेयर पुजी एक करोड १० लाख ६५ हजार आठ सय, शेयर सदस्य संख्या दुई हजार ६५१, जगेडा कोष ६२ लाख २७ हजार ३७५ र कर्जा लगानी सात करोड ८६ लाख रहेको उल्लेख गर्नुभयो ।
सुन्दरबजार नगरपालिका– ९ का वडाध्यक्ष मनराज गुरुङको प्रमुख आतिथ्यता रहेको सो साधारण सभा साकोसका अध्यक्ष तिलकबहादुर गुरुङको अध्यक्षतामा भएको हो । कार्यक्रममा बिशिष्ट अतिथि समुता गुम्बाका पूर्वप्रमुख लामा ८८ बर्षीय कर्ण घले हुनुहुन्थ्यो ।
प्रमुख अतिथि गुरुङले सभाको उदघाटन गर्नु हुँदै दुरदराजमा नागरिकसम्म सहज रुपमा वित्तीय पहुँच पुर्याउन जरुरी रहेको बताउनुभयो । जसबाट उनीहरूको जीवनस्तर उकासिने खालका उत्पादनमुलक क्षेत्रमा प्रभावकारी रुपमा सहकारीहरूले लगानी गर्दै जानु पर्नेमा उहाँले जोड दिनुभयो । उहाँले सञ्चालक पदाधिकारी तथा सदस्यतर्फ ईङ्कित गर्दै साकोसबाट लगेको ऋण सही सदुपयोग भएको छ छैन निगरानी बढाउनु सुझाव दिनु भयो । उहाँले साकोसको सञ्चालक समितिलाई ड्राईभर, सेयर सदस्यहरू प्यासेन्जर, सहकारीलाई बस र लेखा सुपरिवेक्षण समितिलाई डाक्टरको संज्ञा दिदै कसरी बस चलाउने र डाक्टरले सहकारीलाई स्वस्थ्य राख्न के के गर्नु पर्छ त्यसमा समयमै ध्यान दिन जोड दिनुभयो । समय वितेपछि पछुताउनुको अर्थ नहुने समेत उहाँको सझव थियो । आफू स्थानीय सरकारको प्रमुख भएको नाताले सहकारीका सबल पक्षमा र सहकारीलाई आफ्नो आवश्यकता रहेको बेलामा २४ घण्टा सहयोग गर्न तयार रहेको प्रतिबद्धता समेत गुरुङले व्यक्त गर्नु भयो ।
सो अवसरमा उत्कृष्ट कारोबार गर्ने शेयर सदस्यहरू हरि अबाल र राममाया श्रेष्ठलाई नगद एक हजार, सम्मान पत्र र मालाले सम्मान गरिएको थियो । त्यस्तै, असल बचत कर्ता आमानिका अधिकारी, मुना श्रेष्ठ र बिरसिङ घलेलाई पनि जनही नगद एक हजार र प्रशंसा पत्रले सम्मान गरिएको थियो । यसैगरी, उत्कृष्ट बाल बचत कर्ता गरिमा घले, नुनेन्द्र गुरुङ र रोशनी गुरुङलाई नगद ५ सय रुपैयाँ, गिफ्ट, मायाको चिनो, प्रशंसा पत्रले सम्मानित गरिएको थियो ।
संस्थाका उपाध्यक्ष समेत रहनु भएका बिरसिङ घलेले स्वागत गर्नुभएको कार्यक्रममा साकोसका पूर्वअध्यक्ष एवम् एमाले नगर कमिटि अध्यक्ष भिम गुरुङ, समुता तमु समाज अध्यक्ष पदमराज गुरुङ, सिर्जनात्मक साकोसका उपाध्यक्ष चन्द्रमा घिमिरे लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
शेयर सदस्य लगायतका सरोकारवालाहरूको उलेख्य सहभागिता रहेको कार्यक्रमको सञ्चालन साकोसका सचिव कुमारप्रसाद गुरुङले गर्नुभएको थियो ।
वार्षिकोत्सवका अवसरमा सहकारीका अभियन्ताहरू तथा जिल्लास्तरका सो सम्बन्धि संस्थाका जिम्मेवार व्यक्तिहरूलाई निम्त्याइएको भने खासै नदेखिएको प्रत्यक्षदर्शीले बताए ।

प्रकाशित मिति २०८० पुष १०, मंगलवार २१:०२ गते
हजुरको प्रतिक्रिया