उत्कृष्ट अंक ल्याउने विद्यालय र विद्यार्थीहरू गाउँपालिकाद्वारा पुरस्कृत

उत्कृष्ट अंक ल्याउने विद्यालय र विद्यार्थीहरू गाउँपालिकाद्वारा पुरस्कृत

अन्तरङ्ग न्युज

@antaranganews

२०८० पुस १२ गते बिहिबार १०:५६

उक्त अवसरमा एसईई, कक्षा– ८ का उत्कृष्ठ अंक ल्याउने विद्यालय, शिक्षक तथा छात्रछात्रालाई पुरस्कृत गरिएको हो । कार्यक्रममा गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले सम्मानपत्र तथा पुरस्कार वितरण गर्नुभएको हो ।

एसईई, कक्षा– ८ का उत्कृष्ठ अंक ल्याउने विद्यालय, शिक्षक तथा छात्रछात्राहरू पुरस्कृत

भूलभूले(लमजुङ)– मर्स्याङ्दी गाउँपालिकाद्वारा शैक्षिक सत्र २०७९ मा उत्कृष्ट हुने विद्यालय, विद्यार्थीहरू र शिक्षकलाई पुरस्कृत गरेको छ । गाउँपालिकाले गाउँसभाको १६ औँ अधिवेशनको अवसरमा सो सम्मान कार्यक्रम गरेको हो ।
उक्त अवसरमा एसईई, कक्षा– ८ का उत्कृष्ठ अंक ल्याउने विद्यालय, शिक्षक तथा छात्रछात्रालाई पुरस्कृत गरिएको हो । कार्यक्रममा गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले सम्मानपत्र तथा पुरस्कार वितरण गर्नुभएको हो ।
कक्षा– ८ को परीक्षामा सामुदायिक तर्फ उत्कृष्ट अंक ३ दशमलव ८३ ल्याउने महेन्द्रदेव माविका खुशी गुरुङ, पालिकातर्फ उत्कृष्ट विद्यार्थीमा ४ जीपीए ल्याउने हिमचुली आवासीय माविका ओशन थापा, एसईईमा गाउँपालिकातर्फ उत्कृष्ट विद्यार्थीमा ३ दशमलव ६५ अंक ल्याउने हिमचुली आवासीय माविका रविन थापा, सागर मजाकोटी र सौरभ भण्डारीलाई पुरस्कृत गरिएको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ ।
त्यस्तै, एसईईमा सामुदायिकतर्फ उत्कृष्ट विद्यालय २ दशमलव ६९ अंक ल्याउने महेन्द्रदेव मावि, एसईईमा गाउँपालिकातर्फ उत्कृष्ट विद्यालयमा २ दशमलदव ९० अंक ल्याउने हिमचुली आवासीय मावि, कक्षा ८ तर्फ उत्कृष्ट विद्यालय २ दशमलव ९४ अंक ल्याउने सरस्वती विद्यामन्दिर आधारभूत विद्यालय, कक्षा ५ तर्फ उत्कृष्ट विद्यालयतर्फ ७५ दशमलव ६६८ अंक ल्याउने चन्द्रोदय माविलाई सम्मान तथा पुरस्कृत गरिएको छ ।
यसैगरी, एसईईमा विषयगत शिक्षक सम्मानमा ३ दशमलव २१ अंक ल्याउने महेन्द्रदेव माविका नेपाली शिक्षक सरस्वती कार्की, २ दशमलव ८२ अंक ल्याउने गणेश माविका अंग्रेजी विषय शिक्षक महेन्द्रबहादुर भुजेल, २ दशमलव ३१ अंक ल्याउने महेन्द्रदेव माविका सामाजिक विषय शिक्षक सोमबहादुर भण्डारी, २ दशमलव ३६ अंक ल्याउने गणित विषय शिक्षक नगेन्द्रनिधि लोहनी, २ दशमलव ५८ अंक ल्याउने विज्ञान विषय शिक्षक ध्रुव विकलाई सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति २०८० पुष १२, बिहीबार १०:५६ गते
हजुरको प्रतिक्रिया