तमु ल्होसारका अवसरमा बेसीशहरमा प्रदर्शित झाँकी र र्यालीको फोटो फिचर :

तमु ल्होसारका अवसरमा बेसीशहरमा प्रदर्शित झाँकी र र्यालीको  फोटो फिचर :

अन्तरङ्ग न्युज

@antaranganews

२०८० पुस १४ गते शनिवार ०३:२६

आजको समापन कार्यक्रममा प्रतिनिधि सभा सदस्य एवं गण्डकी प्रदेशका पहिलो मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको विषेश सहभागिता रहको छ ।

र्यालीमा संविधानसभाका सदस्य जमिन्द्रमान घले, तमु अधिकारकर्मीहरूको सहभागिता थियो ।

बेसीशहर– लमजुङको सदरमुकाममा आज बृहत तमु ल्होसार झाँकी र र्याली गरिएको छ । तमू ल्होसारको अवसरमा तमू ह्युला छोंज धीं गुरुङ राष्ट्रिय परिषद् जिल्ला कार्य समिति लमजुङले यहाँमा बृहत ल्होसार झाँकी र र्याली प्रदर्शन पुस १४ गते गरिएको हो ।
दिउँसो बेसीशहर नगरपालिका– ७ को मनाङे चौताराबाट सुरु भएको र्याली बेसीशहरको बजार तथा मुल सडक पुरानो बैंक चोक, त्रिवेणी टोल, भीमसेन स्थानचोक, नारायणस्थान चोक, झ्याङखोला, शेरा चोक, हुँदै दनाइँफाँट चोकबाट जिल्ल्ला समन्वय समितिको कार्यालयको चोक, प्रशासन चोक, क्याम्पस रोड भएर तमू संग्रहालयमा पुगेर मूल कार्यक्रममा परिणत भएकोछ ।
र्यालीमा आ– आफ्नो भेषभुषा तथा संस्कृति झल्कने विभिन्न कला व्यानर सहित विभिन्न टोलबासीहरूको सहभागिता रहेको थियो । र्यालीमा संविधानसभाका सदस्य जमिन्द्रमान घले, तमु अधिकारकर्मीहरूको सहभागिता रहेको आयोजक छोंज धींका जिल्ला अध्यक्ष जिवराज घलेले बताउनुभयो । सो अवसरमा तीन दिने कार्यक्रमका साथमा ल्होसार मनाइएको हो ।
आजको समापन कार्यक्रममा प्रतिनिधि सभा सदस्य एवं गण्डकी प्रदेशका पहिलो मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको विषेश सहभागिता रहको छ । समापत कार्यक्रम तमू छोंजधिको कार्यालयको हातामा सञ्चालन भइरहेको छ । उक्त अवसरमा प्रदर्शित र्यालीको फोटो फिचर :

प्रकाशित मिति २०८० पुष १४, शनिबार १५:२६ गते
हजुरको प्रतिक्रिया