समग्र भूपू साकोसमा पुरानै नेतृत्व  दोहोरियो, पाच लाख बढी मुनाफा आर्जन

समग्र भूपू साकोसमा पुरानै नेतृत्व  दोहोरियो, पाच लाख बढी मुनाफा आर्जन

अन्तरङ्ग न्युज

@antaranganews

२०८० पुस २३ गते सोमबार ०८:०९

आर्थिक पारदर्शिता, मितव्ययिता र संस्थाप्रति अपनत्व भएमा कुनै पनि सहकारी दुर्घटनामा पर्दैन : प्रदेश सभासद पौडेल । उहाँले पारदर्शिता र आर्थिक मितव्ययिता नै सहकारी सञ्चालनको महत्वपूर्ण मेरुदण्ड रहेको बताउनुभयो ।

यही ठाउँमा नियत खराब भएका सञ्चालकहरू धमाधम पक्राउ परिरहँदा समग्रले पाँच लाख बडी मुनाफाको उदघोष गरेको छ । जो आफैमा गौरवपूर्ण छ ।

बेसीशहर– बेसीशहर नगरपालिका– ८ मा रहको समग्र भू.पू. वचत तथा ऋण सहकारी संस्थामा पुरानै समितिले निरन्तरता पाएको छ । ले. कमल अधिकारीको नेतृत्वको समितिले संस्थाको एघारौँ वार्षिक साधारण सभा तथा चौंथो अधिवेशनमा सम्पन्न निर्वाचनमा पुस २३ गते फेरि निरन्तरता पाएको हो ।
गण्डकी प्रदेश सभा सदस्य भेषवहादुर पौडेलको प्रमुख आतिथ्यतामा भएको उक्त सभा बेसीशहर नगरपालिका– ७ को मनाङ्गे चौतारास्थित जनचेतना आमा समूह भवनमा भएको हो । नवनिर्वाचित समितिमा अध्यक्ष ले. कमलबहादुर अधिकारी, उपाध्यक्ष बुना रिमाल, सचिव रमेश राउत, कोषाध्यक्ष कृष्णबहादुर अधिकारी सदस्यहरूमा तारा बराल, बसन्ती अधिकारी, सुजाता थापा, बलराम अधिकारी, कर्णबहादुर पौडेल, अमरकाजी अधिकारी, बीरबहादुर बोहरा, रामकुमार अधिकारी र लक्ष्मण रिमाल चयन हुनुभएको छ ।
यसैगरी, लेखा समितिमा पनि संयोजक विष्णुबहादुर कँडेल दोहोरिनु भएको छ । सदस्यमा टेकबहादुर थापा र चुडामणि बस्नेत हुनुहुन्छ ।
उक्त साकोसले गत आवमा पाँच लाख २५ हजार ३ सय २२ रुपैया खुद नाफा आर्जन गर्न सफल भएको जानकारी सो अवसरमा दिइएको छ । यही ठाउँमा नियत खराब भएको सञ्चालकहरू धमाधम पक्राउ परिरहँदा समग्रले पाँच लाख बडी मुनाफा भएको उदघोष गरेको छ । जो आफैमा गौरवपूर्ण छ ।
प्रमुख अतिथि पौडेलले साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्नुभएको हो । उहाँले पारदर्शिता र आर्थिक मितव्ययिता नै सहकारी सञ्चालनको महत्वपूर्ण मेरुदण्ड रहेको बताउनुभयो ।
आर्थिक पारदर्शिता, मितव्ययिता र संस्थाप्रति अपनत्व भएमा कुनै पनि सहकारी दुर्घटनामा पर्दैन उहाँले भन्नुभयो । उहाँले देशभरमा ३० हजारको संख्यामा सहकारी सञ्चालनमा रहेको तर तीमध्ये दुईसय जति सहकारी बिग्रदा अन्य धेरै राम्रा सहकारीहरूलाई समेतअसर परेको उल्लेख गर्नु भयो । केही सहकारीमा आएको समस्याका कारण सबै सहकारीलाई एउटै दृष्टिकोणबाट हेर्न नहुने उहाँको धारणा थियो । त्यसमा पनि इमान्दार, अनुशासित, कर्मठ व्यक्तत्वका रुपमा समाजमा चिनिनु हुने भूपूहरूबाट सञ्चालित यो सहकारीप्रति हाम्रो अधिक विश्वास छ । त्यो विश्वासलाई टेवा दिने कार्यमा यहाँहरू चुक्नु हुने छैन र सधैं यसको समुन्नति भएको देख्न पाइयोस् भन्ने विश्वास सांसद पौडेलले व्यक्त गर्नु भएको थियो । पौडेलले सहकारीहरूले नागरिकमा वचतको भावना जगाउनुको साथै सदस्यहरू माझ सानो पुँजी लगानी गरी धेरै राम्रो काम गरेको थुप्रै उदाहरण छन् र त्यसतर्फ सोच्नु पर्छ भन्नुभयो ।
प्रमुख अतिथि पौडेलले साधारण सभामा सहकारीले उत्कृष्ट सदस्य तथा कर्मचारी सम्मान गर्नु भएको थियो । जसमध्ये उत्कृष्ट बचत कर्तामा रमेश दुलाल र सरस्वती घिमिरे खड्का, असल कारोवार गर्नु हुने राजन पौडेल र मिलन घिमिरे तथा उष्कृष्ट कर्मचारीको रुपमा उषा रावल सम्मान गरिएको हो ।
संस्थाका अध्यक्ष लेफ्टीनेन्ट कमलवहादुर अधिकारीको अध्यक्षतामा भएको साधारणसभामा अध्यक्ष अधिकारीले साकोसको गत आवको प्रगति प्रतिवेदन तथा चालु आर्थिक वर्ष २०८०/८१ को अनुमानित कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको थियो । उहाँले आफूहरूले संस्थालाई सहकारीको सिद्धान्त अनुरुप सञ्चालन गर्नमा कुनै कसर बाँकी नराखेको उल्लेख गर्नु भयो ।
संस्थाका कोषाध्यक्ष कृष्णबहादर भण्डारीले समग्र भू.पू. साकोसले गत आर्थिक वर्ष २०७९/८० मा १२ करोड बढी कारोवार गरेको जानकारी दिनुभयो । उहाँले गत आवको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै १२ करोड ४३ लाख ४ हजार २ सय ९० रुपैया कारोवार गरेको सहकारीले ५ लाख २५ हजार ३ सय २२ रुपैया खुद नाफा आर्जन गरेको बताउनुभयो ।
यसैगरी, चार करोड ३१ लाख ९८ हजार ३ सय ४९ रुपैया कुल पूँजी तथा दायित्व रहेको साकोसको शेयर पूँजी ८० लाख, १० हजार नौ सय रहेको छ । साकोसमा १५ सय २० जना सदस्य रहेको सहकारीका राजेन्द्र खत्रीले जानकारी दिनुभयो ।
कार्यक्रममा जिल्ला बचत संघका जिल्ला महासचिव योगेश घिमिरे, नेफ्स्कुन फिल्ड इन्चार्ज विनोद ढकाल, संस्थाका सल्लाहाकार सदस्य क्याप्टेन ओमवहादुर रिमाल, सदस्य रामचन्द्र अर्याल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कसंस्थाका उपाध्यक्ष एवम् जिल्ला समन्वय समितिका उपप्रमुख बुनाकुमारी रिमालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा लेखा संयोजक क्याप्टेन विष्णुबहादुर कंडेलले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यक्रमको सञ्चालन साकोसका सचिव रमेश राउतले जानकारी दिनुभयो ।

प्रकाशित मिति २०८० पुष २३, सोमबार २०:०९ गते
हजुरको प्रतिक्रिया