बेसीशहर– लमजुङको जिल्ला सदरमुकाम बेसीशहरमा सञ्चालित कालिका बचत तथा ऋण सहकारी संस्था लि.(साकोस)को बहुचर्चित ठगी काण्डमा मुछिएका अर्का दोषि भनिएका दुई जना जनही अढाई लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । जिल्ला अदालनबाट माग भएको अढाई लाख रुपैयाँ धरौटी राखेर रेशम दनाई र रेशमबहादु अधिकारी तारेखमा पुस २६ गते रिहा भएका हुन् ।
जिल्ला अदालतका स्रेस्तेदार भेषराज पौडेलको इजलासले उनीहरूलाई अढाई कलाख रुपैयाँ धरौटी माग गरेको हो । उक्त सहकारी ठगी काण्डमा मुछिएका श्रेष्ठ तत्कालीन कर्पुरेश्वर साकोसका सदस्य रहेको स्रेस्तेदार भेषराज पौडेल बताउनु भयो । उनीहरूले पनि उक्त साकोसहरूको एकीकरण पछि संस्था सञ्चालन गर्नमा आफ्नो कुनै संलग्नता नरहेको जिकिर गरेका थिए ।
यसअघि पक्राउ परेका आठ जनामा अध्यक्ष शिवराम सिलवाल, उपाध्यक्ष श्रीकृष्ण लामिछाने, कोषाध्यक्ष मिलन शर्मा दनाई र प्रवन्धक वेदराज खनिया १२÷१२ लाख, एकीकरणको आर्थिक समितिको संयोजक महेन्द्र शर्मा १० लाख तथा सचिव कृष्ण केसी र एक सदस्य हरिबाबु थापा ७÷७ लाख तथा कालिका साकोसका तत्कालीन अध्यक्ष मृगेन्द्र घिमिरे ३० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् ।
यी दुई जनाको हकको मुद्दा पनि विदामा बस्नु भएका जिल्ला न्यायाधीश शिवप्रसाद खनाल फर्कनु भएपछि आदेशका लागि इजलासमा पुनः पेश हुने छ ।
स्मरणीय छ, यसअघि १२ लाख धरौटीमा रिहा भएका मिलन शर्मा दनाई तत्कालीन कर्पुरेश्वर साकोसका अध्यक्ष हुन् । ऐलेसम्म पक्राउ परेका वा अदालतमा आत्मसमर्पण गरेकाहरूको संख्या ११ पुगेको छ । उनीहरू कोही पनि बिना धरौटी रिहा भएका छैनन् । कुल ३४ जनामध्ये २३ जना अझै फरार सूचिमा रहेका छन् ।
प्रकाशित मिति २०८० पुष २६, बिहीबार १७:०७ गते